जुगलकिशोर बौद्धले आफ्नो पुस्तक ‘राजगृह’ मा उल्लेख गरेका छन् कि विम्बिसारको प्रथम भेटमा आफ्नो परिचय दिँंदै सिद्धार्थले भनेका थिए– “मेरो नाम सिद्धार्थ हो। हिमालय (हिमवन्त) को तराईमा एउटा जनपद छ। त्यहाँ कोसल देशबासी ऋजुस्वभावका राजा छन्, जो धन र पराक्रमले युक्त छन्। उनी सूर्यवंशी र शाक्य जातिका हुन्।” पालीमा लिखित ‘महावंश’ मा उल्लेख छ– “महामुनि (बुद्ध) महासम्मत राजवंशका थिए। यस महासम्मत वंशले कसया (कुसीनगर उ.प्र.), अयोध्या, वाराणसी, कपिलवस्तु, हस्तिनापुर, विदेह, मिथिला, राजगृह (पटना), एकचक्खु, वजिरा, मथुरा, अरिठ्ठपुर, इन्द्रप्रस्थ, कौसम्बी, कर्ण गोच्छ, रोजनगर र चम्पामा राज्य गरेका थिए। मखादेवका वंशमा ८४ हजार राजाले मिथिलामा राज्य गरेका थिए। यस्तै कपिलवस्तुको शाक्य राज्यमा राजा ओक्काकाका जेठा पुत्र ओक्कामुख (उल्कामुख) राजा बने। त्यसपछि उनका ८२ हजार सन्तानले कपिलवस्तु राज्य गरे, अन्तिम राजा जय सेन थिए।” कपिलवस्तुमा गौतम बुद्धभन्दा पहिले २७ वटा बुद्ध जन्मिसकेका छन्। तर भर्खर ५–६ हजार वर्षअघि मात्र सिन्धुघाटी छिरेका मधेसीले अवध, मगध, विदेह, मिथिला, कपिलवस्तु हाम्रो हो भन्न कसरी सकिरहेका होलान् ?
ब्रायन हड्सनले कुनै पनि जातिमा औलो अवरोधी क्षमता विकास गर्नका लागि त्यो जाति निरन्तररूपमा कम्तीमा ३ हजार वर्षसम्म औलोग्रस्त क्षेत्रमा बसोबास गरेकै हुनुपर्छ भनेका छन्। औलो अवरोधी क्षमता थारूमा छ। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार ‘थारू’ स्थान बोधक शब्द हो। ‘थर’ र ‘तर’ समानार्थी शब्द हुन्। ‘तर’, ‘तराई’, तलहटी एकै अर्थ दिने विभिन्न प्रत्ययबाट बनेका शब्द हुन्। ‘तर’ शब्द संस्कृत र फारसी दुवै भाषामा प्रयोगमा आएका छन्। दुवै भाषामा यो शब्दले पानी–पानीले भिज्ने अर्थ दिन्छ। सबै किसिमले हर्दा थारू यस्तो प्रजाति हो, जो पानीले भिजिरहने ‘तर’ तराई वा धापिलो भूमिमा बस्ने गर्छ।
भारतमा अहिले मध्य प्रदेश त छ तर त्यो हिन्दु धर्मावलम्बी मात्र रहेको ‘मनुस्मृति’ ले निर्धारण गरेको ‘मधेस’ होइन। अहिले भारतमा मधेस कहीँ छैन किनभने भारतमा धर्म निरपेक्ष राज्य स्थापना भइसकेको छ। अहिले नेपालका मधेसीहरूले नेपालको मध्य भागलाई होइन, नेपालको दक्षिणी भागमा पर्ने तराईलाई चिटिङ गरेर मधेस हो भनिरहेका छन्। केही लाल बुझक्कड मधेसीहरूले बुद्धिष्ठहरूको चारिकाका लागि स्थापना गरिएको ‘मज्झिम निकाय’लाई समेत हिन्दु धर्मावलम्बीहरूको मधेस हो भन्न पछि परेका छैनन्। यसर्थ ‘मनुस्मृति’ का आधारमा हिन्दुवादी मधेसीहरूको ‘मधेस’ कहाँ हो भनेर बुझ्न जरुरी छ।
‘मनुस्मृति’ द्वितीय अध्यायमा उल्लेख गरिएको छ–
हिमवद्विन्ध्ययो मध्ये यत्प्राग्विनसनादपि।
प्रत्यगेव प्रयागाच्च मध्यदेसः प्रकीर्तितः।।२३।।
अर्थात् हिमालय र विन्ध्याचल पवर्तहरूका बीच, सरस्वती नदीभन्दा पूर्व र प्रयाग (इलाहावाद) भन्दा पश्चिम जुन देश स्थित छ त्यसलार्ई मध्यदेश (मधेस) भनिन्छ।
आसमुद्रातु र्वे पूर्वादासमुद्राच्च पसिचमात्।
तयोरेवान्तरं गिर्याेरार्यावत“ विदुर्बुधाः।।२४।।
अर्थात् पूर्वी समुद्र (बंगाल खाडी) एवं पश्चिमी समुद्र (फारस खाडी) सम्म र दुवै पर्वतहरू हिमालय तथा विन्ध्याचलको मध्यस्थित प्रदेश छ जहाँ विद्वज्जनहरू निवास गर्छन् त्यो स्थानलाई आर्यावर्त भन्छन्।
उपरोक्त मनुस्मृतिको श्लोकबाट के बुझिन्छ भने इलाहावादभन्दा पश्चिम अर्थात् दिल्ली वरपरस्थित जुन देश छ त्यसलाई मध्य देश÷मधेस भनिन्छ र त्यहाँका बासिन्दालाई ‘मधेसी’ भनिन्छ। त्यहाँ विद्वजनहरू निवास गर्दैनन्, अनार्थहरूले मात्र निवास गर्छन्। मध्य देशभन्दा बाहिरको भागलाई ‘आर्यावर्त’ भनिन्छ र त्यहाँका बासिन्दालाई ‘आर्य’ भनिन्छ, मधेसी भनिँदैन। त्यहाँ विद्वजनहरू मात्र निवास गर्छन्।
बुुद्धले हिन्दुका प्रचलित मान्यता त्याग गरेका थिए। बुद्धले सदैव अमर आत्मा, परमात्मा, स्वर्ग, नरक, आवागमन, कर्मफल, यज्ञवाद तथा ब्राह्मण वादमा विश्वास गरेनन् तथा यिनीहरूलाई झुट र असत्य भने। बुद्धले वेद, उपनिषद् र ब्राह्मण ग्रन्थहरूको मान्यतासमेत मानेनन्। उनले म ईश्वरको अवतार होइनसमेत भनेका छन् भने उनका सन्तान र धर्मावलम्बी हिन यानी थेरवादी (स्थविर) जनजाति थारूहरू कसरी कट्टरपन्थी, वर्णवादी, जातिवादी, इसवरवादी मधेसी हुन सक्छन् ?
बौद्ध वाङमयमा ल्केसहरूबाट सर्वथा टाढा रहनेहरूलाई ‘आर्य’ भन्छन् र सबै प्राणीहरूका लागि परम् हितकारी एवं कल्याणकारी वचनलाई सत्य भन्छन्। गौतम बुद्धको उपदेशअनुसार आर्य भनेको उत्तम, पवित्र र सत्य अर्थात् जहिले पनि सत्य अथवा सही सावित भइरहने, निर्मल चित्त भएको व्यक्तिलाई ‘आर्य’ बुझाउँछ। बहुजन हिताय र बहुजन सुखायको भावना भएको व्यक्तिलाई आर्य भनिन्छ। ज्ञानवान, प्रज्ञावान, सिलवान व्यक्तिलाई ‘आर्य’ भनिन्छ। अंग्रेजीमा आर्यलाई ‘नोबल’ भन्छन्। जुन व्यक्ति अति चरम सिमा कामसुख र शरीरलाई अति कष्ट दिएर तपस्या गर्ने कार्य त्यागेको हुन्छ त्यसलाई आर्य भन्छन्। जुन व्यक्ति ठीक धारणा, ठीक विचार, ठीक बोली, ठीक कर्म, ठीक आजीविका, ठीक प्रयत्न, ठीक स्मृति, ठीक एकाग्रता अर्थात् आर्य अस्टाङ्गिक मार्ग अपनाएको छ त्यसलाई आर्य भनिन्छ। जुन व्यक्तिले संसारमा दुःख छ भन्ने कुरा बुझेको छ, दुःखको कारण, त्यसबाट छुटकारा पाउने उपाय र मार्ग अर्थात् चार आर्य सत्य बुझेको छ त्यसलाई ‘आर्य’ भन्छन्। चार आर्य सत्यलाई जान्नेलाई ‘बुद्ध’ भनिन्छ भने त्यसको विपरीत चार आर्य सत्य नजान्नेलाई ‘बुद्धु’ भनिन्छ। चार आर्य सत्य प्राप्त गर्ने अथवा मुक्त हुनेलाई ‘आचार्य’ भनिन्छ। थारूहरू ‘आर्य’ हुन् र साथै ‘आचार्य’ हुन्। कौटिल्य (चाणक्य)ले आफ्नो अर्थशास्त्रको पुस्तकमा ‘आर्य’ शब्दको राजनीतिक शब्दावलीमा ‘नागरिक’ को अर्थमा प्रयोग गरेका थिए। यसबाट के बुझिन्छ भने आर्यावर्तमा आदिवासी नागरिकहरूको बसोबास छ भने मध्य देशमा अनार्य अर्थात् बाहिरबाट बसाइँ सरी आएका अनागरिक÷आप्रवासी मधेसीहरूको बसोबास रहेको बुझिन्छ। स्मरण रहोस्, सन् १९४७ सम्म मधेसीहरू अंगे्रजी नागरिक थिए। १९४७ अर्थात् ६७ वर्ष पहिले भारत स्वतन्त्र भएपछि मात्र मधेसीहरू भारतीय नागरिक बन्न पुगेका हुन्।
आर्यावर्तका बासिन्दा विपरित मध्यदेशका बासिन्दाले चाँर आर्य सत्ता बुझेकै छैनन्, आर्य अष्टाङ्गी मार्ग अपनाउँदैनन्, बुद्धका उपदेश बुझेकै छैन, त्यसैले उनीहरू बुद्ध धर्मको विरोध गर्छन्। बुद्ध ग्रन्थ जलाउँछन्, वर्ण व्यवस्था जातपात, छुवाछुत, उचनीचको भावना राख्छन्। दुष्ट चित्त भएका छन्, बहुजन हिताय र बहुजन सुखायको भावना राख्दैनन्। यज्ञमा मानव बलि दिन्छन्, सुरा–सुन्दरीमा लिप्त हुन्छन्। ज्ञानवान, प्रज्ञावान, सिलवान छैनन् यस्ता व्यक्ति मध्यदेशमा बसोबास गर्छन् भन्ने मनुस्मृतिकारहरूको धारणा छ। उदाहरणका लागि हेरौं काठमाडौंको फुटपाथमा माग्ने लुला, लङ्गडा, लफङ्गा, अन्धा, नङ्गा, माग्नेहरू, चोर चण्डाल, बगलीमारा, अपराधीहरू सबै मध्यदेशका उत्पादन हुन्। थरुहटको यस्तो उत्पादन एक जना पनि फेला पार्न सकिँदैन अनि थारू र मधेसी कसरी एउटै हुन सक्तछ ?
लेखक– नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरूको प्राचीन इतिहास र संस्कृति, हिडन ट्रेजर अफ दि लो ल्यान्ड नेपाल
प्रकाशित: २१ वैशाख २०७१ २१:५० आइतबार

