८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट सदस्य थप

सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट सदस्य थप गरेको छ ।

पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित आयोगमा निजी क्षेत्रबाट तीन जना सदस्य थप गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

थपिएका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल छन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । 

त्यसैगरी सरकारले फिलिपिन्सको मनिलामा मंसिर २५ देखि २७ गतेसम्म आयोजना हुने दीगो यातायातसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने भएको छ ।

प्रकाशित: ७ मंसिर २०८१ १९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App