१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’

भगवान् भन्नेबित्तिकै प्रायको दिमागमा मन्दिर र मूर्तिका आकृति आउँछन्। भक्तपुरमा भने ‘भुइँका भगवान्’हरू हुने विश्वास गरिन्छ, जसका मूर्ति हुन्नन् र तिनलाई मन्दिरमा पनि सजाइँदैन। ती भगवान् बाटामा बस्छन् भन्ने जनविश्वास पाइन्छ। संस्कृतिविद् ओम धौभडेलका अनुसार मन्दिरभित्रका भगवान्भन्दा भुइँ भगवान्को महŒव धेरै हुन्छ। त्यस्ता भगवान् तीन प्रकारका रहेको उनी बताउँछन्। ती हुन्– कुमार, क्षेत्रपाल र छ्वास।

‘कुमार सबैका घरका आँगनमा हुन्छन्,’ उनी भन्छन्, ‘क्षेत्रपाल भने टोलमा एउटा मात्र हुन्छन्।’ मान्छे मर्दा गर्नुपर्ने सबै कर्म क्षेत्रपालमा समापन हुने उनी बताउँछन्। बच्चाको जन्म भएपछि धूपबत्ती चढाउनुपर्ने ठाउँमा छ्वास रहने उनी बताउँछन्। अरू भगवान्को पूजा कुनै चाडपर्व वा विशेष दिन पारेर गरिन्छ। तर यी भुइँ भगवान्हरूलाई दिनहुँ पूजा गरिन्छ। कति भुइँ भगवानहरूलाई मन्दिरमा रहेका भगवान्हरूले पुज्नुपर्ने खालका रहेको धौभडेल बताउँछन्। सबैको आ–आफ्नो महŒव र विशेषता भएको उनी बताउँछन्। यी भगवान्हरूको संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

भक्तपुरका स्थानीय गायत्री रञ्जितकार दिनहँु मन्दिर जान्छिन्। त्यसैबेला उनी भुइँ भगवान्लाई पनि पुज्छिन्। भुइँ भगवान्प्रति पनि उत्तिकै सम्मान रहेकाले तिनलाई पनि पुज्ने उनी बताउँंछिन्। कुनै मन्दिर नभए पनि भुइँ भगवान्हरूलाई सबैले पुज्ने चलन अहिले पनि भक्तपुरमा छ। अहिले पनि मान्छेहरू भुइँ भगवान्हरूलाई कुल्चिँदैनन्। मोटरसाइकल वा साइकलले पनि सकेसम्म भुइँ भगवान्लाई दायाँबायाँ पारेर जाने गर्छन्।

अधिकांश भुइँ भगवान् ढुंगाका रूपमा छन्। भक्तपुरमा यस्ता भगवान्हरू भक्तपुरको मुख्य बजारका ठाउँंठाउँंमा छन्। भक्तपुरको मुख्य बजार च्याम्हासिंहदेखि भार्वाचोकसम्मको रुटमा आधा दर्जनभन्दा बढी भुइँ भगवान् छन्। नासमना, टौमढी, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढीलगायत ठाउँंमा भुइँ भगवान्हरू छन्। भक्तपुरको यो मुख्य बाटो धेरै पुरानो हो। इँटा ओछ्याइएका ती बाटामा मानिस मात्रै हिँड्ने गर्दछन्। यहाँं सवारीसाधनको खासै आवतवाजत हुँंदैन। सामान्यतया मोटरसाइकल मात्रै ओहोरदोहोर हुन्छन्। त्यसकारण अहिलेसम्म भक्तपुरका भुइँ भगवान् सुरक्षित रहेको धौभडेलको भनाइ छ।

 

प्रकाशित: ४ श्रावण २०७६ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App