५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

प्रेमीकाले घरमै बोलाएर रचिन हत्या, खोलामा फालियो शव

बारा-रौतहट सन्तपुर दोस्तिया–७ का पुनदेव प्रसाद यादवको हत्यामा संलग्न रहेको अभियोगमा रिंकुदेवी साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुनदेवलाई उनकै पूर्व प्रेमिका भोडाहा–८ की प्रियंका कुमारी साह तेलीको सहयोगमा परिवारका सदस्यहरु मिलेर हत्या गरिएको खुलेको र हत्यामा संलग्न रिंकुदेवी पक्राउ परेकी बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।

रिंकुकी नन्द प्रियंकाले निकट सम्बन्ध रहेका पुनदेवलाई परिवारका सदस्यहरुको आग्रहमा घरमा डाँकेकी थिइन्। प्रियंकाको जालमा फसेर घरसम्म पुगेका पुनदेवको सोही रात हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। फागुन चार गते पुनदेवको हत्या भएको थियो।

प्रिंयका, उनका बाबु कृष्ण साह, दाजु राजेश प्रसाद साह र भाउजु रिंकुदेवी साहाको मिलेमतोमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रिंकुदेवी पक्राउ परेपनि हत्यामा संलग्न परिवारका अन्य सदस्यहरु फरार छन्।

पुनदेवको प्रियंकासँग प्रेम सम्बन्ध कायम रहेको र बिवाह पछि पनि उनीहरुबीच सम्बन्ध नटुटेपछि परिवारले प्रियंकालाई नै प्रयोग गरेर घरमै बोलाएर धारिलो हतियार प्रहारबाट पुनदेवको हत्या गरेर शवलाई बोरामा पोको पारेर मनहर्वाको टङगहर खोलामा फालेको अवस्थामा फागुन १४ गते शव फेला परेको थियो।

प्रकाशित: २५ फाल्गुन २०७२ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App