८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

मोटरसाइकल कुदाइँरहँदा पछाडिबाट गोली प्रहार

नेपालगन्ज— बाँके, हिरमिनिया-३ सुब्बापुर्वामा भरुवा बन्दुकको गोली लागेर १ जना घाइते भएका छन्। भारतीय नम्बरको युपी ११४ ए३ ९६५३ नम्बरको मोटरसाइकलमा सवार भवनियापुर १ बस्ने ३० बर्सिय असमान अन्सारीमाथि सोमबार राती गोली प्रहार भएको हो।हिरमिनिया ५ का पहलमान पासी सहित पाँच जनाको समुहले गोली हानेको र उनीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ। घाइते अन्सारीको नेपालगन्ज मिडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ घाइतेको दायाँ कोखामा गोली लागेको छ।

प्रकाशित: ३ कार्तिक २०७२ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App