१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

‘गोरेटो बाटोमा ट्रयाक खोलेर गाडी गुडाएका छौं’

पुस्कर खड्का, वडाध्यक्ष, दक्षिणकाली नगरपालिका–४

तपाई जनप्रतिनिधी भएपछि  जनताले महसुस गर्ने गरी के–के काम गर्नुभ-यो ?
जनप्रतिनिधी निर्वाचित भएर आउँदा बासँबारी कमेरे सडकको ट्रयाक मात्रै खुलेको थियो । निर्वाचित  भएर आएसँगै बाँसबारीदेखि कमेरो जाने डेढ किलोमिटर सडकको आसपासमा पर्खाल लगाउने, सम्माउने काम मात्रै होइन्, ग्राभेलिङ गर्ने कामलाई पनि निरन्तरता दियौं । जसको कारणले उक्त गोरेटो सडकमा अहिले सवारीसाधन चल्न मिल्ने बनाएका छौं । उक्त कार्यको लागि वडा कार्यालयले १५ लाख र जनश्रमदानबाट ५ लाख रुपैयाँ संकलन गर्न सफल भ¥यौं । बासँबासीदेखि दलितवस्ती जाने करिव डेढ किलोमिटर सडक ग्राभेलिङ गरेर सञ्चालनमा ल्यायौं । सोही खण्ड अन्तर्गत ५० मिटर सडक ढलान गरेर व्यवस्थित गरेका छौं।

तपाईको वडामा खानेपानीको समस्या कस्तो छ?
खानेपानीको हाहाकार होइन, व्यवस्थापन गर्न नसक्दा खानेपानीको समस्या भएको हो । वडामा प्रर्याप्तमात्रा  खानेपानीका स्रोत रहेका छन् । तर, खानेपानीका मुहान तथा मुललाई व्यवस्थित गर्न सकेका छैनौं । वडा कार्यालयले वडास्तरीय खानेपानी व्यवस्थापनको लागि २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । वडा कार्यालयले सकेसम्म एकवर्षभित्रै  एकघर एक खानेपानीसहितको धारा पु-याउने लक्ष्य राखेको छ । त्यस्तैगरी  सातमुल र सिम्ला मुहानको खानेपानी आयोजनाको लागिसाढे दुई करोड रुपैयाँको डिपीआर तयार भइसकेको छ ।तर अहिलेसम्म खानेपानी आयोजनाको लागि स्रोत जुटाउन सकेका छैनौं । वडा कार्यालयले खानेपानी तथा ढल विकास विभागसँग बजेट माग गरिरहेका छौं।

तपाईंको वडाका सडक लथालिंग छन्, कहिले मर्मत–सम्भार गर्नुहुन्छ?
वडाका अधिकांश सडक कच्ची र ग्राभेलयुक्त छन् । लामो समयदेखि सडक विस्तार हुन सकेको छैन । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या छ । अधिकांश सडक कच्ची भएकाले वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाबाट गुज्रिदैं आएको छ । हात्तीवनदेखि भ-याङसम्मको चार किलोमिटर सडकमध्ये आधा मात्रै कालोपत्रे भएको छ । अन्य सडक ग्राभेलिङ भएर सञ्चालन भइरहेको छ । बर्षात्को समयमा सडक हिलाम्मे हुने समस्या देखिएको छ । वडा कार्यालयसँग अति नै सीमित बजेट नहुँदा सडक व्यवस्थापनमा चुनौती थपिएको छ ।त्यसैले नगरपालिका र संघीय सरकारसँग समन्वय गरेर सडक कालोपत्रे गराउने योजना बनाएको छु । करिव  आठ किलोमिटर जति भित्री सडक रहेका छन् । ति सडक कालोपत्रे वा ढलान गर्नसँग वडा कार्यालयसँग पर्याप्त बजेट छैन ।त्यसैले प्रदेश र संघीय सरकारसँग मुख नताक्की निर्माण गर्न सक्ने अवस्था रहेको छैन।

तपाईको वडामा सार्वजनिक यातायातमा निकै समस्या रहेको छ नि?
वडामा पर्याप्त मात्रामा सार्वजनिक सवारीसाधन गुडदैनन् । कार्यालय समय र अन्य बिदाका समयमा सार्वजनिक सवारीसाधन चढ्न यात्रुले निकै सास्ती भोग्दै आइरहेका छन् । कार्यालय समय बाहेक अन्य बेलामा सवारीसाधन खाली हुने र कार्यालय समयमा भीडभाड हुने समस्या देखिएको छ । सिन्डिकेट अन्त्य भएसँगै केही कम्पनीले सार्वजनिक सवारीसाधन थपेका छन् ।तर,अहिलेसम्म पर्याप्त हुन सकेको छैन । यातायात व्यवसायीसँग समन्वय गरेर सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने तयारी गरेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि ५५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । बिनियोजित बजेट मध्ये अधिकांश बजेट पूर्वाधार निर्माणमा खर्चियौं । सडक, खानेपानी, पिकनिक स्पट,  महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च ग¥यौं । चालु आर्थिक वर्षको लागि पनि ५५ लाख रुपैयाँ नै बजेट बिनियोजन भएको छ । नगरपालिकाको आयस्रोत नै कम भएकाले वडाको बजेट न्यून भएको हो । जनप्रतिनिधी आएपछि धेरै विकास होस भन्ने  जनताको चाहाना छ ।तर, वडा कार्यालयसँग अत्यन्तै सीमित बजेट भएकाले जनताले अपेक्षाकृत काम गर्न सकेका छैनौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा करिव एक सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ ।अधिकांश सार्वजनिक जग्गा स्थानीयले जनताले हडपेर उपयोग गरिरहेका छन् । सम्भवत् ८०– ९० रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।  कु्नै ठाउँमा सर्वसाधारणले जग्गा अतिक्रमण गरेर घर बनाएका छन् । कतै खेति गरिरहेका छन् । अब सरकारको नीति अनुसार नै सार्वजनिक जग्गा संरक्षणमा लाग्नेछौं।

वडामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने कस्तो योजना बनाउनुभएको छ?
वडालाई पर्यटकीय गन्तब्यको रुपमा स्थापना गर्ने योजनासहित अघि बढेको छु । वडामा प्राचिनकालिन चम्पापाउ, वाराही मन्दिर, नागेश्वर मन्दिर, चम्पादेवी मन्दिर लगायतका ऐतिहासिक स्थल रहेका छन् ।त्यसको साथसाथै आकर्षक पिकनिक स्पट समेत रहेको छ । पिकनिक स्पटलाई व्यवस्थित गराउनको लागि योजना आवश्यक बजेट बिनियोजन गरेको छ । पिकनिक स्पट क्षेत्रमा खानेपानीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयबाट खानेपानीको पाइप विछ्याउने योजना अघि बढिसकेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्राएर वडालाई नेपालकै नमुना वडा बनाउने लक्ष्य राखेको छु।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
मेरो वडा पर्याप्त सम्भावना बोकेको वडा हो ।त्यसैले नेपालकै उत्कृष्ट वडा बनाउने लक्ष्य राखेको छु । एक घर–एक रोजगारी अवधारणलाई सार्थकता प्रदान गर्ने लक्ष्य राखेको छु ।हरेक घरका सदस्यलाई स्वरोजगारतर्फ उन्मुख गराउने चाहाना रहेको छ ।त्यसको लागि वडामा रहेका खानेपानीकास्रोतलाई उपयोग गरेर मिनरवाटर उद्योग,अन्य उत्पादनमुलक उद्योग सञ्चालन गर्ने योजना बनाएको छु। वडा कार्यालयमा पिकनिक स्टपको साथसौ चिडियाखानासमेत खोल्ने योजना रहेको छ । जसमा प्रत्येक जनताले सेयर राखेर अघि बढिनेछ। 

प्रस्तुति हिमाल लम्साल

प्रकाशित: ४ भाद्र २०७५ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App