२४ जेष्ठ २०७७ शनिबार
विचार

विपद्का बेला युवा

नेपाली समाजको विकाससँगै अ‍ैंचोपंैचो, पर्म, सापटी, गुठीजस्ता अभ्यासले समाजमा एकलाई अप्ठेरो पर्दा अर्कोले सहयोग गर्ने संस्कार छ। नेपाली समाजको आधुनिकीकरणसँगै केही सामाजिक अभ्यासमा परिवर्तन भने भइरहेका छन्। तथापि, नेपाली समाजमा एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा हराइसकेको छैन।

गत महिना सिरहाको औरही गाउँ पुगें। मधेसी समुदायका विशेषगरी यादव जातिको बसोबास रहेको उक्त गाउँका सबै घरका छाना जस्तापाताका छन्। कामका सिलसिलामा मसँग मधेसी समुदाय बसोबास गर्ने क्षेत्रको अनुभव छ। त्यसकारण पनि यो गाउँको घरमा प्रयोग गरिएका सामानमा भएका भिन्नताले एकखाले कूतुहलता ल्याएको थियो। मैले काम गरेका मधेसी समुदायको बसोबास रहेको क्षेत्रमा जस्तापाताका भन्दा खर, फुसका छाना बढी देखेको छु। औरही गाउँमा भने सबै घरका छाना जस्तापाताका देखेपछि केही जिज्ञासा लाग्नु स्वाभाविकै थियोे।

विपद्का घटना हुँदा सबैभन्दा पहिले युवा गएर उद्धार÷राहतमा खटिन्छन्। तर त्यसपछि हुने राहत वितरण, पुनर्निर्माण, पुनस्र्थापनाका लागि हुने निर्णय प्रक्रियामा युवाको सहभागितालाई महŒव दिइँदैन।

यो त्यही गाउँ थियो, जहाँ २०६९ सालमा आगलागी हुँदा १ घण्टाभन्दा कम समयमा ४ सय ७० भन्दा बढी घर जलेर नष्ट भएका थिए। एक बालकको मृत्युका साथै ३ सय ४७ परिवारका २ हजार ६३ जना प्रभावित भएको थियो। जुन घटना राष्ट्रिय चासोको विषय बनेको थियो। आगलागीपछि सरकारी तथा गैरसरकारी निकायहरूको पहलमा पुनर्निर्माण भएका घरका छाना जस्तापाताको राखिएको स्थानीय युवासँगको छलफलबाट थाहा भयो।

यस क्रममा ती युवाले औरही गाउँले बर्सेनि बाढी, डुबान, सर्पदंश, शीतलहरजस्ता विपद्बाट प्रभावित हुनुपरेको दुखेसो गरे। औरही गाउँनजिकको खोलामा वर्षाका बेला बढ्ने बहावले डुबानलगायत समस्या आइरहन्छ। स्थानीय पालिका तथा अन्य गैरसरकारी संस्थाले विपद्को जोखिम कम गर्न प्रयास भने नगरेका होइनन्, तर पनि यसको स्थायी समाधान हुन सकेको छैन।

विपद्का कहालीलाग्दा घटना बेहोरेका औरहीवासीले बर्सेनि हुने यस्ता घटनाबाट के सिके त ? छलफलका क्रममा त्यहाँका युवाले सुनाएको अनुभव विपद्का घटना हुने अन्य ठाउँका युवाका लागि पनि शिक्षाप्रद छन्।

यही सालको वर्षामा औरही गाउँकै पर्ती टोलमा बाढी पस्यो। सयभन्दा बढी घर डुबानमा परे। औरही गाउँका युवाले अरूको मुख ताकेनन्। २०–२२ युवा पर्ती गाउँमा पुगेर डुबानमा परेका घरका मानिस तथा सरसामान सुरक्षित स्थानमा लैजान खटिए। डुबानबाट प्रभावितका लागि हप्ता दिनसम्म खाना बनाएर खुवाई पीडामा रहेका छिमेकीलाई मद्दत गरे। यसका लागि उनीहरूले सरकार वा संघ÷संस्थाको मुख ताकेनन्। बरु स्वतःस्र्फूत रूपमा युवा जोसका साथ उद्धार तथा पुनस्र्थापनाको काममा उनीहरूले योगदान दिए। औरही गाउँका युवाको यो प्रयास एउटा उदाहरण हो। विश्वका विभिन्न भागमा हुने विपद्का घटनामा युवाले यसैगरी आफ्नो तत्परता देखाएका छन्, स्वयंमसेवी र उत्तरदायी भएर।

नेपालको अहिलेको युवा जनसंख्यालाई ‘बोनस पपुलेसन’ का रूपमा लिइएको छ। यसमध्ये धेरै खाडीतिर छन्। कामको खोजीमा, परिवारको खुसीको खोजीमा। तर जे जति नेपालमा छन्, तीमध्येकै केही युवाले विपद्का घटनामा मानवीय सहायताका काममा योगदान दिएका छन्।

विपद्बाट बचाउने तथा त्यसमा परेका पीडितको उद्धार, तिनलाई राहत तथा तिनको पुनस्र्थापना गर्ने जिम्मेवारी राज्यको हो। यद्यपि हाम्रो देशमा भएका युवाको सीप र क्षमता विकास गर्न सक्यो भने मानवीय सहायताका काममा उनीहरूको संलग्नतालाई अझ बृहत् र प्रभावकारी बनाउन सकिन्छ। हरेक विपद्का घटना हेर्ने हो भने विशेषगरी १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ‘फस्र्ट रेस्पोन्डेन्ट’ देखिन्छ। विपद्बाट बालबालिका र वृद्ध बढी प्रभावित हुन्छन् भने उद्धार, राहतका काममा युवाको भूमिका बढी हुन्छ।

सिरहाका युवासँगको छलफलबाट विपद्का घटनामा मानवीय सहायता प्रदान गर्न युवा सहभागिता कम हुनाका केही विशिष्ट कारण छन्। उदाहरणका लागि मधेसी समुदायका महिला युवामा पुरुषलाई जति स्वतन्त्रता छैन। जसका कारण उनीहरू पुरुष युवाजति छिटो गएर मानवीय सहायतका काममा सहभागी हुन सक्दैनन्। विवाहित छन् भने पुरुषले घरका अभिभावकलाई सोधे हुन्छ, तर महिलाले श्रीमान्, सासू÷ससुरा र घरका अन्य सदस्यको पनि अनुमति लिनुपर्ने हुन्छ। जसले गर्दा उनीहरू त्यस्ता काममा सहजै सहभागी हुन कठिन छ।

समाजका ‘गन्यमान्य’मा युवा भनेका ‘आलाकाँचा’ हुन्, यिनले के गर्न सक्छन् र भन्ने सोच छ। जसका कारण पनि मानवीय सहायताका काममा युवाको सक्रिय सहभागितामा बाधा पुगेको छ। विपद्का घटना हुँदा सबैभन्दा पहिले युवा गएर उद्धार÷राहतमा खटिन्छन्। तर त्यसपछि हुने राहत वितरण, पुनर्निर्माण, पुनस्र्थापनाका लागि हुने निर्णय प्रक्रियामा युवाको सहभागितालाई महŒव दिइँदैन। यसले पनि युवालाई स्वफूर्त रूपमा विपद् व्यवस्थापन तथा मानवीय सहायताका काममा संलग्न हुनबाट वञ्चित गरेको छ।

अहिले विपद्का घटना न्यूनीकरण, रोकथाम तथा पीडितको उद्धार, उनीहरूलाई राहत र तिनको पुनस्र्थापनामा मुख्य भूमिका स्थानीय तहको छ। तर स्थानीय जनप्रतिनिधिहरू नै विपद् व्यवस्थापनबारे कति जानकार छन् भन्ने गम्भीर प्रश्न यथावतै छ। साथै स्थानीय पालिकाहरूले बनाउने विपद् रोकथाम तथा प्रतिकार्य योजनाहरूको निर्माण प्रक्रिया नै कत्तिको पारदर्शी र प्रभावकारी छ भन्ने अर्को प्रश्न हो। यस्ता योजना, रणनीति, कार्यविधि निर्माणमा विपद्का घटनाबाट पीडितको सहभागिता भयो कि भएन, युवाको सहभागिता भयो कि भएन, पीडितसँग परामर्श तथा छलफल गरियो कि गरिएन भन्ने पाटो पनि गौण छ। यी र यस्ता कारण स्थानीय निकायलाई विपद्सम्बन्धी काम गर्न स्पष्ट मार्गदर्शन पुगेको छैन। कतिपय पालिका विपद् रोकथाम तथा प्रतिकार्य योजना बनाएर अघि बढे तापनि तिनले प्रभावकारी नतिजा दिन सकेका छैनन्।

त्यसैले सरकार तथा गैरसरकारी संघ÷संस्थाहरूले स्थानीय युवा पहिचान गरी तिनमा स्वयंसेवी भावना विकास गर्ने, विपद् व्यवस्थापनमा खटिन आवश्यक सीप तथा क्षमता विकास गर्न अझ जरुरी छ। यसले क्षमता विकास भई स्वयंसेवी रूपमा मानवीय सहायताका काममा लाग्न युवालाई उत्पे्ररित गर्छ।

 

 

प्रकाशित: १४ कार्तिक २०७६ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल