६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

सोलुखुम्बु पदयात्रामा विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा हिमाली जिल्ला सोलुखुम्बुको पदयात्रामा निस्किएका छन् ।

बुधबार उनी साथीहरूका साथ जिल्लाको दिङ्बोचेभन्दा माथि माइनस १३ डिग्रीको उचाइमा पुगेका छन् । उनीहरू आज चार हजार ६२० मिटरको उचाइमा पुगेका छन् ।

पदयात्रामा रहेका उनीसहित टिमले बुधबार नुप्से हिमाललाई पृष्ठभूमि बनाएर तस्बिर खिचेका छन् । उक्त तस्बिर फेसबूक ह्यान्डलमा राख्दै शर्माले भनेका छन्, 'चिसो र जटिलता छ नै तर, तपाईंहरूको शुभेच्छाले टिम उत्साहका साथ हिमाल उक्लिरहेको छ ।'

प्रकाशित: २६ मंसिर २०८१ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App