अरुणा उप्रेती
समीक्षा लेख्न पुस्तकप्रेमले मात्र पुग्दैन। म आफूलाई पुस्तकप्रेमी भन्न रूचाउँछु। आफूलार्ई मन परेको पुस्तक पढिसकेपछि अरुलाई पनि पढ्न दिन्छु। कतिपयलाई भने 'फलानाको किताब राम्रो लाग्यो, पढ्ने समय निकाल्नुस्' भन्छु। मैले मन पराएको किताब अरुले पनि मन पराउँछन् नै भन्ने चाहिँ पटक्कै होइन। शारदा शर्माको उपन्यास 'कम्प' पढेपछि मैले केही साथीलाई किताब पढ भनेर सिफारीश गरेकी छु। उनीहरूको विचार के छ? त्यो अझै सुनेको छैन। किताबको अन्तिम पृष्ठमा नायिका आफूमाथि धर्मराजले गरेको अन्यायप्रति शब्दमार्फत् विद्रोह गर्छिन्। पृथ्वीमा उनले गरेको कामहरूका लागि धर्मराजले वैतरणीमा डुबाउन आदेश पाएपछि उनी भन्छिन्– 'न लोक, न परलोक। संसार त अधर्मी थियो नै, धर्मराजको सभामा समेत धर्म मरेको निष्कर्ष लिएर म जाँदैछु।' चित्रांगदा अर्थात् नायिकाका यी शब्दले त्यस सभामा भूकम्प ल्याउँछ र धर्मराजले यमलोकको 'समस्त धर्म व्यवस्थाको पुनरवलोकन गरिनेछ' भनेर सकारात्मक भावमा उपन्यास समाप्त हुन्छ।
किताबको अन्तिम पृष्ठमा नायिका आफूमाथि धर्मराजले गरेको अन्यायप्रति शब्दमार्फत् विद्रोह गर्छिन्। संसार त अधर्मी थियो नै, धर्मराजको सभामा समेत धर्म मरेको निष्कर्ष लिएर म जाँदैछु।' चित्रांगदा अर्थात् नायिकाका यी शब्दले त्यस सभामा भूकम्प ल्याउँछ र धर्मराजले यमलोकको 'समस्त धर्म व्यवस्थाको पुनरवलोकन गरिनेछ' भनेर सकारात्मक भावमा उपन्यास समाप्त हुन्छ।
उपन्यासमा अहिलेको नेपालको जस्तै अव्यवस्था, घुसखोरी, देहव्यापार, गरिबी, मृतलोकमा पनि भएको चित्रण गरिएको छ। कतिपय ठाउँमा त नेपालका धार्मिक गुरुहरूको बदमासी, नेताहरूको लोभीपन, नागरिकता किनबेचका घटना धर्मलोकमा पनि रहेछन् भनेर कल्पनाको उडान भरेकी छन् लेखिकाले। यमलोक गएपछि फर्केर कोही पनि आएर त्यहाँ के छ भनेर लेखेको र बोलेको त छैन, शारदाले कल्पना गरेर लेखिएका कुरा पढ्दा वास्तवमा नै यमलोकमा यस्तै हुन्छ भने त मरेपछि किन मानिसको आत्माले मुक्ति पायो भन्छन् होला भन्ने विचार आउँछ नै।
उपन्यास सुरु हुन्छ– नेपालमा २०७२ बैशाख १२ गते र २९ गते गएको भूकम्प र मानवीय त्रासदीको अवस्थाबाट। नायिका चित्रांगदा भूकम्पमा परेर मरेपछि पनि आफ्नो छोरीको सम्झना गर्छिन्, तर मरेकी नायिकालाई यमलोकका कर्मचारीले 'ऊ अब छोरीसँग भेट्न नसक्ने' कुरा सुनाउँदा आहत हुन्छिन्। त्यही मृतलोकमा उनले आफ्नो जीवनका घटना र दुर्घटना सम्भि्कन्छिन्। उपन्यासमा यो बेलाको वर्णन राम्रोसँग हुन सकेको छ। कसरी दलित केटी ठूलो जातसँग विवाह गर्दा घरपरिवाले दुःख दिएको र घरै छोडेर अरुसँग गएर बस्नुपरेको कथासँगै एकजना धार्मिक गुरुको संसर्गमा आएपछि उनले केही शान्ति अनुभव गरेको सन्दर्भ छ। ती गुरुसँग शारीरिक सम्बन्ध भएपछि गुरुले त्यो सम्बन्धलाई नाम दिन नचाहेको घटना पनि छ। गुरुसँगको यही सम्बन्धलाई मृतलोकमा पनि 'पाप' मानिएको छ। गुरुलाई भ्रष्टको आरोप लगाइन्छ। यहाँ लेखिकाले कुनै पनि देशमा कसरी धार्मिक गुरुहरूले राजनीतिक नेता, व्यापारीलाई आफ्नो मुठ्ठीमा पारेका छन् भन्ने स्पष्ट पारेकी छन्। यो सन्दर्भले कहिलेकाहीँ पत्रपत्रिकाहरूमा आएका धार्मिक गुरुहरूको विभिन्न व्यभिचारपूर्ण क्रियाकलापको सम्झना गराउँछ। लेखिकाले सुरुमै लेखेकी छन्– किताबमा हामी बाँचेको समयखण्डमा अनेक कारणले चर्चामा रहेको प्रवृत्ति पनि भेटिएलान्। कतिपय यथार्थ पात्र पनि भेटिने छन्।! साँच्चै नै यो उपन्यास पढ्दा स्पष्टसँग देखिन्छ हाम्रो समाजका ती पात्रहरू को हुन् र घटना के हो भन्ने।
हाल नेपालको नागरिकताको समस्याजस्तै मृतलोकमा पनि त्यस्तै समस्या रहेछ। 'यमलोकको त्यस भागमा गन्धर्व देशसँग खुला सिमाना छ। गन्धर्व देशबाट आएर नागरिकता लिनेको संख्या धेरै बढेपछि सरकारले नागरिकताको नयाँ र कसिलो नीति बनाउन खोजेको थियो त्यसैलाई रोक्न गन्धर्व देश लागिपरेको छ। यमलोकमा केही अधिकारीलाई गर्धव देशका अधिकारीले खरिद नै गरेका छन्।' एक व्यक्तिले नायिकालाई मृतलोकमा सँगै हिँड्दा यो कुरा भन्छन्।
यमलोकमा पनि इन्टरनेट, फेसबुक, इमेल आदिको भरपूर प्रयोग भएको छ र कथा वस्तुसँग एकदम मिल्नेगरी त्यसलाई प्रस्तुत गरिएको छ। कल्पना र स्वैरकल्पनाको मिश्रणमा उभिएको कम्प पढ्दा सलल बग्दै मेरा आँखामा देशको गरिबी, चुलिँदो विसंगति, लाचारी ठोक्किन्छन्। हाम्रो समाज उपन्यासमा उतारेको देखेर लाग्यो– कसरी गरिबीका कारण नेपालमा पनि धर्म परिवर्तन भइरहेको छ!
मृतलोकमा पनि गरिब–अशिक्षित दलितलाई केही खि्रस्तानले ठगेर धर्म परिवर्तन गराएको र पछि ती गाउँले धर्म परिवर्तनबाट आजित भएको कुरा पनि देखााइएको छ। खि्रस्तानले भन्दा रहेछन्– 'तेरो धर्मले तँलाई के दिएको छ र?' गरिब जनताले विचार गर्दा रहेछन् येशुको कृपाले आमाको रोग निको होला, बाबुको रक्सीको लत छुट्ला भन्ने। तर, कुनै प्रगति हुँदैन। पैसा देखाएर गाउँका सोझा, गरिब तथा दुःखी केटीहरूलाई खि्रस्तानी बनाएको प्रमाण पेश गरे १० हजार मुद्रा आउने सन्दर्भ रोचक लाग्छ।
मरेपछि गरुड पुराण पढेर तर्साउने हाम्रो पृथ्वीको चलनले नायिकालाई यमलोकमा पनि बिथोल्छ। श्रीमान्सँग बस्न नसकेर घर छोडेर हिँडेकी नायिकालाई यमलोकमा भनिन्छ– श्रीमान् जस्तो भए पनि स्वास्नीले सहनैपर्छ। तर, त्यसको विरोध गर्छिन् नायिकाले। महŒवपूर्ण हिन्दू धर्मग्रन्थ गरुड पुराणका थुप्रै कुरा उपन्यासमा आधारका रूपमा लिइएका छन्। र, गरुड पुराण आजको सर्न्दभमा किन सान्दर्भिक छैन भन्ने कुरा बताउन खोजिएको छ। तर, गरुडसंहिताका यस्तो भनाइले महिलाहिंसा गरेको छ भनेर कुनै धर्म गुरुले मान्लान्? महिला हिंसाविरुद्ध उठ्ने आवाजमा कम्पले एउटा आवाज थप्न मद्दत पुर्याएको छ।
पुस्तक : कम्प
विधा : उपन्यास
लेखक : शारदा शर्मा
प्रकाशक : सांग्रिला बुक्स
मूल्यः रु.४४८
प्रकाशित: ९ पुस २०७३ ०६:२१ शनिबार


-600x400.jpg)

