१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्य

ज्यानमारा राजधानीका सडक, जोखिम मोलेरै हिँड्छन् सर्वसाधरण

ज्योति श्रेष्ठ

काठमाडौँ – वर्षातको समयमा बाटो हिँडि नसक्नु हुन्छ, त्यहीँमाथि सडकका खाल्डाखुल्डी। विकास निमार्णका क्रममा विभिन ठाउँमा बाटो, ढल, नाली बनाईन्छ। केही सम्पन्न हुन्छन् त केही लथालिङ्गै छोडिन्छन्। निमार्ण भईसकेका ढल र नालीमा पनि ढकनी लगाइएका छैनन्, थोरै चिप्लियो भने सिधै ढलमुनि। सडकको खाल्डामा खसेर, ढलमा पुरिएर, केहीको ज्यान गएको छ भने, केही अंगभंग भएका छन्। काठमाडौँ उपत्यकामा मात्र  गएको ३ वर्षमा यस्तै प्रकृतिका ४ वटा ठूला घटना घटे। २०७४ साल असार ३० गते, एकैदिन २ वटा घटना घटे।
घटना १
शुक्रबारको दिन, काठमाडौँँ उपत्यकामा दिनभरि पानी ठूलै प-यो। सडक जलमग्न भयो। त्यसैले पनि मानिसहरु सडकमा थोरै देखिन्थेँ। पानी रहेपछि मानिसहरु फाट्फुट्ट निस्कन थाले। नेपालटारकी ११ वर्षीय बिजिता फूयाँल पनि पानी रहेपछि घर जाने तर्खरमा थिईन्। रेष्टुरेण्टबाट खाजा खाएर घरतर्फ लागेको दुई पाईला पर नपुग्दै नालीमा खसिन्। उनी नालीमा बगेको सडक छेउछाउमा रहेका सबैले देखे। उनलाई उद्धार गर्न पनि नखोजेका भने होईनन्। निकै कठिनका साथ उद्धार गरे। उनको अवस्था निकै नाजुक थियो। अस्पताल पु¥याएको केही बेरमै उनको मृत्यु भयो। काठमाडौँ उपत्यकाका नालीमा कहीँ कतै घेराबन्दी लगाएको देखिदैन। अनि यसैले मृत्युको रुप लिदैँछ। त्यहीँ दिनमा घटेको अर्को घटना पनि केही फरक छैन।   

घटना २
काठमाडौँको सामाखुशीमा घटेको घटना हो यो, ढलले बगाएर पनि बचेकी हुन् सत्या साप्कोटा। सामान्य दिनझै त्यस दिन पनि उनी बृहस्पति विद्या सदन विद्यालयबाट घर फर्कदै थिईन्। दिनभरि पानी परेका कारण स्कुल पनि ढिलै छुट्टी भयो। उनी घर फकर्दा भने पानी रहि सकेको थियो। स्कुल बसले उनलाई सधैँ उनी झर्ने ठाउँमै झारिदियो। बसबाट झरेपछि उनले सडक पुरै जलमग्न देखिन्। सडकभरि पानी नै पानी, कता टेकु कता टेकु भयो, उनी दोधारमा परिन्। जहाँ उनले सडकको पेटी भनेर टेकेकी थिईन्, त्यहाँ ढल थियो। टेक्ने साथ उनी ढलमा झरिन्। घटना भएको ठाउँ देखाउँदै भनिन्, ‘यहीँनिर टेकेको थिए, टेक्ने साथै ढलम खसे। निकैबेर अत्तालिए, अब के हुन्छ, होला, कसरी निस्कने जस्ता कुराहरु मनमा खेल्न थाले। बाँच्ने आश नै मरिसकेको थियो। कसैले उद्धार गर्छ जस्तै लागेको थिएन। निस्किन धेरै प्रयास गरे तर सकिन। तल्लो चोकमा एक हुल मानिसहरु रहेछन्, उनीहरुले देखे र मलाई बचाए।’ भन्छिन्, यो ठाउँ मेरो लागि अविष्मरणीय ठाउँ हो। जब उनी नालीबाट निस्किन् उनलाई नयाँ जीवन पाएजस्तो भयो। उनलाई थाहा छैन, भग्वान को हो भनेर तर जसले उनलाई बचाएर नयाँ जीवन दिए, उनीहरुलाई उनी भग्वान मान्छिन्। ढलबाट उनलाई सकुशल उद्धार गरियो। शरिरिमा कहीँ कतै चोटपटक लागेको थिएन।

सधैँ स्कुलबाट उनी सवा ४ बजेसम्ममा पुगि सक्थिन्। तर त्यस दिन ५ बज्नै लाग्दा पनि उनी घर नपुग्दा उनकी काकी चिन्तामा थिईन्। छोरी यस बेलासम्म घर नआईपुगेपछि स्कुलमा फोन गर्नै लाग्दा उनी घर पुगिन्। तर सधैँकोभन्दा अलि फरक स्थितीमा पुगेकी थिईन्। ‘निथ्रुक्कै भिजेका शरिरि, जाँडो र डरले थुरथुर काम्दै थिईन्,’ उनकी काकीले भनिन्,‘ आफू घरमै भएरपनि घटनाबारेमा छोरी घरमै आईपुगेपछि मात्र थाहा पाए। पहिले यो घटनालाई सामान्य मानेकी थिई, तर उनको भिडियो देखेपछि एकछिन त विश्वास गर्नै गाह्रो भयो।’ सत्याकी काकी भन्छिन्, ‘यो घटना सामाजिक सञ्जालमा धेरै भाईरल भयो। घटना घटेको केही दिनमै उनी खसेको ठाउँदेखि ढल वरपर बार लगाइएको छ।’ 

घटना ३                                                                                              
केही समय यो विषयले निकै चर्चा पायो। सरकारले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दियो। कतै यो निर्देशन लागू भयो त कतै यो समस्या अझै पनि ज्यूँको त्यूँ नै छ। सडकका खाल्डाखुल्डी , ढल र नालीका स्थिती उस्तै छ। गएको कात्र्तिक २५ गते कीर्तिपुरको टि.यु गेट नजिकै काठमाडौं महानगरपालिका– १५, डल्लुका ३६ वर्षीय श्याम श्रेष्ठ साइकलमा सवार गर्दै थिए। त्यहीँ निर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले च्याम्बर निमार्ण हुदैँ थियो। च्याम्बरको ढकनी लगाईएको थिएन। जहाँ पानी जमेको थियो, जुन श्रेष्ठले देखेनन्। सिधैँ च्याम्बरभित्र खसे। उनलाई जीवितै उद्धार गर्न भने सकिएन। उनको लागि त्यो पासो थापेको सरह भयो। यो घटनापछि त्यस च्याम्बरमा ढकनी लगाईयो। तर विभिन्न ठाउँमा राखिएका यस्ता पासो उस्तै छ। सर्वसाधरण जोखिम मोलेरै हिँड्न बाध्य छन्।

घटना ४
३ वर्ष अघि बालकुमारीमा पनि यस्तै घटना भएको थियो। यो घटनाका पात्र हुन्, पत्रकार गिरिस गिरी । हाल पत्रकार गिरी सेतोपाटीमा आबद्ध छन्, घटना घट्दा नेपाललयमा थिए। कालिकास्थानमा रहेको अफिसबाट उनी घर फर्कदै थिए। सधैँजसो त्यस दिन पनि उनी हिँडेरै घर जाँदैथे। साँझको समय, करिब ८ बज्दै थियो। फुटपाथमा बत्ति कतै राखिएका छैनन्। बाटो सुनसान र अन्धकार थियो। एकसुरमा हिडिँरहेका उनी एक्कासी खाल्डोमा खसे। ‘बाटो बिस्तारको लागि खनिएका खाल्डो पुरिएका थिएनन्,’ घटनालाई सम्झन्छन्  गिरी,‘ बाटोका खाल्डाखुल्डी केही देखिदैनथ्यो। हिँड्दै गर्दा करिब १ सय मिटर तल खाल्डोमा खसे। निस्किन खोज्दा चिप्लेटी खेलेजस्तै भयो। उद्धार गर्ने पनि कोही थिएनन्। केही समयपछि बल्लबल्ल निस्किए। घाउचोट त केही लागेन, तर पुरै हिल्लाम्मे भको थिए।’ घटना घट्नुमा सडक मर्मत भईरहेको ठाउँमा जाली घेरा नलगाउनु र फुटपाथमा बत्ति नहुनु उनी प्रमुख कारण मान्छन्। यस विषयमा सम्बन्धित सरोकारवालाहरुको ध्यान जान नसकेको उनी गुनासो गर्छन्।

फुटपाथमा बत्ति छैन भन्नु त परको कुरा, राजमार्गसँग जोडिएका कतिपय सडकमा समेत बत्ती राखिएका छैनन्। विकास निमार्ण कार्य भईरहदा संवेदनशीलतालाई प्राथमिकतामा राख्ने परिपाटी नै छैन। यसकै कमीले गर्दा सर्वसाधरणको जीवन नै धरापमा पर्छ। निमार्ण भईरहेको स्थलमा जाली घेरा कमै लगाएको कमै मात्रामा हुन्छन्।

यी यस्ता घटना अधिकांश रुपमा भईरहेका हुन्छन्। यस्तै घटनामा कयौँ दुर्घटनाका पात्र बनेका छन्, कतिले ज्यान गुमाए त कति घाईते  भएका छन्। अहिलेसम्म यस्तै प्रकृतिको घटना कति भए र कहाँ भए भन्ने तथ्याङक महानगरीय ट्राफिक महाशाखासँग हुन्छ। ‘हामीसँग खाल्डाखुल्डी र ढलमा खसेर भएका घटनाका तथ्याङक नभएको होइन। तर यस्ता घटनालाई छुट्टै वर्गीकृत गरेर तथ्याङकमा राखेका छैनौँ,’ महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरिक्षक रवि कुमार पौडेल बताउँछन्।

सडकका खाल्डाखुल्डीको व्यवस्थापन गर्ने जिम्मेवार निकाय हो, सडक विभाग। काठमाडौँ उपत्यकाका सडक सुधार हुदैँ गएको सडक विभाग बताउँछ। सडक विभागका संभार महाशाखाका उप–महानिर्देशक सरोज कुमार प्रधानका अनुसार काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी कम हुदैँ छन्।

 

 

 

 

 

प्रकाशित: २१ असार २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App