७ वैशाख २०८१ शुक्रबार
अन्य

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

 स्याङ्जा– पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आँधीखोला बहुप्राविधिक शिक्षालयको आयोजना र पुतलीबजार नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख सीमा क्षेत्रीले नगरपालिकाले ‘एक व्यक्ति एक सीप’ अवधारणाका साथ तालिमको आयोजना गरिएको बताइन्। ‘व्यावसायिक र व्यावहारिक शिक्षा आजको आवश्यकता हो,’ प्रमुख क्षेत्रीले भनिन्, ‘सीपविना कुनै पेसा र व्यवसायमा लाग्नु अर्थपूर्ण छैन।’

पराम्परागत शैलीको पेसा–व्यवसायले जीविका धान्न धौ धौ हुने भएकाले व्यावहारिक, व्यावसायिक तथा जनवादी सीप र ज्ञानका लागि तालिमको आयोजना गरिएको उनले बताइन्। तालिमले युवावर्गलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रममा नगर उप–प्रमुख महेश पुरीले व्यावहारिकर प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोडदिए। ‘ज्ञान र सीपले मात्र पेसा र व्यवसाय चल्दैन। लगनशील, मिहिनेत र निरन्तरता जरुरी छ,’ उनले भने। युवा समृद्धिको संवाहक भएकाले युवालाई उत्पादनसँग जोड्ने कार्य तीनै तहको सरकारको रहेको उनको भनाइ छ। ‘युवाको क्षमता पहिचान गरी उत्पादनको क्षेत्रमा लगाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘युवाविना देशको समृद्धि सम्भव छैन।’

तालिममा बेमौसमी तरकारी, कम्प्युटर, हार्डवेयर टेक्निसियन, विल्डिङ, इलेक्ट्रिसियन, ग्रामीण पशुसेवा स्वास्थ्य कार्यकर्ता र सहायक ब्युटिसियनसम्बन्धी प्रशिक्षण दिइरहेको छ। ६५ दिने उक्त तालिममा सय जना सहभागी छन्।


तालिमका सहभागीहरू ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै पुतलीबजार नगर प्रमुख सीमा कुमारी क्षेत्री । तस्बिर ः नागरिक

 

प्रकाशित: २१ वैशाख २०७६ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App