११ माघ २०८१ शुक्रबार
image/svg+xml
अन्य

तीन दिनयता दन्किँदैछ महाभारत, निभाउने निकाय सोध्छन्- कसरी नियन्त्रण हुन्छ ?

तीन दिनयता काभ्रेको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगल दन्किरहेको छ। 

डिभिजन वन कार्यालय, धुलिखेलका अनुसार आगो गत मङ्गलबार दिउँसो २ बजेदेखि लागेको हो। आगो अहिले पनि दन्किरहेकै छ। वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात मानिने उक्त जंगलमा लागेको आगो नियन्त्रणमा भने आउन सकेको छैन।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार अहिलेसम्म करिब १ किलोमिटर जंगल जेलर नष्ट भइसकेको छ। तर, मानवीय क्षति भने भएको छैन।

जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख बसुन्धरा खड्का भने मानवीय क्षति नहुनु नै ठूलो कुरा रहेको बताउँछिन्। नागरिकसँग उनले भनिन्, 'अहिलेसम्म मानवीय क्षति भएको छैन। त्यही प्रमुख कुरा हो।'

तीन दिनसम्म किन आगो नियन्त्रण भएन र कहिले हुन्छ ? भन्ने जिज्ञासामा उनले भनिन्, 'त्यो जंगल एकदमै विकट छ, जंगलकै आगो कसरी नियन्त्रण होला र ? तर, मानव बस्तीचाहिँ पुग्न दिँदैनौँ।'

मानव बस्ती जोगाउनका लागि शुक्रबार (आज) बाट थप प्रहरी, आर्मी र सशस्त्र थप्ने उनले बताइन्। 'मानव बस्ती जोगाउनका लागि हामीले थप सुरक्षा तैनाथ गर्नेछौँ,' उनले भनिन्, 'जंगलकै आगो नियन्त्रण गर्न त गाह्रो छ।'

आगलागी भएको स्थानबाट मानव बस्ती करिब चार किलोमिटरको दूरीमा छ।

प्रकाशित: ११ माघ २०८१ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App