२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:४५ पूर्वाह्न
अन्य

सचिनको निधनबारे प्रधानमन्त्री- पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निधन भएका बालगायक सचिन परियारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

साथै उनले पारिवारिक बेमेल र सामाजिक सञ्जालमा भाइरल प्रवृत्तिले यसमा असर गरेको बताएका छन्।

'पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ,' उनले भनेका छन्।

सचिनको बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। उनी लामो समययता अस्वस्थ थिए।

प्रकाशित: १८ पुस २०८१ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App