५ माघ २०७८ बुधबार
विचार

कृषिमा जलवायु परिवर्तनको असर

जलवायुसम्बन्धी अधिकांश सिद्धान्तमा यो इंगित गरिएको छ कि वाष्पन वाष्पोत्सर्जन वैश्विक तापनका साथै बढ्नेछ किनकि यसले समुद्रबाट हुने वाष्पीकरण बढ्नेछ र कुल मिलाएर बढी पानी पर्नेछ। तथ्यांकहरूले वास्तवमा यो देखाउँछन् कि केही क्षेत्रमा चिस्यान त्यस भन्दा बढी भएको छ जति प्रायः हुने गथ्र्याे। तर हालैको एउटा अध्ययनले यो संकेत दिएको छ कि पछिल्लो दशकमा अस्ट्रेलिया, अफ्रिका एवं दक्षिणी अमेरिकासमेत दक्षिणी गोलाद्र्धका विशाल क्षेत्रहरूमा माटो सुकिराखेको छ जसका कारण वाष्पोत्सर्जनको दर धेरै कमी भइरहेको छ।  

जलवायु परिवर्तनको सबभन्दा बढी प्रभाव कृषि क्षेत्रमा परिराखेको छ। नेपालको अर्थ व्यवस्थाको मेरुदण्ड कृषिलाई मानिन्छ। यस्तोमा जलवायु परिवर्तनले हाम्रो अर्थव्यवस्थाका लागि पनि खतरा उत्पन्न गरिराखेको छ। कृषिको उत्पादकता पूर्णरूपमा मौसम, जलवायु तथा पानीको उपलब्धतामा निर्भर हुन्छ। यिनमध्ये कुनै पनि कारण बदलिने वा स्वभाव परिवर्तनले कृषि उत्पादन प्रभावित हुन्छ। एकातिर जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमापरिराखेको छ भने अप्रत्यक्ष प्रभाव आय र अन्नको बढ्दो मूल्यसँग सम्बन्धित छ। कृषिका अन्य घटकझैँ माटो पनि जलावायुबाट प्रभावित भइरहेको छ।  

रासायनिक तत्वहरूको प्रयोगले माटो पहिले नै जैविक कार्बनरहित भइरहेको थियो अब तापमान बढ्नाले माटोको चिस्यान तथा कार्यक्षमता भइरहेको छ र माटोमा लवण बढिराखेको छ। भूमिगत जलस्तर घट्दै जानुले माटोको ऊर्बरता प्रभावित भइरहेको छ। माटो आफैँमा एउटा प्राकृतिक परितन्त्र हो जहाँ खाद्य शृंखलाका संघटक अर्थात उत्पादक, उपभोक्ता एवं विच्छेदन तीनवटै प्रक्रिया सतत् चलिरहन्छन्।

 यदि तापमान वृद्धिको वर्तनाम वृद्धि दर कायम रह्यो भने निश्चिततवरले भविष्यमा माटोको तापमान पनि वृद्धि हुनेछ। बोट बिरुवाले आफ्नो भोजन कार्बनिक पदार्थहरूको खनिजीकरण एवं सूक्ष्म जैविक प्रक्रियाहरूबाट प्राप्त गर्छन्। माटोको तापमानमा वृद्धिद्वारा सूक्ष्म जीवहरूको जैविक क्रियाशीलतामा वृद्धिका कारण कार्बनिक पदार्थहरू जैव कार्बन र नाइट्रोजनको अत्यधिक विच्छेदनले नाइट्रोजनको अक्साइड र कार्बन अक्साइड ग्यास धेरै मात्रामा उत्सर्जित हुनेछन्। त्यहीँ अर्काेतिर सूक्ष्म जीव, जैविक ऊर्जा पूर्तिका लागि अधिकतम कार्बनिक तथा नाइट्रोजन कार्बनिक पदार्थहरूको मात्रामा कमी हुनेछ जसको दूरगामी परिणाम माटोको उर्बरता तथा उत्पादकत्वका दृष्टिले भयाबह हुन सक्नेछ। जसले गर्दा बालीनालीमा कार्बनिक पदार्थको उपयोग क्षमतामा ह्रास तथा सम्पूर्ण माटोमा जैव कार्बन तथा नाइट्रोजन स्रोतमा कमी भइ बोटबिरुवा यिनको उपयोग गर्नमा असमर्थ हुनेछन्।  

यसबाहेक चीनको योगदान हरित गृह ग्यासको प्रभावमा वृद्धि एवं भूमण्डलीय तापमान वृद्धिका रूपमा हुन सक्छ।अत्यधिक वाष्पीकरणबाट खनिज जल एवं अनेक पोषक तत्वको उपलब्धता कम हुन सक्छ जसबाट माटोको उत्पादकतामा ह्रासका कारण यसको सिधा असर बालीनालीको उत्पादनमा पर्न सक्छ। वाष्पन–वाष्पोत्सर्जन त्यो प्रक्रिया हो जसद्वारा जल धरतीबाट वायुमण्डलमा पुग्छ। माटो र अन्य सतहको पानीको वाष्पीकरण तथा बिरुवाबाट वाष्पोत्सर्जन हुन्छ। वाष्पन वाष्पोत्सर्जनबाट वर्षभरिको वर्षाजलको लगभग ६० प्रतिशत वायुमण्डलमा फर्कन्छ। यसका लागि माटोको सतहद्वारा अवशोषित साथै ऊर्जाको आधा भन्दा बढी भाग उपयोग गरिन्छ। यसप्रकार यो जलचक्र ऊर्जा र कार्बनचक्रसँग जोडिएर वैश्विक जलवायु प्रणालीको एक प्रमुख हिस्सा बन्छ।

वैश्विक वाष्पन वाष्पोत्सर्जन वास्तवमा १९८२ देखि १९९० को दशकको उतरार्धबीच प्रत्येक दशकमा ७ मिलिमिटर प्रतिवर्षका दरले बढेको थियो। लाग्छ कि १९९८ मा यो महत्वपूर्ण वृद्धि रोकियो। रिपोर्टअनुसार विश्वको ठूलो भूभागमा अहिले माटो पहिलेको तुलनामा सुक्खा भइराखेको छ जसका कारण कम जल मुक्त भइरहेको छ र अन्य ठाउँमा चिस्यान बढेको छ। १९९० को दशकको उत्तरार्धलाई वर्षाको संक्रमण काल मान्न सकिन्छ जब वैश्विक वाष्पन वाष्पोत्सर्जनमा गिरावट देखिएको थियो। तर तथ्यांकहरूबाट यो संकेत देखिँदैन कि यो प्राकृतिक जलवायु परिवर्तन चक्रको एउटा अंग हो वा दीर्घकालीन वैश्विक परिवर्तनको जे भए पनि माटोमा चिस्यानको कमीले उत्पादन क्षमता कम हुनेछ तथा पृथ्वीमा यस कार्बनग्राही स्रोतमा कमीको परिणामस्वरूप वैश्विक तापमान तेज हुने सम्भावना छ।

बाली बिरुवामा भोजन बनाउने प्रक्रिया प्रकास संश्लेषणको एउटा क्रान्ति सीमा हुन्छ। केही अनुसन्धान परिणामका आधारमा वैज्ञानिकहरूको मान्यता छ कि एक सीमासम्म तापक्रम कार्बन अक्साइडको मात्रा वा सघनतामा वृद्धिको पछि लाभको सीमा पनि कम हुन सक्छ। विशेषगरी समतापीय जलवायु क्षेत्रमा जलवायु परिवर्तनद्वारा बालीनालीको सम्पूर्ण जैव भारमा वृद्धि वा दाना तथा बिउको भारमा कमी अर्थात उपजमा वृद्धिको साटो कमी तथा घाँसे बालीको फसलमा वृद्धि हुन सक्छ। यसैले होला, हामीकहाँ बेलाबेलामा हलक्क बढेको बोटमा दाना नलागेको गुनासो किसानले गर्ने गरेका छन्। कृषिविज्ञ र बिउलाई दोष दिँदै तापक्रमले तातेको वातावरणमा बोटबिरुवाको वाष्पोत्सर्जन दर जलअवशोषण दर भन्दा बढी हुनाको कारण बोटबिरुवाको तन्तुहरूमा पानी कम भइ लवणहरूको एकीकृतकरण प्रभावित हुनेछन्। यसबाहेक तातेको वातावरणमा वाष्पीकरण भइ बोटबिरुवाबाट वाष्पोत्सर्जनमा वृद्धिबाट जलवाष्पको मात्रा बढ्नाले जमिनमा पुग्ने साथै विकीरणको तीव्रता, अवधिमा कमी हुनाले बालीनालीलाई प्राप्त हुन सक्छ। जसले गर्दा उपयुक्त प्रकाशकालमा नपाउनाले बालीनालीमा वृद्धि, फूलहरूमा नपुंशकता आदि हुन सक्छ।

जलवायु परिवर्तनका कारण जलवायु क्षेत्रहरूको स्थानान्तरण हुँदा स्वाभाविकरूपले बालीनाली क्रम परिवर्तन हुन सक्छ। विश्वका ती भाग, जहाँ शरदमा शीतोष्ण जलवायुका बालीनाली जस्तै, गहुँ जौ, केराउ, चना, आलु इत्यादि बालीनाली लगाइन्छ। लाभलाई ध्यानमा राख्दै बालीनाली लिनका लागि फसल चक्रमा परिवर्तन गर्नुपर्ने हुन्छ। यसका अलावा तटीय क्षेत्रहरूमा बाढीमा जल क्रान्तिको अवस्थामा बालीनाली लगाउने तौरतरिका वा बालीनाली क्रममा परिवर्तन हुन सक्छ। यस प्रकारका परिवर्तनले क्षेत्रविशेषको जनसमुदायमा खानपान एवं खाद्य पदार्थहरू अनि उत्पादनहरूको उपभोगमा पनि परिवर्तनको सम्भावना नकार्न सकिन्न।

कार्बन डाइअक्साइडको मात्रा एवं सघनतामा वृद्धिको विशेष रूपबाट समूहको बालीनालीमा पाइने झारपात वृद्धिमा पर्नसक्छ। यिनका बालीनाली अपेक्षाकृतरूपमा अत्यधिक उमेरका हुन यस समूहका बालीनालीमा प्रतिकूल प्रभाव पार्न सक्छ। साथै समूह झारपातका पोषक तŒवहरूप्रति प्रतियोगिता बढ्न सक्छ। प्रयोगहरूबाट सिद्ध भइसकेको छ कि मकैमा बढी कार्बन डाइअक्साइडको मात्राले वेलबेहलिक नामक झारपात जलवायुप्रति संवेदन वायुमण्डलीय तातोपनका कारण झारपातका किसिम एवं तिनका आक्रामक क्षमतामा पनि वृद्धि हुन सक्छ।

कम तापक्रमका कारण शीतोष्ण जलवायुमा समतापीय झारपातहरू बढ्ने सम्भावना कम हुन्छ। यही तापमानमा वृद्धि भइरह्यो भने क्षेत्रविशेषमा यी झारपातवृद्धिको सम्भावना अरू पनि बढ्न सक्छ। कार्बन डाइअक्साइडको बढ्दो मात्रा र सघनतालाई लिएर विश्वभरि दिनकै नयाँ प्रयोग एवं अनुसन्धान गरिँदैछ। अहिलेसम्मका परिणामहरूले पत्ता लाग्छ .कि यदि सबै वर्तमान अवस्था भन्दा डेढ गुना सघनतामा मुुख्य रूपबाट समूहमा बालीनाली अर्थात धान, गहँु, चना, सरसौ, जौ, आलु, बदाम, भटमास इत्यादि बालीनालीको उत्पादनमा लगभग २०–२५ प्रतिशत वृद्धि हुन सक्छ तर समूहका बालीनाली जस्तै मकै, खास, ज्वार,वाजरा उखु इत्यादि बालीनालीको उत्पादनमा कुनै खास वृद्धि हुने सम्भावना छैन।

 तर यदि कारकहरू विशेषतः कार्बन डाइअक्साइडको सघनता वर्तमान सघनता भन्दा दुगुना र तापमान क्षमताको आधारमा बढाइदिने हो भने समूहरूको बालीनालीको उत्पादनमा क्रमशः ३० प्रतिशत कमी हुन सक्छ।जलवायु परिवर्तनले गर्दा बालीनालीको कीरा फट्याङ्ग्रा अनि रोगहरूवृद्धि हुने सम्भावना आकलन गरिँदैछ। तापनि चिस्यालो तथा वातावरणको ग्यासहरूबाट बोटबिरुवाको रोग, जस्तै– ब्याक्टेरिया ढुसी तथा अन्य रोगाणुको प्रजननमा वृद्धि तथा कीरा फट्याङ्ग्रा र तिनको प्राकृतिक सत्रुहरूको अन्तरसम्बन्ध परिवर्तन भएको देख्न पाइन्छ।

(पूर्वप्रमुख– भेटेरिनरी जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वर)

प्रकाशित: ३ वैशाख २०७८ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App