१५ चैत्र २०८० बिहीबार
अन्य

जिम जोक होइन

अनुपविक्रम शाही, अभिनेता
जिमखाना धाउन थालेको चार वर्षजति भयो । दिनको तीन घण्टा जिमखानामा बिताउँछु । हप्ताको छ दिन जिम जान्छु । सुटिङले गर्दा कहिलेकाहीँ जिम जान पाउँदिनँ । तर, ‘जिम जानुपर्छ र स्वस्थ बन्नुपर्छ’ भन्ने कुरामा म एकदमै सचेत छु । मैले गर्दा मेरा अरू साथी पनि जिमखाना धाउने भएका छन् ।
जिमखाना जान थालेपछि मैले धेरै कुरा सिकेँ । फिट हुन ३० प्रतिशत वर्कआउटले काम गर्ने रहेछ । बाँकी ७० प्रतिशत भनेको डाइटकै कमाल हो । मलाई हाइट र वेट मिलाएर गुरुले डाइट बनाइदिनुहुन्छ । त्यही डाइट फलो गर्ने गरेको छु ।  जिम जोक होइन । अभ्यासको क्रममा निकै ठूला र गह्रुँगा सामान उचाल्नुपर्छ । तिनको सही प्रयोग गर्न नसक्दा आफैँलाई हानि हुन्छ । कतिपय ज्यान बनाउन गएका साथीहरू थला परेर घर फर्केको पनि देखेको छु । जिमखानाभित्र प्रयोग हुने सामानलाई हेलचेक्य्राइँ गर्नु हुन्न । ती सामान कसरी ह्यान्डल गर्ने भन्ने कुरा जान्नुपर्छ । त्यस्तै, जिमखानाभित्र अनुशासित पनि हुनुपर्छ । अनुशासित भएन भने हामीले चाहेको परिणाम नपाउन सक्छाँै ।
डाइटमा अण्डा, चिकेन ब्रेस्ट, माछा, ब्रोकाउली, गाजर, आलु, दाल, गेडागुडी, बटर, हनी र ब्राउन राइसलगायत खान्छु । दिनको पाँचदेखि छ पटकसम्म यी खानेकुरा मिलाएर खान्छु । दिनको पाँच लिटरजति पानी पिउँछु ।
बक्स
‘डेडिकेटेड छन् अनुप’
सञ्जीवकुमार श्रेष्ठ, अनुपका जिम इन्स्ट्रक्टर
जिम गर्न चाहने हरेक मान्छेमा ‘डेडिकेसन’ चाहिन्छ । त्यो डेडिकेसन अनुपमा छ । उनी साह्रै मेहनती छन् । सुटिङमा व्यस्त हुँदा उनी एक÷दुई घण्टाका लागि भए पनि जिमखाना आइहाल्छन् । मैले बनाइदिएकै डाइट उनी फलो गर्छन् ।

(नागिरक परिवारबाट)

प्रकाशित: १८ वैशाख २०७४ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App