१६ चैत्र २०८० शुक्रबार
विचार

‘पाप’ लाग्ला नि!

धर्म मानिसको निजी आस्था हो । मान्न र नमान्न सकिन्छ । यसलेखको विषय धर्म मान्नु र नमान्नु नभए हुने, देखिने, गर्ने र भन्ने चरित्रको मात्र हो ।  

प्रधानमत्री एवं नेकपा (ओलीसमूहका) अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पशुपतिमा पञ्चामृत पूजा वैदिक विधिविधानअनुसार गरेपछि एकपटक फेरिधर्मनिरपेक्षता, कम्युनिस्ट र धर्म, विज्ञान र धर्म विषय बहसमा छन् । धेरैखाले नेपाली दरवारमा योगी, जोेगी, पण्डित, विभिन्न बाबा र ‘महाराजा’ को श्रद्धासुमन भक्तिभाव देखिँदै आएको थियो । केही दिनदेखि प्रम दशा, धर्म,श्राप र पापका कुरा गर्दैछन् । यसो त गुगल ब्वाइ, कृष्णानन्द, कमलनयन, पाइलटबाबा, जग्गु महाराज, अनेकौँ योगीका प्रायःजसो नेपाली नेता भक्त बनेकै छन् । पुष्पकमल दाहालको भैँसी पूजा एउटा सनसनी समाचार, प्रहसन, चुट्किला बनेको थियो । नेपालका नेल्सन मन्डेला उपनाममा चर्चित झापा विद्रोहका अगुवा मोहनचन्द्र अधिकारीको धार्मिकचर्चा बहसको विषय बन्यो। देवासुर संग्रामका लेखक मोदनाथ प्रश्रित धर्म र संस्कृतिलाई घालमेल गर्छन् । नेपालका अधिकांश कम्युनिस्ट सुविधाअनुसार सिद्धान्तको व्याख्या गर्ने हुँदा उनीहरूलाई एकैपटक कम्युनिस्ट, धर्म निरपेक्षता र महा धर्मान्द बन्ने छूट छ ।

केही दिनदेखि प्रम ओली दशा, धर्म, श्राप र पापका कुरा गर्दैछन् ।   

अहिले नेकपा (ओली समूह) उग्र हिन्दुवाद र पश्चिमा ख्रिस्तानलवीको चपेटामा छ । अध्यक्ष ओलीका पछिल्ला भनाइले संविधानबाटै धर्मनिरपेक्षता हटाउने प्रथमचरणको धार्मिक संयुक्त मोर्चाको अभ्यास त हैन ?

नेपाली कांग्रेस, महेन्द्र र  धर्मनिरपेक्षता  

वीरगन्जमा सम्पन्न नेपाली कांग्रेसको छैटौँ महाधिवेशन(२०१२ माघ १० र ११) ले धर्मनिरपेक्षता पार्टीको आधिकारिक धारणा बनायो । अझ बिपी कोइरालाले सन् १९७९ जुलाइ २०मा अंग्रेजी साप्ताहिक ‘द विक्ली मिरर’लाई धर्मनिरपेक्षताबारे दिएको लिखित अन्तर्वार्ताको हेक्काराख्दा कांग्रेसीजनलाई वेस हुन्छ । उनले भनेका थिए– ‘नेपाल हिन्दुराज्य होइन । नेपाललाई हिन्दु राज्य भन्नु झुट हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्ष मुलुकमा धार्मिक स्वतन्त्रता हुँनेछ ।’ उनी स्वयं धार्मिक थिएनन् । कांग्रेसको धर्मसम्बन्धी प्रतिक्रिया राजा महेन्द्रले हिन्दुसनातन राष्ट्रभनेर २०१९को संविधानमा घोषणा गरे । त्यसको एउटापक्ष २०१५ सालको संविधानको प्रतिक्रिया थियो जसमा हिन्दु राज्यको अवधारणा थिएन । दोस्रोपक्ष राजालाई विष्णुको अवतार भनेर वर्चश्वशालीतप्काको धार्मिकआस्था राजतन्त्रप्रति समर्पण गराउनु थियो । तेस्रो मूल कारणमा‘एउटा धर्म, एउटा भाषा, एउटा भेष, एउटा संस्कृति र एउटै राजनीतिक दर्शनमा आधारित एकल समाज निर्माण र त्यो एकल समाजको केन्द्रमा हिन्दु राजतन्त्र ।’अर्कोतर्फ भारतका प्रधानमन्त्री पं. जवाहरलाल नेहरु धर्मनिरपेक्षतावादी थिए भने उनलाई हिन्दुमहासभा, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र जनसंघको दबाब थियो । महेन्द्र र नेहरुबीच वैचारिकमतभिन्नता हुनेनै भयो । भारतीय हिन्दुवाद आरएसएसको अल्पमतप्रतिको घृणा थियो भने नेपाली हिन्दु धर्म पाखण्डी व्यवसायीबाट मुक्त अझै उदार सनातनमा छ ।  

डा. तुलसी गिरी पञ्चायती दर्शन र राजनीतिका स्मरणीय नाम । उनले भनेका छन्– ‘२०१७ सालको कदमपछि नेहरूजीको सरकार हामीसित त्यति खुसी थिएन । मैले सोचेँ, भारतमा त्यतिका हिन्दु छन् तर भारत हिन्दु राष्ट्र होइन। नेपाल भयो भने हामीप्रति सद्भाव बढ्छ, राजनीतिक फाइदा पनि हुन्छ । त्यसबाहेक अर्को कारण निजी थियो । म राष्ट्रिय स्वयंसेवक संघको पृष्ठभूमिबाट आएकाले त्यसको पनि अलिकति प्रभाव थियो । तर मूल कारण राजनीतिक थियो ।' 'हिन्दु धर्मप्रतिको लगाव वा प्रेमले हैन, विशुद्ध राजनीतिक जोड/घटाउका आधारमा राजा महेन्द्र र डा. गिरीले संविधानमा धर्म घुसाएका थिए ।’

खड्गप्रसाद शर्मा ओलीले पशुपतिमा पञ्चामृत पूजा वैदिक विधिविधानअनुसार गरेपछि एकपटक फेरि धर्मनिरपेक्षता, कम्युनिस्ट र धर्म, विज्ञान र धर्म विषय बहसमा छन् ।

यसले एकातर्फ वर्चश्वशाली समूहमा पञ्चायत समर्थन गर्ने तप्का देखापर्‍यो भने शीतयुद्धको अन्तर्राष्ट्रिय टकराहट, भारत/चीनबीचको युद्धले अन्तर्राष्ट्रिय विकाससम्बन्धी सहयोग जुटाउन पनि राजा सफल भए ।

राज्य र धर्म  

संविधान निर्माणको पूर्वसन्ध्यामा सबभन्दा पेचिलोबहस धर्मनिरपेक्षता, पहिचान, संघ र गणतन्त्रका विषय बने । त्यसैमा टेकेर भावनात्मक खेल भए । दागीले पनि उग्रधार्मिकबन्दै खत मेटाउन, गुमेको शक्ति र सत्ता हत्याउने वा टिकाउने मनोवैज्ञानिक हतियार बनाए  ।  

बहुजातीय र बहुधार्मिक राज्यको स्वीकारोक्ति अहिलेको यथार्थ हो । तबराज्यसत्तामाथि प्रश्न उठ्छ–राज्यको चरित्र के हुने ? कस्तो हुने ? राज्य अभिभावक हो कि व्यवस्थापक, के हो ? केही मान्छे नयाँ कुरा सोच्नुपर्छ भन्ने सोच राख्नु काउसो भिर्नु जस्तै मान्छन् । परम्परा भनेको यथास्थितिको सहज, सरल जीवन अभ्यास भने  हो ।

धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता फरक विषय हुन् । विश्वास र अविश्वास कसैको आदेशमा चल्दैन् । तर राज्य विभिन्न धर्म वाप्रकृतिपूजक,भौतिकवादी सबैको अभिभावक भएकाले उसको कुनै धर्म हुँदैन । धार्मिक स्वतन्त्रतामा जुनसुकैधर्म स्वीकार्न पाउने त हुन्छ तर कुनै धर्म  नमान्नेको अभिभावक राज्य बन्नुपर्छ भन्ने मान्यता भने राख्दैन । त्यसैले होला, धर्मनिरपेक्षताको वकालत गर्दैआएका ख्रिस्तान पादरी डा. केबी रोकाय धर्मनिरपेक्षताको विपक्ष र धार्मिक स्वतन्त्रताको वकालत गर्छन् ।  

धर्म, विश्वासपाखण्ड  

धार्मिकजन र पाखण्डी फरक हुन्छन् । जे कुरा आफैंलाइ विश्वास लाग्दैन त्यही प्रहसन गर्नु, समर्थकभिड तयारगर्नुपाखण्ड कर्म हो । विज्ञानका सन्तान, विद्यार्थी, उपभोक्ता यस्तै पाखण्डकर्ममा हुन्छन् ।संसारकै वर्चश्वशाली समूहमा भय र आवेगपैदागर्दै अल्पमतप्रति घृणा जगाउँदै सर्मथन जुटाइरहेका छन् । आफ्ना धर्म, विश्वास, देवीदेवता, गड,अल्लाह, ठूला र  धार्मिक ग्रन्थ दैवी हुन्, वेद, गीता, कुरान, हदिस, त्रिपिटक, बाइबलमहान् हुन् तर तिम्रो तुच्छ भन्ने मानस तयार गरिन्छ । आफ्ना वैदिक कर्म महान् र अन्यको तुच्छ भनिन्छ । अझ हामीकहाँ धर्मनिरपेक्षता भनेको हिन्दु धर्मको विरोध र ख्रिस्तान धर्मको पक्षमा हो भन्ने पनि तर्क कोरलिन्छन् । धर्मनिरपेक्षता माओवादी अजेन्डा मात्र हो भन्न पनि खोजिन्छ । हिन्दुबाहेकका इस्लाम र ख्रिस्तानपन्थी पनि जबसम्म धर्मनिरपेक्षताले धार्मिक स्वतन्त्रताको वकालत गर्छ, हिन्दुधर्मको विरोध वा मनुवादी, वर्णवादको विरोध गर्छन् तबसम्म ठीक मान्छन् । छोइछिटो, उच–निच जातको विरोध होउन्जेल्समर्थनमा देखिन्छन् जब सबैधर्मको पाखण्ड मात्रै हैन चिन्तनधाराको पनि विरोध हुन सुरु हुन्छ तब पण्डित, रब्बी, मौलना, पादरी र लामा सबै एकै ठाउँमा, एकै स्वरमा उत्रन्छन्– भौतिकवादको विपक्षमा, विज्ञानवाद, तर्कवाद र प्रकृतिवादको विरुद्धमा ।  

विश्वासमा आस्था टिकेकोहुँदा एउटा धर्मबाट अर्कोधर्म फेर्न पनि सक्छ । कुनै धर्म मान्नु, नमान्नु एउटा धर्मबाट अर्को धर्म स्वीकार्नु वा संसारमा प्रचलनमा भएका कुनै पनि धर्मलाई अस्वीकार गर्नुलाई मानव अधिकारका रूपमा लिइन्छ । संसारका हरेक धार्मिक ग्रन्थमा नास्तिकतालाई एकै प्रकारले गालीका रूपमा लिन्छन् अझकैयौँ इस्लामिक देशमा त इषनिन्दा कानुनले फासीको सजायदिन्छ । त्यसैले कतिपयले  आफूलाई अधार्मिक भने तापनि नास्तिक नै भन्न रुचाउँदैनन् । अझ हिन्दुवादमा आध्यात्म विरोधी महागुरुलाई त एक्लो वृहस्पति झुट भनियो, चार्वाकको खिल्ली उडाइयो भने बुद्धलाई खुब लखेटियो । अन्तिममा उनी दशौँ अवतार प्रभु बुद्ध भन्दै बुद्धधम्म अपहरण गर्ने प्रयास भए । लोकायतवादी विद्वान् ऋषिमुनीको उछित्तो काढियो । नास्तिकता आफैँमा विज्ञानसम्मत, तर्कवादी, भौतिकवादी, विकासवादी, लोकायतवादी, प्रकृतिवादीदर्शन र  विचार हो । जीवन अभ्यास हो । यो प्रगतिशीलता, तर्कशीलता र वैज्ञानिक मान्यताको मिश्रण हो ।

नेपाली सामाजिक चरित्र  

नेपाली समाजिक चरित्र भने हुने, गर्ने, देखिने र बोल्नेबीच फरक र दोधारे छ । भोट कम्युनिस्टलाई हाल्छ, आफूलाई कम्युनिष्ट पनि भन्छ तर, भाकल गर्न वा भाक्न, शनी ग्रह हटाउन र ज्योतिषफलमाविश्वास गर्छ । मन्दिर धाउनु, धार्मिक कारोबारीलाई मानमनितो गर्नु नित्यकर्म बन्न पुग्छन् । साम्राज्यवाद मुर्दावाद भन्छ, डिभी भर्न उही पहिलो लाइनमा पुग्छ । विज्ञान खान्छ, पिउँछ, सयर गर्छ, उपयोग र उपभोग गरेर कष्टसाध्य जीवनलाई सरल र सहज पनि बनाउँछ तर यति बैगुनी र पाखण्डी छ कि सबै श्रेय भने अदृष्यशक्तिलाई दिन्छ । सांस्कृतिक रक्षाका नाममा रुढमा रमाउँदै पाखण्डी बन्न पुग्छ ।

धर्म र विज्ञान  

मानव सभ्यताको विकासक्रममा धर्मले मानवचेतना, प्रकृति र विज्ञानले उब्जाएका कैयौँ प्रश्नको उत्तर दिन नसक्दा एउटा अदृश्यशक्तिको कल्पना गर्‍यो । विभिन्न भूगोलमा विकसित सभ्यतासंस्कृति बन्दैगए । कालान्तरमा ती विश्वास र सामाजिक कानुन पनि बने ।लामोकालखण्डमा कतिपय जिज्ञासाका उत्तर विज्ञानले दिँदैगयो,कतिपय आविष्कार हुनेक्रममा छन् ।  तर  शक्ति र सत्ता इतिहासको वस्तुवादी अध्ययन, समाजिक विकास र असरबारे गम्भीर अध्ययन र छलफल गर्न रुचाउँदैन् । कम्युनिस्ट र काग्रेस बन्न धर्मनिरपेक्षता प्रथम सर्त हो । भौतिकवादी बन्नका लागि कम्युनिस्ट वा समाजवादी नै बन्नुपर्छ भन्ने पनि छैन ।

अन्तमा

–संसारकै अधिनायकवादी सत्ताले जहिले पनि धार्मिक र राष्ट्रवादी आवेगमा मात्र सुरक्षित ठान्छ । धर्मयुद्ध, क्रुसेड, जेहाद नमुना हुन । संसारमै फल्ने फुल्ने व्यापार पनि बन्यो । कुनैपनि धर्मग्रन्थ ईश्वरले लेखेका हैनन् ।  

–सत्ताशक्तिमा जति कमजोर हुन्छ, सत्तागुम्ने भयले त्यत्तिकै राज्यप्रायोजित ‘धार्मिक’ र ‘राष्ट्रवादी’ आवेग तयार गरिन्छ । संसारकै राजनीतिमा अहिले सबभन्दा ठूलो हतियार राष्ट्रवाद भयो ।  त्यो शक्ति आर्जन गर्न, टिकाउन र विरोधीलाई खुइल्याउन वा आफ्ना आग्रहलाई सामथ्र्य दिनका लागि बारुदगोला भन्दा पनि शक्तिशाली बन्दैछ ।

–प्रश्न धर्म निरपेक्षताको मात्र हैन, यहाँ हरेक धार्मिक मान्यता र विज्ञानवादी सोचबीचको हो । कुनै पनि धर्म मान्न बार सत्ताइस गर्नै पर्दैन । जुन परिवार र समाज, धर्मकुलमा जन्मिएको हुन्छ, त्यस्तै कुलआचरण बन्दै जान्छन् । तर्क, तथ्य, वैज्ञानिक दृटिकोण र स्वक्षमताले हैन, कोराविश्वास नै धार्मिक ऊर्जा बन्न पुग्छ । घृणाले धार्मिक मानिस स्वयं अमानवीय बन्न पुग्छ । आफ्नै क्षमतामा विश्वास नराख्ने भएकाले पराश्रित बनाइदिन्छ । अध्यात्मको कारोबार विज्ञानकोउपयोग आधुनिक सञ्चारमार्फत लम्पट समाजमा धेरै फैलिँदै पनि छन्। धनाढ्य, शक्तिशाली, आत्मविश्वास नभएका वा अति आशक्तिवाल मात्रै हैन,जबमान्छे तर्कहीन बन्छ, अपराधबोध हुन्छ,भयग्रसित हुन्छ तब ऊ अदृश्यशक्तिको भक्तिमा लाग्छ  । पाखण्डीहरू स्वयं विज्ञानवादी भएर पनि जनमतपक्षमा पार्न धार्मिकजस्ता देखिन्छन् ।  

–संसारकै कुनै पनि धर्मलाई तर्क र तथ्य चाहिँदैन, विश्वास र भक्ति मात्र चाहिन्छ ।

– हामी भगवानबेगर त बाँच्न सक्छौँ, विज्ञानको आविष्कारबेगर भने एकदिन पनि टिक्न सक्दैनौँ ।  

–यस ब्रह्माण्डमा हाम्रो सौर्यमण्डलमात्रै छैन, असंख्य सौर्यमण्डल छन् । ती ग्रह वा सौर्यमण्डलमा जीवात्मा पनि हुन सक्छ । विज्ञानले अनुसन्धान गर्दैजाला ।

–पछिल्लोकालका महान् भौतिकशास्त्री स्टेफिन हाकिंग (सन् १९४२–२०१८) टाप–डाउन थ्योरीमा (२००६) भन्छन्– ब्रह्माण्डमा गुरुत्वाकर्षण जस्तो  शक्ति छ त्यसैले उसले नयाँ रचना गर्न सक्छ । यसका लागि यसलाई कुनै ईश्वरजस्तो अदृष्य शक्तिको आवश्यकता पर्दैन ।

प्रकाशित: २२ माघ २०७७ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App