४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
विचार

सामाजिक अध्ययनको औचित्य

सामाजिक अध्ययन पढेर गर्ने र पढाएर गराउने विषय हो। सामाजिक अध्ययनमा भूगोल, इतिहास, राजनीति शास्त्र, र अर्थशास्त्रका विषयको अभ्यास गराइन्छ। सामाजिक अध्ययनले सबै विषयमा विशेषज्ञता हासिल गर्न प्रोत्साहित पनि गर्छ।विद्यालय शिक्षाको पाठ्यक्रममा सामाजिक शिक्षाका विभिन्न विषय समेटिएका हुन्छन्। यसमा हामी, हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधार, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता , सामाजिक समस्या र समाधान , नागरिक चेतना , हाम्रो पृथ्वी, हाम्रो विगत, आर्थिक क्रियाकलाप र अन्तर्राष्ट्रिय सम्बन्ध , शान्ति र सहयोगजस्ता राष्ट्रिय हितका मानवउपयोगी विषय समावेश गरिएका हुन्छन्।

क्षेत्रीय विकास र आयोजनाले समानुपातिक विकासमा सहयोग पुर्यायउँछन्। सामाजिक अध्ययनमा विद्यार्थीहरू आआफ्ना क्षेत्रका विकास योजनाका अध्ययनमा संलग्न हुन्छन्। तिनलाई संलग्न गराउनु सामाजिक अध्ययनका शिक्षकको दायित्व हो। सामाजिक अध्ययनका शिक्षकले पाठ्यपुस्तकमा भएका विकास क्षेत्र र आयोजना पढेर कण्ठ गर्न लगाउने होइन। बरु आआफ्ना ठाँउका विकास आयोजनामा सहयोग पुर्यारउन लगाउनु हो। विद्यार्थीका प्रश्नपत्रमा घोकेर लेख्ने किसिमका प्रश्न सोधिदिनाले पनि अहिले केही समस्या उब्जिएको देखिएको छ। सामाजिक अध्ययनका प्रश्नकर्ताले 'कुल विकास आयोजनामा विद्यार्थी स्वयंले कसरी सहयोग पुर्या।यो र त्यसको उपलब्धि के भयो ' भन्नेजस्ता प्रश्न सोध्नुपर्छ।

हाम्रा पुर्खाले सामाजिक अध्ययनको सन्तुलित प्रयोग गरेको हुनाले नै अपराध कम हुनेगर्थ्याे। तिनीहरू अहिलेका जस्ता विशेषज्ञता हासिल गरेका विशिष्ट विद्वान् थिएनन् तर उनीहरूले सामाजिक अध्ययनको प्रयोग गर्न जानेका थिए। त्यसैले समाज समृद्ध र अनुशासित थियो।

नेपालमा प्रजातन्त्र आएको पचास वर्षपछि विद्यालय स्तरमा सामाजिक अध्ययन लागु गरियो। यसमा विद्यार्थीलाई आफ्ना घरभित्र, बाहिर र समुदायमा भएका राम्रा कुराको अभ्यास गर भनी प्रयोग गर्न निर्देशित गरिएको छ। तर पाठ घोकाउने, कण्ठ गराउने र त्यसै किसिमका प्रश्न सोध्ने अभ्यासले गर्दा सामाजिक अध्ययनले अपेक्षा गरेको उद्देश्य पूरा हुनसकेको छैन। शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला प्रशिक्षित नभएकाले यसको पठनपाठन परम्परागतरूपमै भइरहेको हो्। प्रारम्भमा यसको पाठ्यक्रम र पाठ्यपुस्तकमा विषयवस्तु कम र क्रियाकलाप बढी बनाइएका थिए। तर विषयवस्तु थोपर्ने पुरानो र अवैज्ञानिक प्रवृृत्तिले गर्दा सामाजिक अध्ययन कठिन विषय बन्दै गयो। यस विषयमा विद्यार्थीले कम अङ्क पाउने र परीक्षामा अनुत्तीर्ण हुने प्रवृत्ति बढ्दैगएको छ। यसबाट सामाजिक अध्ययन शिक्षणका उद्देश्यमाप्रतिकूल प्रभाव पर्दै गएको छ्।

अहिले सामाजिक अध्यययनको सान्दर्भिकता र औचित्य अझै बढ्न गएको छ। भावी पुस्तालाई अहिलेदेखिनै सामाजिक अध्ययनमा प्रशिक्षित गर्न नसके हाम्रो भविष्य सुखद बन्दैन। त्यसैले समयमै सामाजिक अध्ययनमा हाम्रा बालबालिकालाई अभ्यास गराउँदै जानुपर्छ।

शिक्षा मन्त्रालयले आफ्ना व्यावसायिक विद्यालयहरूमा सामाजिक अध्ययनलाई अझ बढी व्यावहारिक बनाउनु पर्छ। अन्यथा हाम्रो काष्ठकला र पुरातत्वका वस्तु इतिहासका पानामा सीमित रहने र एकादेशका विषय बन्न जानेछन्। केही वर्ष अघिसम्म हाम्रा बालबालिकाले संविधान सभामा गएर संसद्को गतिविधि अवलोकन गर्नेगर्थे। त्यसैले संसद् र विद्यार्थीमा सकारात्मक प्रभाव पर्नगएको थियो। सामाजिक अध्ययनमा यस्तो अभ्यासलाई निरन्तरता दिनु पर्छ। त्यसपछि मात्र असल नागरिकको कल्पना सार्थक हुनसक्छ।

वैज्ञानिक , चिकित्सक वा जुनसुकै प्राविधिक वा अप्राविधिक विषय पढे पनि सामाजिक अध्ययनको अभावमा शिक्षाको उद्देश्य पूरा हुनसत्तै्कन। सामाजिक अध्ययन खोजमूलक विषय हो। यसमा विद्यार्थीले अध्ययन अनुसन्धान गरेर राष्ट्रको निम्ति उपयोगी सामग्री प्रस्तुत गर्ने गर्छन्। यसको निम्ति शिक्षक, अभिभावक, विद्यालय प्रशासन र सरोकारवाला सबै यस विषयप्रति सकारात्मक हुनु जरुरी हुन्छ।

प्रकाशित: २७ फाल्गुन २०७१ २२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %