११ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

'दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार' भण्डारीलाई

अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित 'दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार' वरिष्ठ अविक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ ।

मानव अधिकार, कानुनी शासन एवम् सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ ।

७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोगद्वारा मङ्गलबार आयोजित समारोहमा उपप्रधानमन्त्री विष्णु पौडेलले भण्डारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गरे ।

अधिकारकर्मी दयाराम परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागेर उपचारको क्रममा चैत १५ गते सहादत भएको थियो।

अधिकारकर्मी परियारको सम्मानमा हरेक वर्ष 'दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार' प्रदान गरिँदै आइएको छ ।

हालसम्म मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्यामसुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेम कुमारी पन्त, नारायणप्रसाद शर्मा, डाक्टर हरिहर वस्ती, डाक्टर रेणु अधिकारीलगायतले दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रकाशित: २५ मंसिर २०८१ २०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App