१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

आरोहणको ५० वर्ष : प्रथम सगरमाथा आरोही ताबेईको सम्झना

सर्वोच्च शिखर सगरमाथा आरोहणकर्ता प्रथम महिला स्वर्गीय जुन्को तबेईले ५० वर्ष अघि प्राप्त गरेको सफलताको सम्झना गरिएको छ । जापानी राजदूत मायदा तोरुले शुक्रबार एक समारोह आयोजना गरी ताबेईले प्राप्त गरेको सफलताको सम्झना मात्र गरेनन् यस ऐतिहासिक घटना नेपाल र जापानको गहिरो मित्रताको प्रतीक बनेको समेत उल्लेख गरेका छन् ।

राजदूत मायदाले ताबेई र जापानी आरोहण टोलीले हासिल गरेको सफलताको चर्चा गरेका थिए । ताबेईको आरोहणका लागि नेपाली असल मित्रहरूको सदैव सहयोग रहेको उनले बताए । नेपाल र जापानबिच आरोही र जनतासँग गहिरो सम्बन्ध रहेको र नेपालको सौन्दर्यले आकर्षित भएको चर्चा गरेका थिए ।

यो पनि पढ्नुहोस्

पहिलो महिलाले सगरमाथा चढेको ५० वर्ष पूरा

समारोहमा ताबेईसँग सम्बन्धित थुप्रै व्यक्तिको उपस्थिति रहेको थियो । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले ताबेईको आरोहण दलको नेताका रुपमा ५० वर्षअघि सेवा पुर्‍याएका थिए । शेर्पाले आफू र ताबेई सगरमाथा पुग्दाका रोचक प्रशंग सुनाएका थिए । 

 

प्रकाशित: ९ जेष्ठ २०८२ २०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App