२८ असार २०७७ आइतबार
अन्य

माईपोखरीको निम्तो

गुराँस फल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक देखिन्छ। यस्तै समय हामी माईपोखरी पुगेका थियौं। फागुन पहिलो हप्ता चिसोले छाडेको थिएन। माथि डाँडा(सन्दकपुर, आहाल) तिर हिउँले छोपेको देखिन्थ्यो। इलामको सन्दकपुर गाउँपालिका–३ मा पर्छ माईपोखरी।

गुराँस र चाँप फूलेको मौसम। त्यसो त आरू फ¬ल्न थालेपछि खेतीपातीको सिजन सुरु हुन्छ। बारीका गरा खेती लगाउन तयार देखिन्थे। कतै साग फस्टाएका थिए। जस्ता, काठ र ढुंगामाटो मिलाएर बनाइएका घरअगाडि फूलबारी भेटिन्थ्यो। बर्खा यामलाई जोहो गर्दै दाउराका हार मिलाएर राखिएको थियो।

सिरेटोलाई हिउँको सास भन्दै टिप्पणी गर्थे साथीहरू। गुराँसको रूखसँग केही चरण सेल्फी हान्नै प¥यो। हामीलाई सोमबहादुर राईको घरमा लगियो। ढुंगा मिलाएर अनेक आकृति बनाइएको रहेछ। फूल पनि सजाइएको। घरको संरचना पनि आर्कषक। त्यहीँ भेला भएका थिए माईपोखरी देउराली सामुदायिक होमस्टेका सञ्चालक। उनीहरूले गुराँस र चाँपको फूलको मालाले स्वागत गरे।

गाउँका ९ घरमा होमस्टे सुविधा छ जहाँ एकै पटक ५० जना बास बस्न सक्छन्।

होमस्टे सञ्चालन सुरु गरे पनि उलेख्य पर्यटक आइसकेका छैनन्। गाउँका ९ घरमा एकैपल्ट ५० जना बस्न मिल्छ। हामीलाई कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास  पहल कार्यक्रमले त्यहाँ पु-याएको। इसिमोडको संयोजनमा रिकाष्टले होमस्टे विकासका लागि तालिम, अवलोकन भ्रमण तथा प्राविधिक सीप प्रदान गर्नुका साथै प्रवद्र्धन गरेको रहेछ।  
हामीलाई मकै, भटमास, गुन्द्रुकको झोल, रोटी र चिया खुवाइयो। आँगनको एक कुनामा आगो बालियो। चिसो भगाउँदै आगो तापेर होमस्टे सञ्चालनको अनुभव सुन्यौं। माईपोखरी, सन्दकपुर, टोड्के झरना र ग्रामीण जनजीवनमा रमाउने पर्यटकलाई लक्ष्य गरेर होमस्टे थालिएको रहेछ। रामसार क्षेत्रमा सूचीकृत माइपोखरीमा बर्सेिन सयौं घुमन्तेहरू आउँछन्। सन्दकपुर जाने बाटो यहीँ पर्छ। चोयाटार तथा आगेथाम साम¬दायिक वन रेडपाण्डाका लागि प्रख्यात छन्। संस्थाका संस्थापक अध्यक्ष जीवन शिवा र सचिव लीलादेवी भट्टराईले होमस्टे सञ्चालनबारे जानकारी गराए।

होमस्टेको काम थालेको तीन वर्ष भएछ। प्राकृतिक अवस्था, होमस्टेको महत्व र आवश्यकताबारे रिकाष्टका कार्यक्रम संयोजक डा. यादव उप्रेतीले जानकारी दिए। कुराकानी सकिँदा रातको दश बजिसकेको थियो।  खाना त्यहीँ खायौँ। छरिएर होमस्टेमा सुत्यौं। बिहान घुमफिरमा निस्कियौं। सातखाल्डे पुग्यौं जहाँ ०१९ सालमा सात जना मुक्तिसेनालाई हत्या गरी प¬रिएको रहेछ। हामी एकछिन माइपोखरी आसपासका बजार र गाउँ डुल्यौं। आफ्ना कलिला नानी बम आक्रमणमा परी मृत्यु भएको वियोगमा डम्बरसिंह सुनुवारले स्मृतिस्वरूप चित्र कोरेका रहेछन्। उनले छोराछोरीका साथै भवनको नक्शा ढुंगामा कोरेका छन्। तिनको सरंंक्षण गर्नु पर्ने देखियो।  

माईपोखरीमा नौ वटा कुना छन्। यहाँ घुम्ने तथा पूजापाठ गर्नेहरू उत्तिकै देखिन्थे। त्यहाँ सुनाखरी नर्सरी रहेछ। माईपोखरी घुमेर फेरि होमस्टेमा पुग्यौं। त्यहाँ आत्मीय स्वागत मात्र पाएनौँ, दोहो¥याएर पुग्ने रहर पनि जाग्यो। दिन ढल्किन खोज्दा हामीले बिदाइका हात हल्लायौँ।

माईपोखरीको महिमा       
माईपोखरी पूर्वको चर्चित गन्तव्य। पोखरी छेउमा केही होटल छन्। सिजनमा बास पाउन समस्या हुन्छ। यही समस्या हल गर्न होमस्टे चलाइएको संस्थापक अध्यक्ष जीवन शिवा बताउँछन्। माइपोखरी (२,१२१ मिटर) वन्यजन्तु, वनस्पति, धर्मसंस्कृति र सौन्दर्यले भरिपूर्ण छ। ९० हेक्टरमा फैलेको पोखरीको जलाशय १ दसमलव ८५ हेक्टर छ। यहाँ घुम्न चैतदेखि जेठ र कात्तिक–मंसिर उपयुक्त मानिन्छ।

पोखरी क्षेत्रमा २ सय ३१ प्रजातिका वनस्पति पाइन्छ। तीन प्रजातिका चाँप र पाँच प्रकारका गुराँस पाइन्छ। नेपालमा मात्र पाइने गलैंची झ्याउ पनि पाइन्छ। यहाँँ जलचर, उभयचर र स्थलचर प्राणीको प्राकृतिक बासस्थान छ। ३ प्रजातिका माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिको सरीसृृप र १४ प्रजातिका स्तनधारी पाइन्छ। यो उपत्यकामा ३ सय प्रजातिका पंक्षी पाइएको छ। नौकुने पोखरीका प्रत्येक कुनामा भगवतीको बास भएको मानिन्छ। 

प्रकाशित: २५ फाल्गुन २०७५ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App