सुदूर लक्ष्यको अस्पष्टता
आज कांग्रेस केही लरबराएको देखिँदैछ। आमकांग्रेसले विश्वास गरेका नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा सुदूर लक्ष्यको स्पष्टता देखिएन। यी नेताहरूमा आजका मितिमा त्यागको भावना पाउन सकिएन। सोही अस्पष्टताकै कारण आफैद्वारा जारी संविधान कार्यान्वयनमा आफू प्रतिपक्षमा पुग्नुपर्योन। राष्ट्रपतिजस्तो गरिमामय पदसमेत राजनीतिकरूपले अग्लो कदको व्यक्तित्वमा पुग्न सकेन। आफ्नो जग मानिएको मधेसमा आज कालो बादल मडारिइरहेको छ। त्यसको निकास निकाल्ने दायित्व कांग्रेसको हो। तर ऊ आफै प्रतिपक्षमा पुग्नुपर्दा मधेस एजेन्डा चौबाटोमा ठडिन पुग्यो। रचनात्मक दृष्टिकोण राख्ने कांग्रेसको सक्रियतामा संविधान त जारी भयो, तर त्यसको कार्यान्वयनको जिम्मेवारी भने विध्वंसात्मक दृष्टिकोण राख्ने उग्र वाम एवं उग्र दक्षिणपन्थीको हातमा गयो। यसैबाट कांग्रेस नेतृत्वको दूरदृष्टि नरहेको बुझ्न सकिन्छ।
राणा, पञ्चायत र राजा हटाउने तथा युगौँदेखिको जनताको सपना साकार पार्ने दृष्टिले कांग्रेसका नेताले संविधान सभाको निर्वाचन सम्पन्न गरी जनतालाई संविधान दिएर आफ््नो अभिभारा सम्पन्न त गरे, तर अब हिजोकै गुणगान गाएर दृष्टिकोणविहीन दुई–चार सदस्यका साथ हिटर तापेर, ह्विस्की तानेर वा मेरो मूल्यांकन भएन भनेर भोलिको नयाँ नेपाल निर्माण सम्भव छैन। नयाँ नेपाल निर्माणका लागि कांग्रेसको नेतृत्व अब नयाँ पुस्ताले गर्नु जरुरी छ। जसले विश्व विख्यात, क्याम्ब्रिज, हावर्डजस्ता विश्व विद्यालयबाट अध्ययन गरेर फर्केका समेतलाई कांग्रेसमा आकर्षित गर्न सकोस्। सुदूर लक्ष्यका अस्पष्टता भएका नेताले भोलिको कांग्रेससँगै मुलुक हाँक्न सक्दैन।
नेतृत्वका आकांक्षी
सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेतृ सुजाता कोइराला, रामशरण महत, केबी गुरुङ, शशांक कोइराला आदि कांग्रेस नेतृत्वको आकांक्षी रहेका देखिन्छन्। अब आमकांग्रेस कार्यकर्ताले आफ्नै अमूल्य मतद्वारा चयन गरिने नेतृत्वका बारे समीक्षा थाल्न जरुरी छ। हुन त नाकाबन्दीका कारण जनताको चुलो बल्न छाडेका बेला एउटा पार्टीको आन्तरिक निर्वाचनको महŒव त्यति धेरै नरहला। प्राविधिकरूपमा संविधानले तोकेकै अवधिभित्र कांग्रेसले आफ्नो अधिवेशन सक्नैपर्ने वैधानिक सीमा भएकाले अब बलियो ढंगमा नेतृत्वबारे छलफल चलाउन जरुरी भएको हो।
ऋाफ्नै नेतृत्वमा ऐतिहासिक संविधान जारी भैसकेको र तत्पश्चात् लिएका नीति सर्वाधिक आलोचित भएकाले कार्यकर्ताले आफ्नो विकल्प खोजेको अनुभूति सभापति कोइरालाले राम्रैसँग गर्नुभएको हुनुपर्छ। जहाँ जाँदा पनि कार्यकर्ताले शीर निहुरियो भनेकाले पनि स्वमूल्यांकन कोइरालाबाट भएको छैन होला भनेर पत्याउन सकिँदैन। अर्कातिर पार्टीभित्र अझै संस्थापन र प्रजातान्त्रिक नामको सीमारेखा कायम राखेर हरेक ठाउँमा ४० प्रतिशतको बखेडा झिकिराख्ने देउवालाई पनि पक्कै ज्ञान छ, सत्ताकै लागि पार्टी टुटफुट गराएको देख्ने र भोग्ने पुस्ता नै अहिले मतदाता भएर आउने हुन्। मतदाताको विवेकलाई कति नै खरिद–बिक्रीका माध्यमबाट परिवर्तन गर्न सकिएला र! अर्का नेता हुनुहुन्छ पौडेल प्रजातन्त्र पुनर्स्थापनायता लाभको पदबाट बाहिर हुनुहुन्न उहाँ, तर एक जोर राम्रा जुत्तासमेत किन्न नसक्ने सामान्य कार्यकर्ता घरमा आउँदा पनि मेरो मूल्यांकन भएन भन्नुहुन्छ। कार्यकर्ताको मूल्यांकन उहाँले गर्ने कि उहाँकै मूल्यांकन कार्यकर्ताले गर्ने?
कोइराला, देउवा र पौडेललाई छाडेर दोस्रो पुस्ताका नेताहरूले मुखै खोलिहालेको देखिएको छैन। महामन्त्री सिंहमा स्वयं सभापति कोइरालाले नै आफूलाई अगाडि सारिदिए हुन्थ्यो भन्ने हुन सक्छ। नेतृ सुजाता परिस्थितिको आकलन गर्दै हुनुहुन्छ। अर्का महामन्त्री सिटौलालाई गिरिजाप्रसादको सामीप्यमा रहेर माओवादी द्वन्द्वको अवतरण गराउने मुख्य भूमिका खेलेकोदेखि संविधान ड्राफ्ट कमिटिको अध्यक्षसम्म बसेर ऐतिहासिक संविधान जारी गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेकोले सभापतिमा उठ्न दबाब छ नेता कार्यकर्ताबाट। तर, उहाँले पनि मुख खोलिसकेको स्थिति छैन। पार्टीमा नेतृत्वले नै नीति बनाएर कार्यान्वयन गर्ने भएकोले आज नेतृत्वबारे व्यापक बहस जरुरी भएको हो।
सच्चिने अवसर
आजका मितिसम्म हरेक परिवर्तनमा आफै मुख्य भूमिकाका साथै स्वयंलाई पनि परिवर्तन गर्दै लगेकाले कांग्रेस टिकेको हो। लगभग सँगै स्थापना भएका प्रजा परिषद्, केआई सिंहको संयुक्त प्रजा पार्टी, डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेस आदि पार्टीको नामनिसाना छैन। युगसँगै परिवर्तन गर्दै लैजाने नेतृत्वको विकास भएन भने त्यस्ता पार्टी थोत्रा दराजमा थन्किन्छन्। पुरातन सोचले अब पार्टी चल्दैन। संविधान कार्यान्वयनसँगै मुलुकको विशिष्ट अवस्थालाई पार लगाउन नेतात्रय कोइराला, देउवा र पौडेलबाट सम्भव छ भनेर सम्पूर्ण मुलुकको त कुरा छाडौँ स्वयं कांग्रेस कार्यकता पनि आश्वस्त हुन सकेका छैनन्। यी तीनै नेता २०४८ देखि हालसम्म पार्टी र सरकारको उच्च तहमा निरन्तर हुनुहुन्छ। तर, भोलिको कांग्रेस हाँक्ने दृष्टिकोण खै? सच्चिनै नसक्ने नेताको रिटायर्ड र सच्चिने, सच्चिन तयार हुनेहरूका लागि हो यो महाधिवेशन।
आगामी महाधिवेशनमा आउने प्रतिनिधि हिजोका जस्ता नेताले हामी मिल्यौँ भनेर मञ्चबाट हात हल्लाउँदासाथ घरतिर लाग्ने प्रकृतिका हुने छैनन्। केहीलाई छाडेर भोलिका प्रतिनिधि दृष्टिकोणका आधारमा मतदान गर्दै नीतिमै अल्मलिएको कांग्रेसलाई वैचारिक स्पष्टता दिन सक्ने नेतृत्व चयन गर्ने क्षमता राख्ने नै आउने छन्। अहिलेकै नेतृत्वको भरोसा नभएर होला युवा पंक्ति भन्न थालेका छन्, 'कांग्रेस युवा पुस्तालाई आकर्षित गर्न नसक्ने बूढाहरूको पार्टीमा रूपान्तरण हुँदैछ।' ऊर्जाशील युवा पुस्ताले पनि अब सोच्न जरुरी छ, विवेक पुर्या उन नसक्ने, नीति र सिद्धान्तप्रति अस्पष्ट र ऊर्जाशील युवा केन्द्रित कार्यक्रमसमेत दिन नसक्नेको हातमा पार्टी सुम्पेर कसरी गतिशील कांग्रेस पाइन्छ? गतिशील कांग्रेसका लागि गतिशील नै नेतृत्व चयन जरुरी छ।
नेताको उदय संकटका बेला हुन्छ। मुलुकलाई केन्द्रबिन्दुमा राख्ने नेतृत्व चयन आजको आवश्यकता हो। कांग्रेसभित्र सैद्धान्तिक मतभिन्नता छैन। किनकि, सिद्धान्तका बारेमा यो पार्टीमा लामो समयदेखि छलफल नै हुन छाडिसक्यो। सैद्धान्तिक मतभिन्नतालाई संवादमार्फत् पनि साम्य पार्न सकिने सम्भावना हुन्छ। तर, व्यक्तिगत मतभेदको अन्तिम परिणती पार्टीको फुट हो भन्ने यथार्थ कांग्रेस कार्यकर्ताले भोगेकै विषय हो। नेपालको राजनीतिक फाँटमा नेपाली कांग्रेस एउटा त्यस्तो शक्ति हो जसलाई प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि हुन्छ। त्यो शक्तिलाई जोगाउने दायित्व नेतृत्वको हो। र, नेतृत्व चयनको जिम्मा देशभरका कांग्रेसद्वारा चयन गरिएका प्रतिनिधिको हो। १३ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज कांग्रेस छ। महाधिवेशन विधि पुर्याेउने एउटा पद्धति हो, त्यतिबेला कार्यकर्ताले राम्ररी विवेक पुर्यानउनुपर्ने हुन्छ। विवेक नपुर्यािउने हो भने भोलिको कांग्रेस पनि थोत्रो दराजमा थन्किन पुग्ने छ। कांग्रेस सच्चिने र कार्यकर्ताले पनि सही नेतृत्व चयन गरेर सच्याउने अवसर तेह्रौँ महाधिवेशनले दिएको छ।
अन्त्यमा
इतिहासको लामो कालखण्डमा सायदै अहिलेको जस्तो चुनौतीको सामना कांग्रेसले कहिल्यै गर्नुपरेको थिएन। हरेक चुनौतीको सार्थक ढंगले सामना गर्ने सामर्थ्य राख्ने कांग्रेससामु अब पार्टीको नेतृत्वमा को आउँछ अर्थात् कांग्रेस कसले हाँक्छ भन्ने नै मुख्य सवाल रहेको छ। पार्टी महाधिवेशन भनेको पार्टीको भविष्य निर्माण गर्न सक्ने नेतृत्व चयनको अवसर पनि हो। नेतृत्व चयनका बेला महाधिवेशन प्रतिनिधिको माला पहिरिएर हलमा पुग्ने कांग्रेसजनले विवेकसम्मत निर्णय लिन सक्नुपर्छ। सत्ताको झलझली सपना देख्ने कथित नेतृत्वले कार्यकर्ताको मतलाई प्रभावित बनाउने खतरा पनि उत्तिकै छ। आफ्नो मूल्यांकन भएन भनेर चोक–चौतारोमा रातदिन भट्याउने नेतालाई कार्यकर्ताले नेतृत्व चयनका समयमा विवेक पुर्या एर ठेगान लगाउनुपर्छ कि पर्दैन? आसन्न महाधिवेशनको यक्षप्रश्न यही नै हो।
महासमिति सदस्य, नेपाली कांग्रेस
प्रकाशित: २४ मंसिर २०७२ २०:२३ बिहीबार