२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

राई र मियाँ समुहका युवाबीच काटकाट, तीन घाइते

इटहरी— सुनसरीको दुहवी–भलुवामा आइतबार बिहान दुई पक्षका युवाबीच काटकाट भएको छ। घटनामा तीन जना घाइते भएका छन्।दुहवी–भलुवा वडा नं. ६ कै रामभक्त राई र मियाँ समूहबीच विवाद भएर काटकाट भएको हो। दुवै समूहले एक–अर्को समूहलाई निसाना बनाउँदै खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

दुई समूहबीच काटकाट हुदाँ समिम, रामभक्त र तावेज हुसेन घाइते भएका छन्। घाइते समिमको विराटनगर, रामभक्तको धरानमा उपचार भइरहेको छ भने तावेज उपचारपछि घर फर्किसकेका छन्।

घटना भएलगतै प्रहरी तत्काल घटनास्थलमा पुग्न सफल भएकाले गर्दा ठूलो मानवीय क्षती हुन नपाएको प्रहरीले जनाएको छ।

'सूचना आउनासाथ प्रहरी हतपत पुगेपछि दुई पक्षीयका युवा धेरै भागे, घटनामा संलग्न पाँच जनालाई तत्काल पक्राउ गर्यौंच,' दुहवीका इनिस्पेक्टर शिव पोखरेलले भने, 'बेलैमा सूचना पाएकाले गर्दा ठूलो मानवीय क्षती हुन पाएन्।' प्रहरीले पक्राउ गरेका पाँचै जनालाई दुई पक्षीय गाउँलेको रोहबरमा छाडिएको छ।

घटनाविवरण अनुसार शनिबार दिउँसो दुहवी–भलुवा वडा नं. ६ का अलिम मियाँलाई बाटोमा हिँडने क्रममा सोही ठाउँकी सन्तमाया राईको हातमा बोकेको सामानले ठोकिएको थियो। ठोकिएपछि मियाँले राईलाई कुटपिट गरेका थिए।

कुटपिट गरेकै निहुँमा आइतबार दुईपक्षीय काटकाट भएको हो। राईको नेतृत्वमा विकास भण्डारी, विष्णु राई, राकेश राईलगायतको टोली आइतबार बिहानै मियाँकोमा गएर आक्रमण थालेपछि दुई पक्षीय काटकाट भएको थियो।

प्रकाशित: १ कार्तिक २०७२ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App