नेपालको वातावरण दिवसको सन्दर्भ पारेर तय गरिएको नारा भने 'हिमाल बचाऔं, वातावरण जोगाआँै' भन्ने छ। यो नारा नेपालको भौगोलिक, धरातलीय र जलवायुको दृष्टिकोणले निकै नै सान्दर्भिक छ। यहा“ हिमाल र हिमाली भेग पर्यायवाची शब्द हुन्, जब हिमाली भेग जोगिन्छ तबमात्र हिमाल जोगिनेछ। नेपालको हिमाली भागमा अतुलनीय प्राकृतिक स्रोतको खानी छन् त्यसैले हिमाल जोगाउन हिमाली भेग जोगाउनु हामी सबैको संकल्प हुनुपर्छ। हिमाली भेग नेपालको ढुकुटी हो। यहा“ वनजंगल, जल, जडीबुटी, जराजुरी, जनावर, खनिजको अथाहा सम्पत्ति छ। साथै प्राकृतिक सौन्दर्यको खानी सेता हिमाली शिखर जुन पर्यटकीय दृष्टिकोणबाट संसारकै सम्भावना बोकेको गन्तव्यस्थल बन्न सक्नेछ। संसारकै अग्लो शिखर सगरमाथा रहेको यस क्षेत्र अफगानिस्थान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार पाकिस्तानलगायत नेपालसहित आठ देशमा लगभग २४०० कि. मी. लम्बाइमा फैलिएको छ। तर यसको क्षेत्रफलको ठूलो हिस्सा भने नेपालमा नै छ। जैविक विविधता रहेको यस हिमाली भेगमा अहिले जलवायु परिवर्तनले पनि असर पारेको छ। हिउ“ले ढाकिएका सेता भाग काला पत्थर बन्दै गएका छन्। अन्ततोगत्वा पानीको आयतन बढेर समुद्री सतह दिनदिन बढिरहेका छन् भने सामुद्रिक तटीय र द्वीपहरु कालान्तरमा खतरा र डुबानमा पर्ने स्थिति देखिन्छ।
वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसँग अन्तरसम्बन्ध हुन्छ। यो कुरा हामी पत्रपत्रिका पढ्न सक्नेे मानिसले बुझ्न र बुझाउनु जरुरी छ। चाहे त्यो भूमध्य रेखाका इथोपिया होस्, चाहे उत्तरी गोलार्द्ध नर्वे नै किन नहोस्, संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले अरु भागमा कालान्तरमा पृथ्वीको भूभागमा असर पार्छ। समुद्री सतहबाट बहने मनसुनी वायु हाम्रो हिमाली क्षेत्रमा आएर हुने वर्षा, हिउ“ले भरिएका अन्टाटिकालगायत हिमाली भागका कारण हुने तापको सन्तुलन आदि प्रत्यक्ष नै यिनीहरुको अन्तरसम्बन्ध छ। अहिले विश्वमा चलिरहेको कार्बन उत्सर्जन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायु समेटेर गरिएको वातावरणीय हिसावकिताब हो। वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वनजंगल, जललगायत प्राकृतिक स्रोत जोगाइराख्ने हो भने भविष्यमा हाम्रो देश पर्यावरणीय सेवा दिनेमा पर्छ। त्यसैले यो अनुदान पाउन योग्य बन्नेछ। यो हामी नेपालीका लागि गौरवको कुरा हो।
विकसित देशहरुले गरेका वातावरणीय उद्देश्य निकै नै सराहनीय छन्। उनीहरु वातावरण, पर्यावरण र जलवायु परिवर्तनसम्बन्धी निकै नै संवेदनशील छन्। विकसित राष्ट्रका वातावरणीय मुद्दाहरुको अर्थशास्त्रीय तथ्यांक हेर्दा उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्बन उत्सर्जन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन्। अर्कोतर्फ वातावरणीय प्रदूषणका कारण उनीहरु निकै नै चिन्तित छन्। त्यसैले खोज र अध्ययनमा उनीहरुको आर्थिक र राजनीतिक लगानी निकै नै ठूलो छ। उनीहरुले आफ्ना कार्य तर्जुमा, एजेन्डा र उद्देश्य नियालेर र केलाएर हेर्नुपरेको छ। यी राष्ट्र गोलमेच सम्मेलन साथै वातावरणमैत्री हुने किसिमले उद्देश्य र खाका प्रस्तुत गर्न निकै आतुर छन्। आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरुबाट सैद्धान्तिकतवरले व्यावहारिकमा परिणत गराउन उनीहरु निकै नै कस्सिएका छन्। यो सन्दर्भमा भने हामी नेपाली आजको दिनसम्म निकै नै व्यवस्थित छौँ। तर बदलिँदो अस्थिर राजनीतिक परिवेशले गर्दा हामीले केही दशकयता प्राकृतिक स्रोतको निकै नै क्षयीकरण र विनास गरिराखेका छौँ। नदीनालाको पानीको सतह अंकगणितीयरूपमा घटेका छन् भने वनजंगल, पशुपन्छी र जनावर अनि कृषि भूमिको नास ज्यामितीयरूपमा भइरहेका छन्। अव्यवस्थित भवन, बस्ती सडक र सहरहरु डरलाग्दो किसिमबाट अव्यवस्थितरूपमा बढेका छन्।
डलर खर्चेर गरिएका सेमिनार गोष्ठी र सहरकेन्द्रित कार्ययोजनाहरुले नेपालको वातावरणीय विकृति रोक्न सकेका छैनन्। वातावरणको नाउ“मा गरिएका विध्वंश, भ्रष्टाचार एकातिर छन् भने चिल्ला कागजमा तयार पारिएका प्रतिवेदन अर्कोतिर छन्। जो पढ्ने फुर्सद नै कसैलाई छैन। त्यसैले तारे होटलमा ठूलो रकम खर्चेर भन्दा सानो कामको सुरुवात गर्नु नै बुद्धिमानी हुनेछ। शिक्षालयहरुमा वातावरणसम्बन्धी सामग्री पढाएमा पनि निकै राम्रो हुने देखिन्छ। नत्र वर्षमा एक दिन वातावरण दिवस मनाएर मात्रै हुँदैन, आत्मीयताबाट नै समाधान हुने कुरा हुन् यी। त्यसैले आजैबाट प्रण गरौँ कि वातावरणसम्बन्धी सोचौँ, बुझौँ र बुझाऔँ। यो नै वातावरण संरक्षणको अभियान हुनेछ। हामीले वातावरण दिवसका नाउ“मा गरिएका क्रियाकलाप धेरै पैसा खर्च गरेर प्रचारप्रसार गर्नुको अर्थ छैन। जुन वातावरणीय समस्या अप्रत्यक्षरूपमा देखिएका छन् र ती भयानक पनि छन्, तिनीहरुका समस्याको समायोजन र रोकथामको उपायतिर लाग्नु नै वेश हुनेछ। नत्र भने विश्व वातावरण दिवसको नारा हुबहु नक्कल गरेर धेरै पटक जप्दैमा यो दिवस सार्थक हुँदैन। उद्देश्य बनाउन मुस्किल हुँदैन तर यसलाई सार्थक बनाउन मुस्किल छ। हाम्रो जस्तो अस्वाभाविक धरातल र अस्थिर राजनीतिका कारण पनि यो क्षेत्रमा हामी अझ बढी सक्रिय हुन जरुरी छ।
प्रकाशित: २१ जेष्ठ २०७१ २१:३० बुधबार

