१ जेष्ठ २०७८ शनिबार
विचार

बचाउनुपर्छ परम्परागत कृषि प्रणाली

नेपाल कृषिप्रधान देश भनिए पनि कृषिजन्य पदार्थ सधैँ बाहिरबाट निर्यात हुनु दुर्भाग्य हो। परम्पराकालदेखि नेपाल यथार्थमा कृषि क्षेत्रमै आत्मनिर्भर हुने भूमि नै हो। आधुनिक विकास र प्राविधिकरूपमा तल परे पनि परम्परागत कृषिजन्य उत्पादनमा विश्वकै सर्वश्रेणीमा पर्छ।

तर आधुनिक कृषि प्रणाली र बाह्य उपभोक्तावादी छिटोछरितो र बढी उब्जनीका नाममा नयाँखालको प्रविधि ल्याए पनि त्यसले दीर्घ कालीनरूपमा आधुनिक मलले ऊर्बरा भूमिकेही समयका लागि योग्य देखिए पनि त्यसले दीर्घकालीन असर परेको देखिन्छ। खासगरी नेपालको माटो संसारभरिको जुनसुकै वस्तु उत्पादनमा पनि फलदायी छ। विडम्बना हाम्रो राज्ययन्त्रले कृषिमा धेरै लगानी गरेको छ। तर त्यसलाई कहाँ/कस्तो माटो, जमिन चाहिन्छ भन्नेबारेखासै अध्ययन गरेको देखिँदैन।

विदेशीको अनुदानमा प्राप्त सहयोग बालुवामा पानी हालेजस्तै छ किनभने नेपालको सबै पेटेन्ट राइट विदेशीले लिइसकेका छन्। म कर्णालीस्थित हुम्लाको बासिन्दा भएको नाताले केही उल्लेख गर्न चाहन्छु। कर्णालीमा भोकमरी भएको खबर बेलाबेलामा राष्ट्रिय सञ्चार माध्यममा आउँछ तर त्यसो होइन। इतिहासको कालखण्ड हेर्ने हो भने हुम्लाको मार्सी चामल, सिमीको दाल आदि राणाले धेरै खान्थे। तर म कृषिको विद्यार्थी भएको नाताले त्यहाँ कृषकले रैथाने बिउ गुमाउँदै गएका र आधुनिकीकरणका नाममा परम्परागत बिउ र मह छाड्दै गएको देखेको छु।

उनीहरूले लगाउने गरेका आधुनिक बिउबाटएकपटक बाली उब्जनी हुने तर दोस्रोपटक सुक्खा हुने भएकाले रैथाने बिउविजन संकटमा पर्दै आएका छन्।यस्तो अवस्थाले खेतीयोग्य क्षेत्रमा पनि ह्रास आएको छ। सबभन्दा महत्वपूर्ण कुरा के छ भने हाम्रा युवायुवतीबढी पैसा कमाउन र सहर बसी मोज गर्न आफ्नो थलोबाट पलायन हुँदैछन्। त्यसैका लागि विदेश पलायन हुने, आफ्नो क्षेत्रमा केही नगर्ने र हिमाल–पहाड–तराईका धेरै भूभाग बाँझै राख्ने गरेका छन्।म साधारण कृषिको विद्यार्थीको हैसियतले लेख्नुपर्दा नेपाल अहिले पनि भोकमरीयुक्तछैन। नेपालको वस्तुगत अवस्था हिमाल–पहाड–तराई छ। हिमालमा के फल्छ, के खेती हुन्छ, त्यो त्यस क्षेत्रको हावापानी र मौसमअनुसार हुन्छ। त्यसैगरी पहाड र तराईमा के हुन्छ भन्ने कुरा पनि त्यो क्षेत्रगत र हावापानीमा भर पर्छ।  

नेपाल गरिब छ भन्नेहरूलाई जवाफ दिन चाहन्छु– नेपालीहरूका कुनै घर छैनन् जहाँ भेडा, बाख्रा,गाई, भैँसी, कुखुरा, सुंगुर आदि नभएमका होउन्।अझ घर।जमिन नहुने त एकदमै कम होलान्। सुविधामा फरक होला तर दुर्गम गाउँबस्तीमा पनि कुनै नेपाली गरिब छैन। नेपालीलाई गरिब बनाउने हात राजनीतिक सेरोफेरोमा जोडिएको छ। आफ्नो देशको उत्पादनमा ध्यान नदिनु र आत्मनिर्भरता प्राथमिकतामा नपर्नु तथा सानोदेखि ठूलोसम्म कुटिर उद्योगहरू विकास नगर्नु नै हाम्रो कमजोरी हो।  

विशेषतः सन् १९४३ को बंगाल (बंगलादेश) मा भोकमरी छाएका बेला नेपालले खाद्यान्न सहयोग गरेको थियो। यसैगरी सन् १९६१ मा ठूलो मात्रामा भारतलाई खाद्यवस्तु निर्यात गरेको थियो।अहिले भने उल्टैनेपालले बंगलादेशबाट मल ल्याउने र भारतबाट खाद्यान्न आपूर्ति गर्ने अवस्था सिर्जिएको छ। यो भन्दा विडम्बनापूर्ण स्थिति अरू के हुन सक्छ ? यो अवस्था भनेको सबै वस्तुमा परनिर्भरता निम्त्याउने र आफ्नो देशको आत्मनिर्भरतालाई माइनस गर्ने कुरा हो। मैले उठान गर्न खोजेको कुरा के हो भने मानव जीवनमा नभई नहुने खाद्यान्न, पानी वनस्पति र हावा हुन्। अझ खानका लागि खाद्यान्न छैन भने मानिस अनेक किसिमका रोगबाट ग्रसित हुन्छ।अहिले जे/जति खाद्यान्न पदार्थ छन् सब बेसाइएका छन्। आफ्नै उत्पादन नभएपछि त्यसमा पूरा विश्वस्त हुन सकिने कुरै भएन।

विश्व इतिहास हेर्ने हो भने दक्षिण अफ्रिकाको जंगलमा हरेक किसिमका फलफूल मात्र हुन्छन्। तर त्यसको फाइदा उठाउने उद्देश्यले अमेरिकीहरूको दक्षिण अफ्रिकी मुलुकको प्राकृतिक स्रोत खानी एवम् खनिजको लडाइँमा आज ठूलो द्वन्द्व भइरहेको छ। त्यस्तै दक्षिण एसियाको कुरा गर्ने हो भने तिब्बत, जम्मु काश्मीर, भुटान एवम् हाम्रो देश नेपालमा हरेक किसिमका जैविक वनस्पति एवम् कृषिजन्य पदार्थ सबभन्दा बढी हुन्छ तर पनि किन हामी गरिबमा गनिन्छौँ। हाम्रो उत्पादन किन माइनस भयो भन्ने कुरामा हामीले जानकारीराख्नु जरुरी छ। जुनरूपमा विश्व वातावरणमापरिवर्तन आएको छ,त्यसबाट मानव जीवनको स्वास्थ्यमा आएको असरले हाइजेनिक खाद्य पदार्थलाई नै असर पु¥याउँछ।बेसाइएको कृषिजन्य जुनसुकै वस्तु हुन् तिनीहरूलाई प्रमाणित गरेर मात्र प्रयोग गर्नु उचित हुन्छ।  

अहिले विश्वमैकृषिजन्य वस्तुको उत्पादन र गुणस्तरको विषयमा चासो बढेको छ। कृषिलाई दिगो र भरपर्दो बनाउने चुनौती देखिएको छ। दिगोपन र कृषिजन्य पदार्थ बढाउन परम्परागत कृषि प्रणाली उत्तम ठहरिन्छ। तर अहिले नेपाल, भारत र बंगलादेशको तुलना गर्दा नेपाल आत्मनिर्भरताबाट परनिर्भर हुँदै गएको छ। हाम्रो देश कृषिप्रधान भने पनि यहाँ समस्त युवा मेनपावरमार्फत विदेशिनु र गाउँघरमा जग्गा बाँझो हुनु सामान्य भएको छ।त्यसैगरी राज्यले कृषि क्षेत्रमा ठूलो लगानी गरे पनि त्यसको नतिजा राम्रो नआउनु भनेको परम्परागत स्वास्थ्यवद्र्धक कृषि प्रणालीमा जोड नदिएको देखिन्छ। अझ स्पष्ट भन्ने हो भने हाम्रो हावा, पानी र माटोको उचित मूल्याङ्कन गरी त्यसको उचित व्यवस्थापन गर्ने विधि प्रयोगशाला र अनुकूल स्थान खोजी उन्नत बिउविजन प्रयोग गरी कृषिजन्य पदार्थलाई अगाडि बढाउन सकिन्छ।  

तराईमा धान, तोरी, पहाडमा फलफूल र हिमालमा भेडाबाख्रा अनि चौँरी पालनलाई महत्वपूर्णरूपमा लिनुपर्छ। अहिले हामीले करोडौँ रुपियाँको तरकारी भारतबाट ल्याउनु परेको छ। त्यसलाई रोक्न सरकारले नेपाली कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याएर अगाडि बढ्नुपर्छ। अहिले कृषकलाई दिइने भनिएको सहुलियत खास किसानले पाएका छैनन्। कागजमा सीमित राखेर केही माफियाले मात्रै त्यसको फाइदालिने गरेका पाइएको छ। यसैले अब नेपाली किसानलाई प्रोत्साहन मिल्ने कार्यक्रम ल्याइ कृषि क्रान्तिमा जोड दिनुपर्छ। अन्यथा नाममात्रको कृषिप्रधान देशका बासिन्दा हुनेछौँ हामी। र, सधैँ अरू देशबाट निर्यात गर्नुपर्ने अवस्था आइरहन्छ। यसको पछाडि हाम्रो युगौँ–युगदेखि चलनचल्तीमा रहेकोपरम्परागत कृषि प्रणालीलाई लोप हुन नदिइ बचाइराख्नुपर्छ। बरु त्यसलाई समयअनुसार आधुनिकीकरण गरेर अगाडि वढाउन सकिन्छ। कृषिमा हरित क्रान्तिको सुरुवात यसरी हुनुपर्छ। (जेटिए)

प्रकाशित: ८ वैशाख २०७८ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?