१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रेल

फूलमाया !
रेल आएपछि
तिमी
भदौरेबाट
मौलो डाँडा आउनु

चुलाचुलीबाट
रोटेपिङ आउँछु
त्यहीँ छेउको
पीपल बोटमुनि भेटौँला
तिमी पालाम गाउनु
म च्याब्रुङ बजाउँला
र, सँगै धान नाचौँला ।
म एक मुठी
स्याउला ल्याउँछु
तिमी एक थुंगा
फूल लिएर आउनु
त्यही सिउरिदिएर
रेललाई
बिदा गरौँला
तल छोटी पसलको
अर्को स्टेसनतिर
जहाँ तिमी र म
अलिकपछि
साकेला नाच्नुपर्छ !
तर, फूलमाया
त्यो रेलमा
मैले लिएर आउने
उसिनेको अन्डा
र तिमीले बोक्ने
छ्याङ खाजा
राख्ने ठाउँ हुन्छ कि हुन्न होला ?
नत्र त
धान नाच्दा–नाच्दै थाकेपछि
के खाजा खाने ?
पालाम गाउँदा–गाउँदै
स्वर नै भासिएपछि
केले घाँटी भिजाउने ?
गला सुकेको बेला
तिमी
रेल सम्झिन्छ्यौ कि
घरको छ्याङ ?
भोक लागेका बेला

अण्डा सम्झनु कि
रेलको डब्बा ?

प्रकाशित: १६ असार २०७५ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App