८ वैशाख २०७८ बुधबार
विचार

इलाजमा नयाँ आयाम

दुई हप्ताको अन्तरालमा संयुक्त राज्य अमेरिकाको ओखती अनुअगमन निकाय ‘एफडिए’ ले मोगर्ना र फाइजरले अनुसन्धान तथा उत्पादन गरेका कोभिड–१९ विरुद्धको दुई फरक फरक भ्याक्सिन सर्वसाधारणमा प्रयोगका लागि अनुमति दियो।दुवै भ्याक्सिन‘म्यासेन्जर आरएनए’ विधिमा आधारित हुन। खोपमा प्रयोग गरिएका म्यासेन्जर आरएनएले कोरोना भाइरसको ‘स्पाइक’ प्रोटिन उत्पादन गर्ने, अनि उक्त प्रोटिनले मानिसको ‘प्रतिरक्षा प्रणाली’ लाई क्रियाशील बनाउने गर्छ। जटिल ‘बायोलोजिकल’ प्रक्रियामार्फत  हाम्रो ‘इम्युन सिस्टम’ ले कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता विकास गर्छ, हामी निरोगी हुन्छौँ। पहिला रासायनिक तथा अणुवांशिक विधिमार्पmत निष्क्रिय गरिएका पूर्ण भाइरस आकृतिलाई नै खोपका रूपमा प्रयोग गरिने गरेकामा अहिले ‘आरएनए’विधिमार्पmत मानव शरीरमा भ्याक्सिनेसन विधिमार्पmत भाइरसको एउटा प्रोटिन मात्र उपयोग भयो, विज्ञानको नयाँ प्रयोग सफल देखियो।  

स्वस्थ जीवनयापनका लागि शरीरमा हजारौँ किसिमका प्रोटिन (इन्जाइम) आवश्यक हुन्छन्। अणुवांशिक पदार्थमा कुनै खराबी आए जीवकै अस्तित्व नासिन सक्ने भएकाले ‘डिएनए’ मा कुनै त्रुटि देखिए अविलम्ब मर्मत गर्नुपर्ने हुन्छ।अणुवांशिक मर्मतकालागिएउटा ‘इन्जाइम’ को मात्र भर पर्नेहो भने उक्त प्रोटिनमा खराबी आइविनाशकारी अवस्था आउन सक्ने भएकाले मानिसलगायतका उच्च जीवमा ‘डिएनए’ मर्मतकालागि समानान्तररूपले धेरै इन्जाइम संलग्न हुन्छन्। तर अणुवांशिक पदार्थलाई जस्तो सहुलियत अत्य तन्तुका लागि उपलब्ध हँुदैन। उदाहरणका लागि, पर्याप्त इन्सुलिन उत्पादन नहँुदा अथवा सकुशल प्रोटिन बनाउन ‘पेन्क्रियाज’ असफल हुँदा हामीलाई चिनी रोग लाग्छ। इन्सुलिनको जस्तै काम गर्ने इन्जाइम मानव शरीरमा अर्को नहँुदा हामीलाई मधुमेह लाग्ने हो।चिनी रोग लागेपछि प्रारम्भिक अवस्थामा ‘पेन्क्रियाज’ लाई थपक्रियाशील बनाउन ओखती दिइन्छ अनि पछिल्लो अवस्थामा ल्याबमा उत्पादित ‘इन्सुलिन’ सुई दिनुपर्ने हुन्छ। कदाचित, चिनी रोग लागेको बिरामीलाई कोरोनाको ‘स्पाइक’ प्रोटिन उत्पादन गर्ने ‘आरएनए’ को बदला इन्सुलिन उत्पादन गर्ने ‘म्यासेन्जर आरएनए’ दिए कस्तो हुन्थ्यो होला ? दैनिक इन्सुलिनको इन्जेक्सन लिनुपर्ने बिरामीलाई एकपल्ट म्यासेन्जर आरएनएको खोप दिएर आजन्म इन्सुलिन सहजै उत्पादन गर्ने अवस्था पैदा गर्न सके के हुन्थ्यो होला ?म्यासेन्जर आरएनए विधिमार्पmत चिताएको प्रोटिन मानिसको शरीरमा सफलपूर्वक उत्पादन गर्न वैज्ञानिक सफल भएको परिप्रेक्ष्यमा इन्जाइम केन्द्रित रोगको इलाज निकट देखियो। त्यसै परिवेशमा प्रोटिनका कारण लाग्ने रोगको निदानका लागि भएका अनुसन्धान प्रगति र संभाव्यताको चर्चा यो आलेखको लक्ष्य रह्यो।  

आवश्यक एक–दुई इन्जाइम उत्पादन गर्न शारीरिक संयन्त्र असफल भएका कारण संसारमा धेरै मानिसलाई ‘रेएर डिजिज’ (दुर्लभ रोग) लागेको आँकडाले देखाउँछ। थोरै जनसंख्यालाई मात्र दुर्लभ रोग लाग्ने भएकाले धेरै पैसा खर्चिएर गरिने अनुसन्धानले पर्याप्त मुनाफा दिन नसक्ने भएकाले फर्मास्युटिकल कम्पनीहरूले त्यस्ता अन्वेषणमा चासो नदेखाउनु अन्यथा होइन। आखिर दबाइ कम्पनीको अन्तिम लक्ष्य धेरै पैसा कमाउनु हो नै।  

म्यासेन्जर आरएनए विधिको सफलतापछि मानव शरीरमा कुनै पनि किसिमको प्रोटिन उत्पादन गर्ने चरित्रको आरएनए ल्याबमा सहजै उत्पादन गर्न सकिने भयो। एउटा सानो ल्याबले केही हप्ता समय अनि दुई चार हजार डलर खचिएर उक्त प्रविधि विकास गर्न सक्छ। त्यसैले म्यासेन्जर आरएनए प्रविधिको विकासले दुर्लभ रोगको इलाजलाई निकै सहज बनाउन सक्ने देखियो। तर के म्यासेन्जर आरएनए शरीरमा हाल्नेबित्तिकै सबै समस्या समाधान हुन्छ त?

मानव शरीर अति नै संवेदनशील हुन्छ। जुनसुकै अंगका कोस ‘सेल’ मा रहेका जिन समान हुने भए पनि प्रत्येक अंगमा उत्पादन हुने आरएनए अनि प्रोटिन भने फरक फरक हुन्छ। उदाहरणका लागि पेन्क्रियाजमा इन्सुलिन उत्पादन हुन्छ भने मुटुका कोसमा इन्सुलिन उत्पादन गर्ने ‘म्यासेन्जर आरएनए’ नै बन्दैन। कलेजोमा उत्पादन हुने प्रोटिन र फोक्सोमा बन्ने इन्जाइमबीच धेरै विभेद हुन्छ।कदाचित मुटुका कोसले इन्सुलिन बनाउन थाल्यो भने व्यक्ति अस्वस्थ हुन्छ, मर्छ। त्यही चरित्रका कारण सबै अंगका कोस फरक फरक हुन्छन्।

चिनीरोग लागेको बिरामीलाई इन्सुलिन उत्पादन गर्ने ‘म्यासेन्जर आरएनए’ दिँदा उक्त आरएनए शरीरको सबै अंगमा पुग्न सक्ने संभावना हुन्छ। अनि प्राकृतिकरूपले पेन्क्रियाजमा मात्र उत्पादन हुनुपर्ने इन्सुलिन शरीरको सबै अंगमा उत्पादन हँुदा इलाजको बदला जटिलता थपिन्छ। त्यसैले अहिलेको वैज्ञानिक चुनौती भनेको लक्षित म्यासेन्जर आरएनएलाई उल्लिखित अंगमा मात्र पु¥याउने प्रविधिको विकास देखियो।  

शरीरका प्रत्येक क्रियाकलाप नियन्त्रित हुन्छ। उदाहरणका लागि खाना खाएपछि रक्त सञ्चार प्रणालीमा कार्बोहाइड्रेटपुग्छ। रगतमा ग्लुकोजको मात्रा बढ्नेबित्तिकै शारीरिक सूचना प्रणालीले ‘इन्सुलिन’ बनाउन आवश्यक रहेको सन्देश पेन्क्रियाजलाई दिन्छ। अनि पेन्क्रियाजले अविलम्ब इन्जाइम बनाउन थाल्छ। इन्सुलिनको मद्दतले ग्लुकोज कोसमा गएपछि रगतमा कार्बोहाइड्रेटको मात्रा घट्छ। ग्लुकोजको घनत्व रगतमा कम हुनेबित्तिकै इन्सुलिनको उत्पादन बन्द गर्ने म्यासेज पेन्क्रियाजले पाउँछ अनि इन्जाइमको उत्पादन बन्द हुन्छ। आवश्यकताअनुसार इन्जाइमको उत्पादन प्रारम्भ र बन्द गर्ने नियन्त्रित संयन्त्रले निर्देशित गर्ने भएकाले हाम्रा शरीरको प्रत्येक कोसमा आवश्यकताअनुसार मात्र प्रोटिन बन्छन् तर इन्जेक्सनमार्पmत उल्लिखित म्यासेन्जर आरएनए शरीरमा दिँदा उक्त प्रोटिनको उत्पादन नचाहिने कोसमा हुने संभावना मात्र हुँदैन बरु इन्जाइम उत्पादन अनियन्त्रित हुन सक्ने संभावना रहन्छ। अनावश्यक अंगमा कुनै पनि इन्जाइम उत्पादन हुनु र आवश्यकता भन्दा अधिक प्रोटिन बन्नु शरीरका लागि हानिकारक हुने भएकाले म्यासेन्जर आरएनएमा आधारित इलाजमा धेरै निखारपन ल्याउन जरुरी देखियो। त्यसै दिशामा भएका वैज्ञानिक उत्खननको चर्चा लाभदायक देखियो।  

हर्ट अट्याक भएका बखत रक्त बाहिनी नली क्षतिग्रस्त हुन्छ। समस्याग्रस्त रक्त नलीको मर्मत गर्न शारीरिक संयन्त्रकालागि सहज देखिन्न। त्यसैले क्षतिग्रस्त रक्त नलीले रगत पु¥याउन असमर्थ भएको शारीरिक खण्ड कमजोर बन्छ। अनि, हर्ट अट्याक भएको व्यक्तिले आजन्म परेज गर्नुपर्छ, ओखती सेवन गर्नुपर्छ। अनुसन्धानका क्रममा ‘भिइजिएफए’ नाम गरेको प्रोटिनले क्षतिग्रस्त रक्त नलीलाई मर्मत गर्ने देखियो। अनि पछि फर्मास्युटिकल कम्पनीहरू त्यसको थप उत्खननमा लागे। औषधि उत्पादक कम्पनी ‘एस्ट्राजेनिका’ ले आरएनए विधिमार्पmत क्षतिग्रस्त रक्त नलीमा ‘भिइजिएफए’ प्रोटिन उत्पादन गर्ने योजना ल्यायो। तद्नुरूपको अनुसन्धान क्लिनिकल ट्रायलमा रहेको अनि परीक्षणका क्रममा आएका नतिजा सफल रहेको भन्छ एस्ट्राजेनिका। तर म्यासेन्जर आरएनए क्षतिग्रस्त रक्त नलीमा मात्र जाओस् र उल्लिखित मात्रामा मात्र प्रोटिन उत्पादन होओस् भन्नकालागि कम्पनीले धेरै चुनौती सामना गर्नुपरेको बताउँछ कम्पनी।  

अब अर्को सफल उपचार हेरौँ। शारीरिक ‘मेटाबोलिज्म’ को क्रममा हाम्रो शरीरमा उत्पादन भएको ‘अमोनिया’पिसाबबाट बाहिरिन्छ। शरीरमा उत्पादन भएको अमोनियालाई बाहिर निकाल्न कलेजोमा उत्पादन हुने ‘अर्निथिन ट्रान्स कार्बोमाइलेज’ भन्ने प्रोटिनले महŒवपूर्ण भूमिका खेल्छ। कदाचित उक्त इन्जाइमको उत्पादन हुन नसके शरीरमा अमोनियाको मात्रा बढ्छ। हानिकारक भएकाले अमोनियाको निकास नहुँदा व्यक्ति प्रारम्भमा अचेत हुन्छअनि छिटै नै मर्छ। शरीरका हजारौँ प्रोटिनमध्ये एउटा प्रोटिनमा आउने खराबीले भित्र्याउने विनाशको समाधानार्थ ‘आर्कट्युरस फर्मास्युटिकल्स’ ले म्यान्सेन्जर आरएनए विधि उपयोग गरी कलेजोमा अर्निथिन ट्रान्स कार्बोमाइलेजको उत्पादन गर्न सफल भयो। ३० स्वस्थ स्वयम्सेवकमा गरिएको स्वास्थ परीक्षणले सकारात्मक नतिजा दिएकाले सन् २०२१ को जनवरीदेखि ओखतीको क्लिनिकल परीक्षण सुरु हुने बताउँछन् कम्पनीका प्रमुख जोसेफ प्याने।  

उपरोलिखित ‘एस्ट्राजेनिका’ तथा आर्कट्युरस फर्मास्युटिकल्स मात्र होइन, अन्य दर्जनौँ कम्पनीले आवश्यक मात्रामा प्रोटिन उत्पादन हुन नसकी लाग्ने विभिन्न रोगको ‘म्यासेन्जर आरएनए’ विधिलाई उपयोग गर्दै बिरामीलाई राहत दिने प्रयासमा देखिए। बाहिरिएको अनुसन्धान नतिजा हेर्दा ‘सिंगल प्रोटिन डिफिसेन्सी’ का कारण लाग्ने ‘सिस्टिक फाइब्रोसिस’ तथा ‘ट्रान्सथाइरेटिन एमाइलोडोसिस’ जस्ता रोगको इलाजका लागि समेत आरएनएमा आधारित प्रविधिले निकै सकारात्मक नतिजा दिएको देखियो।  

कोरोना भ्याक्सिन बनाउन सफल कम्पनी मोडर्नाको अध्यक्ष स्टिफेन ह्युगको विचारमा म्यासेन्जर आरएनए उपचार पद्धतिमार्पmत शरीरमा पर्याप्त प्रोटिन नबनेको तथा कैफियतपूर्ण इन्जाइम उत्पादन भएका कारण लाग्ने सबै किसिमका रोगको इलाज गर्न सकिने देखियो। सैद्धान्तिकतवरले इन्जाइम डिफिसेन्सीका कारण लाग्ने सबै रोगको इलाज म्यासेन्जर आरएनए विधिबाट गर्न संभव भए पनि उल्लिखित अंग र नियन्त्रित मात्रामा प्रोटिन उत्पादनका लागि भने तहगतरूपले थप अध्ययन÷अनुसन्धान हुनुपर्ने कुरामा दुईमत हुन सक्दैन। परिस्थिति जे÷जस्तो भए पनि आरएनए विधिको इलाज पद्धतिले मेडिकल इलाजमा छिटैनै बेग्लै आयाम थप्ने देखियो। आगामी दिनमा परम्परागत रासायनिक पदार्थ भन्दा ‘बायो मोलिकुल’ ले रोगीको उपचारमा महŒवपूर्ण भूमिका खेल्ने देखियो।  

प्रकाशित: ७ पुस २०७७ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?