२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

मोर्चाको आन्दोलनले लागूऔषध कारोबारी सक्रिय

इटहरी—संयुक्त मधेसी मोर्चाले तराई–मधेसमा आन्दोलन जारी राखेको मौका पारेर पूर्वी तराईका जिल्लामा लागूऔषध कारोबारी गर्ने सक्रिय भएका छन्। भारतका विभिन्न नाका हुँदै लागूऔषध भित्रयाउने र नेपालबाट भारत लाने गिरोहबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेपछि कारोबारी गर्ने सक्रिय भएको खुलेको हो।बुधबार साँझ सुनसरी प्रहरीले नेपालबाट भारत गाजा तस्कर गर्ने गिरोहमा संलग्न महेन्द्रनगरको एक घर खोजतलास गर्दा ८१ केजी पाँच सय ग्राम गाजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले आफ्नै ठूलोबुबाले धनकुटासँगै पहाडी जिल्लाबाट घरमा ल्याएर राखेको गाजा रेखदेख गर्ने महेन्द्रनगर वडा नं. ९ का सिकेन मुखियालाई पक्राउ गरेको हो।

सिकेनले प्रहरीमा दिएको बयान अनुसार ठूलोबुबा सिवुले भारतीय तस्करलाई गाजा बिक्री गर्ने गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अनिल पौडेलले बताए। १६ दिनदेखि प्रहरीले निगरानी गर्दा बुधबार साँझ घर खोजतलास गर्दा गाजा फेला परेको हो। सिवु भने अहिले फरार छन्। प्रहरीको अनुसन्धानबाट सिवुको घरबाट पछिल्लो समय तराई–मधेसमा जारी आन्दोलनको मौकामा बढी भारतीय तस्कर आएर गाजा लाने गरेको खुलेको छ।

यसैगरी, मोरङको भोगटेनीबाट पनि प्रहरीले पाँच किलो गाजासहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले मोरङ मृगौलिया वडा नं. ८ का ३० बर्षीय रोशन भन्ने चन्द्र विश्वकर्मा, सोही ठाउँका २१ बर्षीय नरेन्द्र लिम्बु, ३१ बर्षीय पाण्डव चौधरी, २० बर्षीय पूर्ण राई र केराबारी वडा नं. ८ का २४ बर्षीय संयोग राईलाई गाजासहित पक्राउ गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उत्ता, सप्तरीको पंसेरा गाबिसको एक घरबाट लागुऔषध ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एक सय ९८ बोतल कोरेक्ससहित पंसेरा वडा नं. ५ का रामकृष्ण चौधरी, रामप्रसाद चौधरी र हरिदेव सदालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको तथ्याङ्क अनुसार पूर्वाञ्चलमा लागुऔषध प्रयोगकर्ता र कारोबारी गर्नेको संख्या बढ्दो छ। प्रहरीको तथ्याङ्कलाई आधार मान्दा यही गतिमा सेवन र कारोबार बढ्दै गए भयावह रुप लिने देखिन्छ ।

प्रकाशित: २४ मंसिर २०७२ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App