१६ चैत्र २०८० शुक्रबार
अन्य

सटरमा पानीपुरी र चटपटे

पानीपुरी चटपटे भन्नेबित्तिकै धेरैले ठेलामा राखेर बेचिने फुटपाथे खानेकुरा बुझ्छन् । काठमाडौंमाचलनपनि यस्तै छ । चटपटे रुचाउनेहरूसडकछेउका ठेलापसलपुग्छन् । 

अब चटपटे र पानीपुरी ठेलाव्यापारमा सीमितरहेन,यसको व्यापार बिस्तारै सटरतिर सरेको छ । 
कीर्तिपुरको पाँगास्थित सालिकनजिक‘मिस यु नेवारी टेस्टको पानीपुरी र चटपटे’ नामक पसल यहाँको सबैभन्दा पुरानो चटपटे र पानीपुरी पसल हो । ११ वर्षअघि अनिता महर्जनले आफ्नै घरको सटरमा चटपटे र पानीपुरी पसल खोल्दा मानिस छक्क परेका थिए । अनिता सम्झिन्छिन्, ‘मानिसहरु भन्थे–चटपटे, पानीपुरी बेचेर पनि साध्य हुन्छ?’ 
तर,कसैले नपत्याएको उनको पसलले बेजोड व्यापार गर्‍यो । अहिले ‘मिस यु’ एक ब्रान्ड भइसक्यो । अनिता भन्छिन्, ‘हामीले चटपटे र पानीपुरी बनाएरै ब्रान्ड बनायौँ।’ 

आफ्नै घरको सटरले मात्र नपुगेर पाँगाका विभिन्न ठाउँमा पनि‘मिस यु’कै नामले चटपटे र पानीपुरी पसल खुलेका छन् । महर्जन परिवारको यो पारिवारिक व्यवसाय कीर्तिपुर भरि चर्चित छ । कीर्तिपुरको पाँगा सालिक, पाँगा बसपार्क, नयाँबजार, ट्यांलाफाँटमा ‘मिस यु’का पसल खुलेका छन् । कतै अनिताको परिवार आफैँले त,कतै अरुले ‘मिस यु’को रेसिपी प्रयोग गरेर पसल खोलेका छन्। 

मिस यु नामसहितको चटपटे र पानीपुरीको रेसिपी प्रयोग गर्ने पसल काठमाडौंको बानेश्वर, चोभार, चाल्नाखेल, टौदहलगायत क्षेत्रमा पनि खुलेका छन् । अनिताका अनुसार सबै पसलले उनकै रेसिपी प्रयोग गरेका छन् । सबै पसलमा बेचिने चटपटे र पानीपुरीको स्वादमा एक रूपता कायम गरिएको अनिता बताउँछिन् ।उनी चटपटे र पानी पुरीका लागि चाहिने पुरी र मसला घरमै बनाउँछिन् । त्यही पुरी र मसला सबैतिर पुर्‍याइन्छ । अनिता भन्छिन्, ‘हामीले भनेको रेसिपी र सामग्री प्रयोग नगर्ने लाई हामी ‘मिस यु’नाम पनि दिँदैनौँ।’ 

नेवारी परिकारमा प्रयोग गरिने खालको मसलाको प्रयोग गरिने भएकाले आफ्नो रेसिपीलाई नेवारी टेस्ट नाम दिइएको उनले बताइन् । नुन, बिरेनुन, इम्ली, धनियाँ र खुर्सानी मात्र राखेर पानी पुरीका लागि पानी तयार पारिन्छ । पानीलाईअमिलो बनाउन अमिलो चिनी अथवा कुनै कृत्रिम स्वादको प्रयोग नगरिएको अनिताले बताइन् । आफूले घरमै प्रयोग गर्ने तेलमा पुरी पकाउने पनि उनले बताइन्। 

मिस युको नेवारी टेस्टवाला रेसिपीमापानीपुरी र चटपटेबनाउने पछिल्लो पसलकीर्तिपुरको पाँगादोबाटोमा छ । बाघभैरवकीलक्ष्मीमहर्जन यो पसलको आर्जनबाट खुसी छन् । एक कलेजमासहयोगीको जागिर छाडेर उनले व्यापार थालेकीहुन् । भनिन्, ‘कीर्तिपुरदेखि कमलादीसम्मबिहानबेलुका गरेर जागिर खानुभन्दा बुढेसकालमायही ठीक होला जस्तो लाग्यो।’ 

तीन महिनाअघि सटर भाडामा लिएर खोलेको पसलले अहिलेसम्म राम्रो आम्दानीदिइरहेको उनले बताइन् । 
लक्ष्मीभन्छिन्, ‘जाडो याम सुरु भएपछिव्यापार घट्ला । तर,अहिले राम्रो छ ।’ उनी एक प्लेट चटपटेको २० रुपैयाँ र एक प्लेट पानीपुरीको २५ रुपैयाँलिने गरेकी छन् । पसलको धेरैजसोग्राहककीर्तिपुर बस्ने विद्यार्थी रहेकोउनी सुनाउँछिन् । 
लक्ष्मीको पसलकानियमितग्राहकमा पर्छिन्, नयाँबजार बस्ने सुधालम्साल । पानीपुरी खानउनीहप्ताको एक–दुईपटक लक्ष्मीको पसलमा आउँछिन् । सुधाले भनिन्, ‘लक्ष्मीमाँले बनाएको पानीपुरी एकदम मीठो लाग्छ । साथै बाहिरभन्दायहाँ सफापनिहुने भएकोले यहीखान आउँछु।’ 

सडकछेउखुला ठाउँमा बेचिने पानीपुरी अस्वच्छ हुने सम्भावनाहुने भएकाले सटरको पसलमाखानुपर्ने सुधाको विचार छ । उनी भन्छिन्, ‘धुलोले ढाकेको सडकमा पानीपुरीमार चटपटे खानु स्वास्थ्यकालागि घातक पनिहुन सक्छ । त्यसमाथिउनीहरू कस्तो खाले पानीप्रयोग गर्छन् भन्ने थाहै हुन्न।’ 

सडकमा बेचिँदै आएकापानीपुरी चटपटेमाआशालाग्दो व्यापार देख्नेहरूले पछिल्लो समय यसको व्यापारलाई सटरतिर सारेका छन् । यस्ता पसललेकाठमाडौंको धुलोमैलो सडकमा चटपटे र पानीपुरी खानुपर्ने बाध्यताको विकल्पदिएको वागबजारको श्रद्धा क्याफेकी सञ्चालक मैयाँ गिरीले बताइन् । उनको सानो सटरमाचिया, कफी, पानीपुरी र चटपटे बेचिन्छ। 

स्वच्छपानी, ताजाआलु, सब्जीप्रयोग गरी पानीपुरी र चटपटे बनाइने उनले बताइन् ।आफ्नो पसलमाआउने ग्राहकलाई उनीस्वच्छताबारे परामर्श पनिदिने गरेको सुनाउँछिन् । भन्छिन्, ‘केटाकेटी आउँछन् । धेरै पिरो,अमिलो खानखोज्छन् । धेरै पिरो,अमिलो अनिमसलाभएको खानुहुन्नभनेर सम्झाउने गरेकी छु ।’सडकमा धुलोधुवाँकाकारण स्वच्छताको ग्यारेन्टी नहुनाले पसलमाग्राहकआउने उनको भनाइ छ। 

प्रकाशित: २३ श्रावण २०७४ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App