८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

सवारी दुर्घटनामा २२ यात्रु घाइते, ६ को अवस्था गम्भीर

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ अलकत्रे डाँडामा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

शुक्रबार बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१-००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरूको उपचार रुपन्देहीको भलुही मेडिकल कलेजमा भइरहेको छ ।

प्रकाशित: ५ पुस २०८१ २०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App