१० कार्तिक २०७७ सोमबार
विचार

बौद्धिक पासो

कसैसँग साझेदारी नगरी २ नोबल पुरस्कार पाउने संसारका एक मात्र व्यक्ति लाइनस पाउलिड्ग हुन्। क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलोजीबाट विद्यावारिधी गरेका लाइनसले सुरुमा रसायनशास्त्र अनि पछि शान्ति विधाको नोबल पुरस्कार पाए। प्राध्यापक पाउलिड्गले गरेका आविष्कार र हासिल गरेका मानपदवी स्वयमनै उनको बौद्धिकताको पहिचानहो। उनलाई आफ्ना पालाका अत्यधिक प्रभावशाली व्यक्ति भनिन्थ्यो।

दैनिकरूपले ‘भिटामिन सि’ सेवन गर्ने बानी थियो डा. पाउलिड्गको। भिटामिन खाँदा प्रफुल्लता र स्वस्थ महसुस हुन्थ्यो उनलाई। आफूलाई फाइदा गरेको देख्दा उनलाई भिटामिनको प्रयोग सबैलाई लाभप्रद् होला भन्ने लाग्यो। अनि, कुनै वैज्ञानिक प्रमाणविना नै प्राध्यापक पाउलिड्गले दैनिकरूपले भिटामिन सि सेवन गर्ने हो भने अर्वुदरोग नलाग्ने अनि कदाचित क्यान्सर लागेको भए पनि रोग निकोहुने बताए। कलेजको मुखै नदेखेका केपी शर्मा ओलीले बेसार–पानी खाँदा कोरोना नलाग्ने तथा लक्षण देखिए पनि निकोहुने भन्दा त नेपालमा हर्दीको खपत अत्यधिक बढ्यो भने दोहोरो नोबल पुरस्कार पाएका प्राध्यापक पाउलिड्गको उद्घोषले संसारमा कस्तो असर पा-यो होला? सहजै अन्दाज गर्न सकिन्छ।

संसारका धेरै प्रयोगशालामा भिटामिन र क्यान्सरको अन्तरसम्बन्ध स्थापित गर्न अनुसन्धानसुरु भयो, सैकडौँ वैज्ञानिक अन्वेषणमा होमिए। संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित हस्पिटल ‘मेयो क्लिनिक’ ले सैकडौँमानिसलाई सहभागी गर्दै ‘क्लिनिकल ट्रायल’ सुरु ग-यो। तर परीक्षणको प्रारम्भिक नतिजाले ल्याब तथा क्लिनिकल ट्रायलमा पाउलिड्गले भनेझैं सकारात्मक परिणाम दिएको देखाएन। आफूले आकलन गरेझैँ वैज्ञानिक नतिजा नआएको थाहा आउनेबित्तिकै आफ्नो प्रक्षेपण गलत भएको स्वीकार गर्नुपर्नेमा आफ्नो भनाइलाई पुष्टि गर्न तल्लीन भए उनी। आफूलाई ठीक देखाउन झिनामसिना ‘पियर रिभ्यु’ नै नभएको अनुसन्धानको सहारा लिन थाले महावैज्ञानिक। यसरी अबल दिमागले अड्डी लिन थालेपछि अनुसन्धान अझ जटिलबन्यो।

नीति निर्माताले विविध क्षेत्रका मानिसका कुरा सुनेर निर्णय गर्ने बानी बसाले त्रुटि कम हुन्थ्यो होला।

पहिलो परीक्षणले ठोस नतिजा नदिएपछि कदाचित तथ्याड्क संकलनमा कुनै त्रुटि भयो कि भन्ने ठानी ‘मेयो क्लिनिक’ ले द्रोस्रो ‘क्लिनिकल ट्रायल’ समेत गर्यो। अन्त्यमा अन्वेषणले क्यान्सर र भिटामिन सेवनबीच कुनै पनि किसिमको अन्तरसम्बन्ध स्थापित गर्न नसकेको ठहर भयो। सैकडौँ वैज्ञानिकको मेहनत खेर गयो। दोहोरो नोबल पुरस्कारको दम्भले प्राध्यापक पाउलिड्गले आफ्नो त्रुटि स्वीकार गरेनन् भन्ने निष्कर्षमा वैज्ञानिक पुगे।

अब अर्को परिदृश्य हेरौँ–जेम्स बाट्सन र फ्रान्सिस क्रिकले अणुवांशिक पदार्थ, डिएनए को ढाँचा–शैली पत्ता लगाए। उक्त आविष्कारबापत सन् १९६२ मा आयुर्विज्ञान क्षेत्रको नोबल पुरस्कार पाए उनीहरूले। उनीहरूसंसारभर ‘फादर अफ डिएनए’ को उपनामले कहलिए। नोबल पुरस्कार प्रत्येक वर्ष दिइने भए तापनि डिएनएको स्वरूप निर्धारणपछि मेडिकल साइन्सले बिरामी उपचार विधिमा ठूलो फड्को मारेका कारण उक्त आविष्कारको बेग्लै स्थानछ। प्राध्यापक बाट्सन पछिल्ला दिनमा संयुक्त राज्य अमेरिकाको ‘ह्युमन जेनोम प्रोजेक्ट’ मा संलग्न भए। उक्त प्रोजेक्टले मानिसको जिनको बनोट पत्ता लगाएपछि ‘जिन थेरापी’ मार्पmत रोगको उपचार गर्ने नवीन विधि आयो। ‘साइन्टिफिक कम्युनिटी’ मा महावैज्ञानिक कहलिए, बाट्सन।

सन् २००७मा जेम्स बाट्सनले एउटा अन्तर्वार्ताका क्रममा श्याम वर्णका अफ्रिकन नागरिकको बौद्धिक क्षमता श्वेत मानिसको तुलनामा निकै कमसल हुने भएकाले अफ्रिका महादेशको भविष्य सधैँ अन्धकारमय हुने बताए। अफ्रिकी महादीप मात्र होइन, संसारको जुनसुकै देशमा बसेका भए पनि श्याम वर्णका नागरिकको बौद्धिक शक्ति दयनीय रहेको पनि भन्न भ्याए उनले। कुनै पनि वैज्ञानिक अन्वेषणले एउटा जात अर्को जातिभन्दा श्रेष्ठ भएको पुष्टि नगरेका कारण प्राध्यापक बाट्सन विवादमा परे। वैज्ञानिक समुदाय र उनी कार्यरत ‘कोल्डस्प्रिड्ग हार्बर ल्याबोरेटरी’ लेउनलाई अनुसन्धानले समर्थन नगर्ने आफ्नो भनाइ फिर्ता लिन आग्रह ग-यो। तर, प्राध्यापक बाट्सन पनि प्रधानमन्त्री ओलीले कोरोनाको इलाज र भगवान रामको जन्म स्थानका बारेमा बोलेझैं आफ्नो पूर्ववत् भनाइलाई पुष्टि गर्न कुतर्कको सहारा लिन पुगे। गैरजवाफदेही प्रस्तुति नेताका लागि स्वाभाविक भए पनि विज्ञानमा तथ्यविहीन कुराको कुनै स्थान नहुने भएकाले बाध्य भएर आफैंले मलजल गरेको ‘कोल्डस्प्रिड्ग हार्बर ल्याबोरेटरी’ लेप्राध्यापक बाट्सनलाई पदच्युत ग-यो। महावैज्ञानिक अपदस्थ भए।

कलेजको मुखै नदेखेका केपी शर्मा ओलीले बेसार–पानी खाँदा कोरोना नलाग्ने तथा लक्षण देखिए पनि निकोहुने भन्दा त नेपालमा हर्दीको खपत अत्यधिक बढ्यो भने दोहोरो नोबल पुरस्कार पाएका प्राध्यापक पाउलिड्गको उद्घोषले संसारमा कस्तो असर पा-यो होला? सहजै अन्दाज गर्न सकिन्छ।

नोबल पुरस्कार पाउने सैयौँ वैज्ञानिकमध्ये के पाउलिड्ग र बाट्सन मात्र उत्खननले पुष्टि नगरेका हावादारी तर्क गर्ने वैज्ञानिक हुन त भन्ने प्रश्न उठ्छ नै। दुई महामानवको यस आलेखमा चर्चा गरिए पनि नोबल पुरस्कार पाएका धेरै वैज्ञानिकले पछिल्ला दिनमा अन्टसन्ट बोल्ने गरेको देखियो। यसरी नोबल सम्मानपछि धेरै साइन्टिस्टले गैरजवाफदेही हिसाबले बकेको पाएपछि मनोविज्ञानविद्हरूले यस नवीन रोगलाई सम्बोधन गर्न नयाँ शब्द डिक्सनरीमा थपे– नोबल डिजिज। नोबल पुरस्कार पाएका व्यक्तिले फटाहा कुरा गर्ने अनि आफूले बोलेको झुट कुरा फिर्ता लिनुको बदला त्यसलाई पुस्ट्याइँ गर्न कुतर्क गर्ने अनि झन्झन् दलदलमा फस्दै जाने परिबन्दलाई ‘नोबल डिजिज’ भनिन थाल्यो।

उल्लिखित परिदृश्य नियाल्दा प्रा. पाउलिड्गको हठयोगले विज्ञानको बाटोलाई लामो समय अल्मल्याएको देखिन्छ भने बाट्सनको अडानले उसको व्यक्तिगत चरित्रमा धब्बा लाग्यो भन्नुपर्ने हुन्छ। संसारका उत्कृष्ट दिमागहरू आखिर किन आफ्नै पासोमा पर्छन् त भन्ने प्रश्नको उत्तर खोज्न विज्ञानको क्षेत्रमा लामो समय कलम चलाएका डेबिड रब्सनले सत्यतथ्यलाई सम्हालेर गत वर्ष ‘इन्टेलिजेन्स ट्रयाप’ भन्ने पुस्तक लेखे। बौद्धिक मस्तिष्क कसरी पटमुर्ख जस्तो व्यवहार गर्ने अवस्थामा पुग्छ भन्ने कुरा समेटिएको उक्त पुस्तकको अध्ययन लाभप्रद् देखियो।

इन्टेलिजेन्स ट्रयापमा लेखकले केबल नोबल पुरस्कार पाएका व्यक्ति मात्र होइन, आआफ्नो क्षेत्रमा सफलताको टाकुरोमा पुगेका धेरै व्यक्ति आफ्नो ज्ञानको सही पहिचान गर्न नसकेर खराब निर्णय गर्न पुगेको देखे। एप्पलका संस्थापक स्टिभ जब्स संसारका सफलतम उद्यमी हुन्। आफैं ले स्थापना गरेको कम्पनीलाई संसारकै सबैभन्दा मूल्यवान व्यवसाय बनाए। त्यसो हुनु कुनै चानचुने सफलता होइन अनि उनलाई उक्त कुराको गर्भ थियो नै। पछि, उनलाई ‘पेन्क्रियाटिक क्यान्सर’ भयो। चिकित्सकले अर्बुद रोगको इलाजको खाका दिए। डाक्टरी सल्लाह उनलाई मन परेन। आफूसँग ‘एप्पल’ लाई संसारको बहुमूल्य कम्पनी बनाउने ज्ञान भएकाले चिकित्सक भन्दा आफूसँग बढी बुद्धि भएको ठाने उनले। चिकित्सक आफूभन्दा अधिक जान्ने भए त उनीहरू आफूभन्दा उपल्लो स्थानमा हुनुपर्ने भ्रम प-यो स्टिभलाई। डाक्टरको सल्लाह पालन गर्न आफन्त तथा शुभेच्छुको अनुरोधका अतिरिक्त वैकल्पिक पूर्वीय इलाज विधि अपनाए। आयुर्वेदिक ओखती निस्प्रभाव रह्यो।प्राचीन ओखतीले काम नगरेका कारण क्यान्सर पत्ता लागेको केही महिनामा नै उनको मृत्यु भयो। विशेषज्ञहरूका विचारमा स्टिभले डाक्टरी परामर्शलाई पालन गरेको भएशायद उनी आजसम्म पनि जीवित रहन्थे। एउटा क्षेत्रमा पाएको सफलताका कारण अर्को विधामा पनि आफ्नो दखल भएको भ्रममा पर्ने व्यक्ति दलदलमा फस्यो।

नोबल पुरस्कार पाएका र अन्यक्षेत्रमा सफलतम कहलिएका हस्तीहरूलाई मात्र संसारमा सबैभन्दा जान्ने आफू भएको भ्रम हुन्छ त भन्ने प्रश्न उठ्छ नै। सामान्य त धेरै मानिसले प्रशंसा गरेका व्यक्तिमा आफूले सबैभन्दा धेरै जानेको अनि अरूको आवाज सुन्न आवश्यक नरहेको भ्रम पर्ने ठान्छन् लेखक। प्रवेशिका परीक्षामा बोर्डमा आएका व्यक्ति आफूले सबैभन्दा बढी जानेको भ्रममा परेर कलेजमा फेल हुनुलाई त्यही मनोरोगको कारक मान्न सकिन्छ। डा. भट्टराईको बौद्धिक क्षमताका कारण माओवादीबाट सम्बन्ध बिच्छेद गरी उनले स्थापना गरेको नवीन पार्टीमा प्रवेश गरेका पूर्वप्रशासक रामेश्वर खनालले बाबुरामले अर्काको कुरा पटक्कै नसुन्ने बरु आफूलाई सर्वेसर्वा ठान्ने गरेका कारण उक्त दलमा आफू टिक्ने अवस्था नदेखेको भन्ने उनको तात्कालीन अभिव्यक्ति यद्यपि स्मरणयोग्य देखियो। आफ्नो विद्यावारिधि र एसएलसीको परीक्षामा पाएको सर्वश्रेष्ठताको अहम्ताका कारण डा. भट्टराई ओरालो लागे भन्दा अन्यथा हुँदैन।

पढे/लेखेको मानिसले देशको बागडोर नसम्हालेका कारण मुलुक खस्कियो भन्ने अहिले पनि देखिन्छन्। अझ, नोबल पुरस्कार पाएका महान् हस्थीहरूले संसार हाँके विश्व कस्तो हुन्थ्यो होला भन्ने पनि नभएका होइनन्। तर यथार्थमा त्यस्तो हुन्छ त ?संयुक्त राज्य अमेरिकामा प्रतिष्ठित महाविद्यालय पढेका धेरै जना राष्ट्रपति बने। सफलताको हिसाबमा हेर्नेहो भने सामान्य कलेज धाएका रोनाल्ड रेगनले महारोगका रूपमा रहेको शीतयुद्ध समाप्त गरे, अमेरिकालाई नवीन पहिचान दिए।  

आफ्नो क्षमता र कमजोरीलाई सही आकलन गर्न नसके संसारमै ख्याति कमाएको व्यक्तिसमेतले राम्रो निर्णय गर्न नसक्ने देखियो। आफूले धेरै जानेका कारण अर्काको सल्लाह आवश्यक नरहेको ठान्ने व्यक्तिले कहिल्यै पनि विवेकपूर्ण निर्णय गर्न नसक्ने पाइयो। एक क्षेत्र धेरै ज्ञान आर्जन गरेका मानिसले आफूअन्य धेरै विधामा कमजोर रहेको यथार्थ स्मरण गर्न नसकेर नै बौद्धिकताको पासोमा फस्नेहो। जुनसुकै क्षेत्र र पेसामा रहे पनि ‘इन्टेलेक्च्युयल’ सफलताका कारण आफूलाई सर्वोत्कृष्ट ठान्ने अनि अरूको सल्लाह र सुझाव लिन नचाहने व्यक्ति सदैव बौद्धिक धरापमा पर्ने देखियो। पाउलिड्ग र बाट्सन जस्ता महावैज्ञानिकहरू समेत दखल नभएको विषयमा बोल्दा ‘इन्जेलिजेन्स ट्रयाप’ मा फसेको यथार्थलाई मुख्य त पढे/लेखेका मानिसले स्मरण गर्न आवश्यक देखियो। नीति निर्माताले विविध क्षेत्रका मानिसका कुरा सुनेर निर्णय गर्ने बानी बसाले त्रुटि कम हुन्थ्यो होला।

प्रकाशित: २० आश्विन २०७७ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App