१२ आश्विन २०७७ सोमबार
विचार

नेपाल भ्रमण वर्ष सफल पारौं

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘पर्यटन वर्ष २०२०’ घोषणा गरेको छ। यो सफल पार्न रात्रिबस सञ्चालन, सडक र सुविधाका लागि कदम चालिएका छन्। यसघिको भ्रमण वर्ष २०११ ले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि ७ लाख मात्रै पर्यटक नेपाल आए।  पछिल्लो २०१८ को तथ्यांकअनुसार नेपालमा ११ लाख पर्यटकले भ्रमण गरे, जसमा सबैभन्दा धेरै क्रमशः भारत, चीन, अमेरिका, र युकेबाट पर्यटक आए। २०२० मा २० लाख पर्यटक पुर्‍याउन थुप्रै रचनात्मक पहल तत्काल गर्न आवश्यक छ।

संसारकै सबैभन्दा बढी पर्यटक फ्रान्समा आउँछन्। २०१८ को तथ्यांकअनुसार ९ करोड मानिसले फ्रान्स भ्रमण गरे। फ्रान्सपछि संसारमा सबैभन्दा बढी पर्यटक आउने देशमा २०१८ को तथ्यांकअनुसार क्रमशः स्पेन (८ करोड ३० लाख), अमेरिका (८ करोड), चीन (६ करोड ३० लाख) र इटाली (४ करोड ६० लाख) पर्छन्। यी देशले पर्यटक भिœयाउन अपनाएका योजना र रणनीति हामीले केही अनुसरण गरे मात्रै पनि नेपाल आउने पर्यटकको संख्या सजिलै दोब्बर बनाउन सकिन्छ।

विश्वका सबै भूभागमा नेपाली पुगेका छन्। त्यस्तै, संसारका सबैजसो ठाउँबाट केही न केही मानिस नेपाल आएका छन्। नेपाल सरकारको २०१९ को तथ्यांकअनुसार नेपालले विदेशमा ३० दूतावास र ५७  वाणिज्य दूतावास स्थापना गरेको छ भने नेपालमा २६ देशका दूतावास र ४७ वाणिज्य दूत छन्। राष्ट्रिय समन्वय काउन्सिल(एनसिसी)अन्तर्गत हाल ७८ देशमा गैरआवासीय नेपालीको संगठन (एनआरएनए) छाता संगठनका रूपमा विस्तार भएका छन्। त्यस्तै, नेपालमा २६ भन्दा बढी देशका करिब २ सय आइएनजिओ दर्ता भएका छन् भने विदेशमा नेपालीका संस्था सयौं छन्।

‘अतिथि देवो भवः’ नारामा मात्र सीमित नगरी व्यवहारमै देखाउनुपर्छ। पाएका बेला कमाउने दाउले भविष्यमा आउन सक्ने पर्यटक पनि नआउन सक्छन्।

विदेशमै राम्रो विश्वविद्यालयमा पढेर वा काम गरेर नाम कमाउने थुप्रै नेपाली छन्, जसलाई पर्यटन दूत वा सद्भावना राजदूत बनाउन सकिन्छ। त्यस्तै, नेपाल र नेपालीलाई माया गर्ने कैयौं विदेशी छन्, तिनलाई नेपाल सरकारको मातहत समेटेर परिचालन गर्न सके, तिनले फुर्सदको समय नेपालबारे निःशुल्क प्रचार गरी सहयोग गर्न सक्छन्। तर यस्ता पदमा सही व्यक्ति पहिचान गरेर नियुक्ति गरिनुपर्छ। राजनीतिक आडमा मात्रै भएका अभ्यास र परिणामबाट पाठ सिक्नुपर्छ।

त्यस्तै, विदेशमा नेपाल भ्रमण वर्षसम्बन्धी प्रचार सामग्री पर्याप्त हुनुपर्छ। ती सामाग्री विदेशीका कार्यक्रममा पु¥याउन सकियो भने नेपालसम्बन्धी प्रचार गर्ने अवसर जुट्छ। पर्यटन वर्ष प्रवद्र्धन गर्नाकै निम्ति नेपालीले विदेशीबीच अन्तरक्रिया कार्यक्रम गर्न सक्छन्, जसमा अडियो, भिडियो, पोस्टर आदिमार्फत नेपाललाई संसारमा चिनाउन सकिन्छ। त्यसैगरी नेपाली रेडियो, एफएम र टेलिभिजनमा भ्रमण वर्ष २०२० को विज्ञापन बजाउनु÷देखाउनु साटो विदेशी मिडियामा हाम्रा कुरा पु¥याउन सके त्यसले विशेष महŒव राख्न सक्छ। विदेशमा गुड्ने बस, मेट्रो वा ट्रेनमा हाम्रो भ्रमण वर्षको पोस्टर टाँस्न पहल गर्न सकिन्छ।

अमेरिकालगायत केही विकसित देशमा नेपाली सांसद तथा अन्य प्रशासनिक पदमा काम गर्छन्, जसले ती देशसँग सहकार्यका लागि सहयोग गर्न सक्छन्। विदेशकै मिडियामा काम गर्ने नेपाली वा नेपाललाई माया गर्ने विदेशी, जुनसुकै क्षेत्रमा काम गरेका भए पनि तिनको सम्पर्कबाट थुप्रै ठाउँमा सम्बन्ध बढाउन सजिलो हुन सक्छ। विदेशमा रहेका सरकारी÷गैरसरकारी संस्था, तिनमा रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशीलाई सक्रिय बनाउन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष २०२० को समिति ठोस कदमसहित अघि बढ्नुपर्छ। सबैलाई जोडेर अघि बढ्न सके कम लागत र स्रोत–साधन भए पनि भ्रमण वर्ष सफल बनाउन सकिन्छ।

एकातिर संसारलाई नेपाल चिनाइरहँदा अर्कातिर नेपालका पर्यटकलाई खुसी र सहज पार्ने कुरामा हामी चुक्नु हुँदैन। भ्रमण वर्षकै अवसरमा नेपाली पर्यटनलाई थप आकर्षक बनाउन र विस्तार गर्न नेपालमा पर्यटनसम्बन्धी पूर्वाधार सुधार गर्नुपर्छ। पर्याप्त सवारीसाधन र सडक तथा २०७२ को भूकम्पमा भत्किएकै संरचना हेर्ने धेरैको मन हुन सक्छ, त्यसैले भएका भग्नावशेषको महŒव झल्काउने पोस्टर पर्याप्त राख्नुपर्छ। जुन धेरैलाई रुचिकर हुन सक्छ। बन्दै गरेका वा बन्न सुरु नभएका संरचनामा कुनै पर्यटकलाई योगदान दिन रुचि भएमा त्यसको पनि सहजीकरण गर्न सही सूचना र जानकारी दिई हाम्रा सम्पदा प्रवद्र्धन गर्न सकिन्छ।

यसो भन्दै गर्दा आएका पर्यटकलाई फेरि आउने वा ऊ फर्केपछि उसका माध्यमबाट अरू पर्यटक पनि आउने गरी बनाएर पठाउनुपर्छ। ‘अतिथि देवो भवः’ नारामा मात्र सीमित नगरी व्यवहारमै देखाउनुपर्छ। पाएका बेला कमाउने दाउले भविष्यमा आउन सक्ने पर्यटक पनि नआउन सक्छन्। आतिथ्य सत्कारले गर्दा नै फ्रान्समा विश्वकै मानिस ओइरिने गरेका हुन्। एकचोटिको आथित्यले पर्यटकलाई पटकपटक नेपाल डोर्‍याउन सक्नुपर्छ।

त्यस्तै, काठमाडौंलगायत पर्यटकीय गन्तव्यबारे पर्यकटलाई पर्याप्त सूचना र जानकारी दिनुपर्छ। जस्तो ः स्वास्थ्य, मौसम, सडक सुरक्षा आदि। आवतजावत गर्न पर्याप्त यातायात सुविधा, सुधारिएका बाटाघाटा व्यवस्था तथा प्रदूषण कम गर्न सक्नुपर्छ। काठमाडौंलगायत ठूला सहरमा गाडी र कलकारखानाबाहेक प्रदूषणको अर्को मुख्य कारण हो– सडकमा  उड्ने धुलो। त्यसैकारण सडकमा राम्रोसँग दिगो कालोपत्रे गरिनुपर्छ। यसले सवारी जामसमेत कम गर्छ।

हामीले भ्रमण वर्ष र नेपालबारे विश्वमा प्रचार गर्दा पनि विशेष ध्यान दिन जरुरी छ। जस्तो ः हामीले सधैं नेपाल भनेको उच्च हिमाल, बन्जी जम्प, ट्रेकिङ, हाइकिङ, प्याराग्लाइडिङजस्ता जोखिमयुक्त र साहसिक पर्यटनका लागि मात्रै उपयुक्त हो भनिरहेका छौं। तिनैलाई समेटेर हाम्रा अधिकतर पोस्टर र ब्रोसर बनेका छन्। हामीले प्रचार गरेका क्रियाकलाप मुख्यगरी युवा वर्गलाई मिल्छ। किनकि तिनको उमेर र शरीरले साहसिलो वा जोखिमपूर्ण काम गर्न सक्छन। अर्कातिर धेरैजसो युवा पढ्दै गरेका हुन्छन्, जसले गर्दा उनीहरूलाई घुम्न अभिभावकको भर पर्नुपर्ने हुन्छ। कमाउने उमेर भइनसकेका युवालाई मात्र हाम्रो कार्यक्रम लक्षित गर्दा विदेशी पर्यटकबाट सोचेजस्तो आर्थिक लाभ नहुन सक्छ।

कमाउने वर्ग वा अवकाश जीवन बिताइरहेका मानिससँग धेरै पैसा हुन्छ। ती समूहका घुम्न सौखिन मानिसका लागि उपयुक्त क्रियाकलाप गर्न सके धेरै आर्थिक लाभ लिन सकिन्छ। किनकि तिनले युवा वर्गले भन्दा बढी खर्च गर्न सक्छन्। तर जोखिमयुक्त काम गर्न उनीहरूको स्वास्थ्य र उमेरले दिँदैन। उनीहरूलाई त सौखिनयुक्त कार्यक्रम बनाउनुपर्छ। अवकाश जीवन बिताइरहेकाहरूको नेपालका हिमाल हेर्ने रहर सुरक्षित उडान र छोटो गुडानबाटै पूरा गर्न सकिन्छ। जस्तै ः कुनै हिमालको बेस क्याम्पसम्मै पुग्न पनि उनीहरूका लागि छुट्टै सानो दूरीमा आवास प्रबन्ध मिलाई धेरै दिन लगाएर हिमाल हेर्ने उनीहरूको सपना पूरा गर्न सकिन्छ। किनकि तिनलाई युवा वर्गलाई झैं पैसा अभावका कारण छोटो समयमा यात्रा सक्नुपर्ने बाध्यता हुँदैन।

हवाईजहाजबाट झर्नासाथ सीधै तारे होटलमा पु¥याएर विलासी पर्यटन जोड्न सकिन्छ। प्रमुख सहरमा बग्ने वाग्मती र विष्णुमतीजस्ता मुख्य नदी वा खोलाहरूलाई अलि व्यवस्थित मात्रै गर्न सके मात्रै पनि पर्यटकलाई सजिलै लोभ्याउन सकिन्छ। नीलो पानी बग्ने सफा खोला, तिनका किनारमा रुखबिरुवा र राताम्मे फूल अनि तिनलाई बसेर अवलोकन गर्न बेन्च व्यवस्था गर्ने हो भने पर्यटकलाई नेपालीपन बुझ्न वा बुझाउन गाह्रो पर्दैन। झट्ट सुन्दा कुरा झिनामसिना लाग्लान्, तर तिनले ज्यादै महŒव राख्छन्। फ्रान्सको राजधानी पेरिसमा सडकछेउ रहेका हजारौं रुखका फेदवरपर सानो बारजस्तो लगाएर फूल लागाउन सुरु गरिएको छ। रुखका फेदमा फुलेका फूलले सहरको शोभा निकै बढाएको छ।

नेपालमा धेरै पर्यटक आउने २०–३० देशको सूची बनाएर ती देशमा विशेष कार्यक्रमसहित भ्रमण वर्षको प्रचारप्रसार गर्न सक्यौं भने हामी मनग्गे पर्यटक भिœयाउन सक्छौं। ती देशमा पहिले धेरै जनालाई नेपालबारे थाहा भइसकेको हुँदा पर्यटनसम्बन्धी जुनसुकै कार्यक्रम गर्न पनि सजिलो हुन्छ। सन् २०१८ को तथ्यांकअनुसार विश्वमै अन्तर्राष्ट्रिय पर्यटनमा धेरै खर्च गर्ने देशमा क्रमशः चीन (४१६४,९ बिलियन), अमेरिका (४११०,८ बिलियन) र जर्मनी (४९२,२ बिलियन) पर्छन्। त्यसपछि क्रमशः बेलायत, रसिया, फ्रान्स, क्यानाडा, इटाली, अस्ट्रेलिया र ब्राजिल पर्छन्। सरसर्ती हेर्दा सबैजसो देशासँग नेपालको कूटनीतिक सम्बन्ध सुमधुर छ। यिनलाई भरपुर सदुपयोग गर्न सक्यौं भने भ्रमण वर्ष २०२० सफल पार्न मात्र नभई पर्यटनबाट देशमा आर्थिक क्रान्ति नै ल्याउन सम्भव हुन सक्छ।

अन्ततः हाम्रो आतिथ्यलाई झनै बढाएर पर्यटकलाई निम्तो, पर्याप्त सूचना, प्रविधि र पूर्वाधार सुधार र विकास गर्दै संसारभर छरिएर रहेका सबै नेपाली र नेपाललाई माया गर्ने सबै विदेशीसँग हातेमालो गर्नुपर्छ। यो महान् अभियानमा हामी सबै एकजुट भई नेपाल भ्रमण वर्ष २०२० सफल पारौं।

प्रकाशित: २९ मंसिर २०७६ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App