पछिल्ला दिनमा सामाजिक सञ्जालमा एउटा रोचक भिडियो भाइरल भइरहेको छ। भाइरल भिडियोमा एक दुलहाले आफ्नो गलामा नोटको लामो र भारी माला लगाएको देखिन्छ।
भिडियोमा गरिएको दाबी अनुसार यो मालामा एक करोड ३३ लाख भारतीय रुपैयाँका नोट छन्। माला यति लामो छ कि यो छतबाट सुरु भएर सडकसम्म पुग्छ।
भाइरल भिडियोमा स्पष्ट देखिन्छ कि नोटको माला विवाह समारोहको एक भाग हो। मानिसहरूको भीड यो दृश्य हेर्न उत्साहित छ। मालामा पाँच सय रुपैयाँका नोटहरू जोडिएका छन्, जुन सडकमा कार्पेटजस्तै फैलिएको छ। दुलहाले यो माला गर्वका साथ लगाएका छन्।
माला र त्यसको दाबीबारे कुनै आधिकारिक पुष्टि भएको छैन। कतिपयले सार्वजनिक रूपमा यत्राे रकम देखाउनु बुद्धिमानी हो भन्दै प्रश्न उठाएका छन्। धेरैले समाजमा बढ्दो फजुल खर्चको प्रतीक मानेका छन्। मालाको मूल्य ३३ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने अनुमान गरेका छन्।
यो भिडियो इन्स्टाग्राममा आमिर मेवातीले सेयर गरेका थिए, जसलाई कराेडाैं पटक हेरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो भिडियो भारतकाे नै हाे। तर कुन सहर वा राज्यको हो भन्ने स्पष्ट छैन। कतिपयले यस्तो खर्चलाई फजुल मानेका छन्, भने कतिपयले सबैलाई आ-आफ्नै तरिकाले उत्सव मनाउने अधिकार भएको तर्क गरेका छन्। एजेन्सी
प्रकाशित: २४ जेष्ठ २०८२ १४:५१ शनिबार