२६ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

भ्रष्टाचार गरेको भन्दै वडाध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वडाध्यक्षसहित तीन जनाविरुद्ध सर्वोच्च अदालत गएको छ ।

अख्तियार सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका २ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीविरुद्ध सर्वोच्च पुगेको हो । 

विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा त्यसविपरीत हुने गरी झुट्टा बिल भर्पाइको आधारमा  ६ लाख ६० हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

विशेषले उक्त प्रकरणमा सफाइ दिएपछि त्यसविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । लेखा परीक्षण बेरुजुपश्चात् ६० हजार रकम दाखिला भएको र ६ लाख बराबरको हानि नोक्सानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार सजाय हुनुपर्ने पुनरावेदन निवेदनमा उल्लेख छ ।

लिखुपिके गाउँपालिका २ का वडाध्यक्ष बस्नेतले २०७५ फागुन १५ गते रकम नदिई निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा ६ लाख ६० हजारको बिल भर्पाइ कागज बनाएको अख्तियारको दाबी छ । उनीहरूले उक्त जग्गा २०७६ असार ३१ गते प्रमुख प्रशासकीय अधिकृत र लेखापालसमेतले झुट्टा बिल भर्पाइ बनाइ भुक्तानी दिएको अख्तियारको दाबी छ ।

प्रकाशित: २६ मंसिर २०८१ १६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App