३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

आगामी २४ घण्टा वर्षा र हिमपात गराउने प्रणाली छैन : विभाग

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। 

आगामी २४ घण्टासम्म नेपालमा वर्षारहिमापत गराउने प्रणाली छैन। साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ। रासस  

प्रकाशित: १८ फाल्गुन २०८१ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App