२१ जेष्ठ २०७७ बुधबार
विचार

मदिराको मात

शास्त्र भन्छ– नशालु पदार्थ हो मदिरा। तर पनि मानिस यसलाई प्रिय पदार्थ बनाउन उद्यत देखिएका छन्। को पढे÷लेखेका, को अशिक्षित, को धनी, को गरिब, को पहाडे, को मधेसी, कोही बाँकी छैनन् यसका पारखी बन्न। न गर्मीले छेक्यो मदिरा पिउनेलाई न चिसो नै अवरोध बन्यो। त्यसैले त मुलुककै सबैभन्दा बढी ठाउँमा सर्वसुलभ बन्न सकेको छ मदिरा। यस्तै मदिरा सेवन गरेका कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ र २, रमदैयाका ९ जनाको मृत्यु भएको छ। अझै केही सिकिस्त अवस्थामा रहेका छन्। यस्तै अवस्था अन्यको पनि नहोस् भन्ने कामनाबाहेक केही गर्न सकिने अवस्था छैन। कहिले विषालु च्याउ खाएका कारण त कहिले विषाक्त मदिराका कारण मानिस मरेका म¥यै छन्। के खान हुने, के नहुने, कसरी खानुपर्ने, कति मात्रामा मात्र खानुपर्ने जस्ता खानपिनको व्यवस्थापन मिलाउने कुरामा हामी जानकार छैनौं। त्यसैले कहिले खान नपाएर मरेका घटना सुनिन्छन् त कहिले बढी खाएर। मदिरा पिएर मर्नेहरूका हकमा धेरैजसो दोस्रो कारण हाबी देखिन्छ। मदिरा ऐन २०३१ ले कुनै व्यक्तिले अनुमतिपत्रबेगर र अनुमतिपत्र पाएकाले पनि अनुमतिपत्रमा तोकिएको सर्तबमोजिम बाहेक मदिराको उत्पादन गर्न नपाउने उल्लेख गरेको छ। त्यसैगरी कसैले पनि प्लास्टिकको पोका (पाउच) मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्न नपाउनेतथा कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्न नहुने पनि सोही कानुनले व्यवस्था गरेको छ। अनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्न पनि पाइन्न।

नेपालमा त्यही वर्ष मदिराका कारण ३ हजार ९७२ जनाको मृत्यु भएको पनि उल्लेख छ। यसबाट मदिरा कसरी कालको नयाँ अवतारका रूपमा बिगबिगी मच्चाइरहेको छ भन्ने पुस्टिन्छ।

यस ऐनविपरीत काम गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि छ। साथै यस ऐन विपरीतको कुनै काम गर्न उद्योग गर्ने वा त्यस्तो काम गर्न दुरुत्साहन गर्ने वा सो काममा सहयोग गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पचास हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने पनि ऐनमा उल्लेख छ। त्यसैले सर्वप्रथम उनीहरू जुन मदिरालयबाट रक्सी किनेर ल्याए त्यो अनुमतिप्राप्त थियो वा थिएन भन्ने महत्वपूर्ण सवाल हो। त्यसपछिमात्र उसले रक्सी बनाउने तरिका, कसले बिक्री गरेको थियो, त्यसमा के के मिसिएको थियो र त्यो कानुनअनुसारको थियो÷थिएन भन्ने प्रश्न अघि आउँछन्। हुन त गाउँमा यस्ता मदिरालय छ्याप्छ्याप्ती रहेका पहिले पनि समाचार आउने गर्थे तर उनीहरूमाथि पर्याप्त निगरानी नराखिनु नै आज पुनः यस्तो घटना दोहोरिनुको मुख्य कारण बन्न पुगेको हो। २०७५ सालमा बेलायतको ल्यानसेट जर्नलमा प्रकाशित ‘मदिरा सेवन र १९५ देशमा यसको असर’ विषयक अध्ययनले विश्वमा मदिरा सेवनका कारण सन् २०१६ मा २८ लाख व्यक्तिको मृत्यु भएको जनाएको छ। नेपालमा त्यही वर्ष मदिराका कारण ३ हजार ९७२ जनाको मृत्यु भएको पनि उल्लेख छ। यसबाट मदिरा कसरी कालको नयाँ अवतारका रूपमा बिगबिगी मच्चाइरहेको छ भन्ने पुस्टिन्छ।

जनचेतना र मौजुदा कानुनको कडा कार्यान्वयन नै मदिरा र मदिरालयले निम्त्याउने विकृति नियन्त्रणका मुख्य दुई उपाय हुन भन्नेमा शंकै छैन। मदिरा सेवनले एकातिर आफ्नो ज्यान सिध्याउने काम भइरहेको छ भने अर्कोतिर हिंसालाई पनि बढावा दिइरहेको छ। समाजको अमनचयन बिथोल्नेदेखि घरेलु हिंसाको पारो बढाउनसमेत मदिरोन्मत्तहरूको सक्रिय भूमिका रहेकामा शंका छैन। कम्तीमा पनि स्थानीय प्रशासनले गाउँठाउँ भ्रमण गरेर चेतावनी दिने, कानुनी प्रशिक्षण÷जानकारी दिलाउने तथा नमानेमा कारबाहीमा जाने हो भने यस्ता विकृति स्वतः छिमोलिन्छन्। मदिरा सेवन गरेकै कारण धेरै व्यक्ति आपराधिक क्रियाकलापमा पनि संलग्न देखिन्छन्। उनीहरूलाई कारबाही गरेरमात्र यही कारण हुने विसंगति कदापि रोकिन्न। त्यसैले मदिरासँग जोडिएका विकृति, दुर्घटना न्यून पार्ने हो भने स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय बासिन्दाको त्रिकोणात्मक समन्वय हुनैपर्छ। हैन भने मदिराप्रेमीहरू काललाई दोष लगाउनबाट पन्छिइ ‘मदिरा सेवनका कारण मुत्यु’ हुने मार्गमा अग्रसर हुनेछौँ किनकिविश्व स्वास्थ्य संगठनका अनुसार पनि विश्वमा वार्षिक ३० लाखभन्दा बढीको मृत्यु यही कारण हुने गरेको छ।जुन संख्या एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेभन्दा बढी हो।

प्रकाशित: २ चैत्र २०७६ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल