१६ चैत्र २०८० शुक्रबार
अन्य

हेयर कलर गर्दा ध्यान दिनुहोस

सुस्मिता लाल
उपयुक्त तरिकाले कपाल रङ्याइएको छ भने त्यसले मानिसको सौन्दर्यशोभा अलग्गै देखाउँछ । यसले हाम्रो कपाललाई ज्यादै सुन्दर र आकर्षक बनाउने गर्छ । कलर गराएपछि मानिसको लुक्स बेग्लै र राम्रो देखिन्छ ।  कपाललाई बलियो बनाइराख्न कलर मात्रै गरेर पुग्दैन । यसलाई राम्रोसँग हेरविचार पनि गर्न जरुरी हुन्छ । यसले गर्दा कपालको कलर लामो समयसम्म टिक्छ ।
कपालमा कुनै कलर लगाउनुअघि केके कुरामा ध्यान दिने त ? विज्ञहरु भन्छन्, कपालको कलरसँगै हामीले आफ्नो छालाको रङमा पनि ध्यान दिन जरुरी हुन्छ । सधैँ आफ्नो कपाल र छालाको टोन अनुसारको हेयर कलर गर्दा राम्रो देखिन्छ । कपालमा ब्राउन, गोल्डन र लाइट रेडजस्ता कैयौँ रङहरु लगाउन सकिन्छ ।
जुम ब्युटी पार्लरका सञ्चालक जुनु चक््रmधरका अनुसार कपालमा कलर गर्नुभन्दा पहिले राम्रोसँग कपाल धुनुपर्छ । स्याम्पु लगाएर कपाल धुँदा राम्रो हुन्छ । कलर लगाउँदा कपाल चिपचिप छ भने राम्रोसँग कलर लाग्दैन । लागिहाले पनि लामो समयसम्म टिक्दैन । कपालमा मेहन्दी लगाएको छ भने पनि कलर लगाउन मिल्दैन । मेहन्दीले कलरलाई  कपालमा राम्ररीसँग बस्न दिँदैन । यस्तो अवस्थामा मेहन्दीको रंग गएपछि मात्र कलर लगाउनु ठीक हुन्छ । कलर गराएपछि कपालमा हेयर ग्लास लगाएको राम्रो हुन्छ । यस्तो गर्नाले पनि कपालको कलर लामो समयसम्म टिक्छ ।  कपालमा कलर गरेको दस मिनेटसम्म हेयर ग्लास लगाउनुपर्छ ।
कपालमा नयाँ कलर ट्राई गरिरहनु भएको छ भने पहिले आफ्नो कुहिनोमा लगाएर हेर्नुपर्छ । १५–२० मिनेट लगाएपछि त्यसलाई कलर धुनुहोस् । यस क्रममा चिलाउने या रियाक्सन भयो भने तत्काल ब्रान्ड परिवर्तन गरिहाल्नु पर्छ । टाउकोमा घाउ छ भने पनि कलर लगाउनुहुन्न । कलरमा भएका रसायनले घाउलाई अझ बल्झाउने हुन्छ र समस्या अझ बढाउन सक्छ । छाला बढी संवेदनशील छ भने पहिले हेयर स्टाइलिसहरुसँग सल्लाह लिनुपर्छ । हेयर स्टाइलिसले कपालको टेक्सचरअनुसार सही कलर भनिदिन्छन् र सोही अनुसारको कलर लगाउनु पर्छ । कपालमा जहिले पनि सेमी पर्मानेन्ट हेयर कलरबाट कलर गर्नुपर्छ । यसले हेयर कलरलाई लामो समय कायम राख्छ । कपालमा कलर प्रोटेक्टिभ स्याम्पु प्रयोग गर्नुपर्छ । यो स्याम्पु लगाउनाले कलर लामो समय रहन्छ । यस्तो कपालमा हार्ड स्याम्पु या एन्टिडेन्ड्रफ स्याम्पु प्रयोग गर्नु हुँदैन ।
स्याम्पु गरिसकेपछि कपालमा कन्डिसनर लगाउनु पर्छ । यसले कपाललाई साइनिङ गराइराख्छ । साथै, कपाललाई सूर्यको हानिकारक किरणबाट पनि बचाउनुपर्छ । यदि कपाल ड्राई र ड्यामेज छ भने हेयर सिरमको समेत प्रयोग गर्न सकिन्छ । कपाललाई कर्ली या स्ट्रेट गर्ने योजना बनाइरहनु भएको छ भने कलर गर्नुभन्दा तीन साताअघि नै गराउनुहोस् । दुवै प्रक्रिया एकसाथ गर्नबाट बच्नु पर्छ । एकसाथ धेरै केमिकलहरु प्रयोग गर्दा कपालमा बढी क्षति पुग्न सक्छ । हप्तामा एक पटक हेयर स्पा ट्रिटमेन्ट लिनुपर्छ । यसले कपाललाई स्वस्थ राख्न पनि मद्दत गर्छ र ड्राई हुनबाट पनि बचाउँछ । हप्ताको दुई दिन कपालमा आयल मसाज गर्नुपर्छ । यसले कपाल झर्नबाट रोक्छ ।
स्विमिङ गर्न रुचाउनु हुन्छ भने तपाईं सचेत हुनुपर्छ किनभने स्विमिङ पुलको पानीमा क्लोरिन हालिएको हुन्छ । यसले तपाईंको कपाललाई क्षति पु¥याउँछ । त्यसैले कलर गरेको कपालमा स्विमिङ गर्दा केही सावधानी अपनाउनु पर्छ । खासगरी स्विमिङमा जानुअघि कपाललाई दह्रो गरी बाँध्नु राम्रो हुन्छ र कपाल छोप्ने क्याप लगाउनु पर्छ । यस क्यापले कपाललाई क्षति हुनबाट जोगाउँछ ।
यसैगरी कपाललाई कहिल्यै पनि तातोपानीले सफा गर्नु हुँदैन । यसले कपालको गुणस्तरमा निकै असर पार्छ र कलर पनि छिट्टै जान्छ । त्यसैले कपाल जहिले पनि चिसो या हल्का तातोपानीले मात्र धुनु राम्रो हुन्छ ।

प्रकाशित: २९ श्रावण २०७४ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App