५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

मोर्चा कार्यकर्ताले जनकपुरमा मोटरसाइकल जलाए

जनकपुर– जर्किनमा पेट्रोल लिएर जनकपुर पिराडी चोकतर्फ जाँदै गरेको एक मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेका छन्। जनकपुर चुरोट कारखाना गेटअडाडि आगजनी गरिएको मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति र मधेस क्रान्ति संघर्ष समितिको संयुक्त रुपमा निस्केको जुलुसले उक्त मोटरसाइकलमा आगजनी गरेको हो । भारतीय बजारबाट एक सय २० लिटर पेट्रोल लिएर बर्दिवासतर्फ लगिरहेको आरोपमा ज १ प ६०२३ नम्बर मोटरसाइकलमा आगजनी गरिएको आन्दोलनकारीले जनाएको छ।

आन्दोलनकारीले यसअघि पेट्रोलियम पदार्थ बोकेको आरोपमा एक दर्जन मोटरसाइकल र दुई ट्रकमा आगजनी गरेका छन् भने दर्जनौं बस तथा ट्रकमा तोडफोड गरेका छन्।

प्रकाशित: १५ मंसिर २०७२ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App