१६ चैत्र २०८० शुक्रबार
अन्य

दर्शन डोल्पोको, आर्जन शान्तिको

भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला–डोल्पा । पर्यटकीय अभ्यासका दृष्टिले डोल्पालाई दुई भागमा बाँडिएको छ–लोअर डोल्पो सर्किट र अपर डोल्पो सर्किटका रूपमा । विदेशी पर्यटक तीन साताको अपर डोल्पो र दुई साताको लोअर डोल्पो सर्किटमा रमाउँछन् । नेपालीले भने १२ दिनमै लोअर सर्किट पूरा गर्छन् ।
रुचि, समय र खर्चका हिसाबले आन्तरिक पर्यटकका लागि लोअर डोल्पो सर्किट पदयात्रा बेस हुन्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला र बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यपान गर्न पाइन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ ।

अचेल डोल्पाको सुलिगाडसम्म गाडी चल्छ । सुलिगाडबाट दुई दिन एक बिहान हिँडेमा फोक्सुन्डो तालमा पुगिन्छ । दिनभर फोक्सुन्डोको सौन्दर्यमा डुबुल्की मारेर बगला भञ्ज्याङ र नुमला भञ्ज्याङ पार गरेर धो–तराप हुँदै नावरपानी, लासीक्याप भएर दुनै झर्नु पर्छ । फोक्सुन्डोबाट तीन दिनमा धो–धराप उपत्यका पुगिन्छ । पहिलो दिन याक खर्क वा बगला बेस क्याम्पमा, दोस्रो दिन दानीगाडमा र तेस्रो दिन नुमला भञ्ज्याङ कटेर बेस क्याम्पमा बास बस्न पुगिन्छ । धो–तरापमा होमस्टे र होटल सुविधा छ । पदमार्गका सबैतिर सामान्य होटल छन् ।

लोअर डोल्पो सर्किट पदयात्रा गर्न नेपालीले १२ दिन छुट्टयाउनु पर्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला भञ्ज्याङ, बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यमा रमाउन सकिन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई तिर्न पुग्छ ।   

डोल्पामा पर्यटक बढाउन र विकास तथा निर्माणप्रति सरकारको ध्यानाकर्षण गराउन भदौ २४ देखि २८ गतेसम्म ‘डोल्पो महोत्सव २०७६’ आयोजना हुँदै छ । बीस लाख पर्यटक भिœयाउने लक्ष्यका साथ नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत महोत्सवले सघाउने आयोजकको विश्वास छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो नामक संस्थाको संयुक्त आयोजनामा ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । धो–तरापमा महोत्सव आयोजना हुनेछ । त्यहाँ क्रिस्टल माउन्टेन विद्यालय छ । विसं ०५१ स्थापित त्यही विद्यालयको रजत महोत्सवको छेकोमा महोत्सव गर्न लागिएको ।

महोत्सव आफैंमा सार्वजनिक निम्तो हो । त्यतिबेला यात्रा गर्नुका फाइदा धेरै छन् । पहिलो कुरा ठूल–ठूला लामा गुरुबाट आशिष् पाइन्छ । सांस्कृतिक कार्यक्रमको स्वाद मिल्छ । गुम्बाका मुखौटा नृत्य लगायत सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने अवसर मिल्छ । घोडा दौड र तीर हान्ने प्रतिस्पर्धाको बेग्लै रौनक हुन्छ । महोत्सवस्थल धो–तराप उपत्यका रमणीय छ । पूर्व–पश्चिम साँघुरो र उत्तर–दक्षिण लाम्चो आकारको उपत्यका । डोल्पोबुद्ध गाउँपालिकाको १ र ३ नं वडामा पर्दछ उपत्यका । २५० धुरी रहेको गाउँमा दुई हजार जनसंख्या छ । भोटे समुदायको बस्ती । गाउँलेहरू खेतीपाती र पशुपालनमा निर्भर छन् । उनीहरू याक, चौंरी, भेडा–बाख्रा पाल्छन् । आलु र उवा फलाउँछन् ।

धो–तराप एक जमानामा उपल्लो डोल्पाको प्रशासनिक केन्द्र थियो । त्यहाँ रे बुम्बा, झ्याम्पा, गगर, मेखिम, सिप्चो बोन गुम्बा, निमाफुक, सेरिङ देवा, टाग्मर देवा लगायत थुपै्र प्राचीन गुम्बा छन् । डोल्पो क्षेत्र खस तथा मष्टो संस्कृति, तराली संस्कृति र डोल्पो संस्कृतिमा धनी छ । उपल्लो डोल्पामा पुथा हिमाल, कान्जिरोवा हिमाल, धवलागिरि, मुकोट, डाँफेसेल, नोर्वुकाङ, शे–शिखर, डोल्पो, चुरेन लगायत हिमाल छन् ।  

यात्रामा थरीथरीका जडीबुटीसँग साक्षात्कार गर्न सकिन्छ । यार्चागुन्बुको भण्डार मानिन्छ डोल्पा । त्यस्तै लोपोन्मुख हिउँचितुवाको बासस्थल पनि । पदमार्गका गाउँघरमा परम्परागत उपचार पद्धति ‘आम्ची प्रथा’ कायमै छ । डोल्पाको पर्यटन बजार बिस्तार हुँदै छ । गत मंसिरदेखि डोल्पा सडक सञ्जालसँग जोडिएको छ । जाजरकोटदेखि दुनैसम्म १३ ठाउँमा पुल बनाउन बाँकी छ । त्यस्तै नेपालगञ्ज–जुफाल हवाईयात्रालाई नियमित र व्यवस्थित बनाउनु जरुरी छ । त्यसो गर्न सके मात्र डोल्पाको पर्यटनमा चहलपहल बढ्ने छ ।  

कसरी पुग्ने ः काठमाडौं–नेपालगञ्ज–जाजरकोट–डोल्पा सडक यात्रा, गाडीमा तीन दिन । कोहलपुरबाट छिन्चु–जाजरकोट–दुनै ३११ किमि । जाजरकोट–दुनै ११८ किमि, कच्ची सडक । काठमाडौंबाट जाजरकोट भएर रुकुम (पश्चिम)को राडीज्यूलासम्म सोझै बस चल्छन् । खोलामा पुल बनिनसकेकाले राडीबाट ठाउँठाउँमा जीप परिवर्तन गरेर दुनै पुग्नु पर्छ । हवाईयात्रा गर्दा काठमाडौं–नेपालगञ्ज ५५ मिनेट । नेपालगञ्ज–जुफाल ३५ मिनेट । जुफाल–दुनै १० किमि, जीपमा । दुनैबाट लासीक्याप, नावरपानी हुँदै तीन दिन पदयात्रामा धो–तराप ।   
दजबमनबयलभि२नmबष्।िअयm

डोल्पोमा निम्तो  
ग्याल्पो थापा भोटे
संयोजक, डोल्पो महोत्सव

पर्यटनको प्रचुर संभावना भएको उपल्लो डोल्पा शिक्षा, स्वास्थ्य, सञ्चार यातायात लगायत आधारभूत सुविधाबाट बञ्चित छ । यसमा सरकारको ध्यानाकर्षण गराउन, स्थानीयलाई संस्कृति संरक्षणमा प्रोत्साहित गर्न र पर्यटक बढाउन हामी भदौ २४ देखि २८ गतेसम्म डोल्पो महोत्सव आयोजना गर्दैछौं । महोत्सवले समग्र डोल्पाको एग्रेसिभ प्रचार हुनेमा आशावादी छौं । बाह्य पर्यटक त आउँछन् नै, हामी आन्तरिक पर्यटकलाई स्वागत गर्न पनि तयार छौं । विशेषतः लोअर डोल्पो सर्किटमा नेपालीहरू रमाउन सक्छन् ।  

ध्यान दिऔं
जितेन्द्र झाँक्री
अध्यक्ष
एक्सप्लोर डोल्पो ट्रेक्स एन्ड एक्सपिडिसन

डोल्पा पदयात्रा गर्दा विचार पु¥याउनु पर्छ । न्याना कपडा बोक्नु पने । बिस्तार आराम गर्दै, पानी पिउँदै उकालो चढ्ने । तीन हजार मिटर भन्दा माथि हावामा अक्सिजनको मात्रा कम हुन्छ । पदयात्रामा लेक लाग्न सक्छ । त्यसैले आत्मबल बलियो बनाएर यात्रामा निस्कने । उचाइमा डायमोक्स ओखती खाएर यात्रा गर्ने । उकालोमा घुच्चुक दुखेमा आराम गरिहाल्ने । पदयात्रीलाई बान्ता हुन थाल्यो भने तुरुन्तै तल झार्ने । 

प्रकाशित: ४ श्रावण २०७६ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App