६ वैशाख २०८१ बिहीबार
विचार

सेनाको आधुनिकीकरण

नेपाली सेनाले गएको सोमबार सेना दिवस मनायो। महाशिवरात्रि तथा सेना दिवसमा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प प्रदर्शनमा पूर्णबहादुर भण्डारी घाइते भए। सेनाले प्राविधिक कारणले दुर्घटना हुन गएको बतायो। घटना सामान्य देखिए पनि प्रमुख अंगरक्षक मानिने नेपाली सेना अझै आधुनिकीकरण भएको छैन भन्ने कुरा देखाइदिएको छ यसले। दिवसकै दिन नेपाली सेना घाइते हुनु भनेको सेनाको आफ्नै कमजोरी हो।

नेपाली सेनाले तत्कालीन सरकार र माओवादीबीच भएको समान्य द्वन्द्वबाहेक सन् १८१६ पछि कुनै युद्ध लडेको छैन। यसपछि भर्ती भएका नेपाली सेनालाई युद्धबारे कुनै ज्ञान छैन्। अनुभव नभएको कुनै पनि कुरामा पोख्त ज्ञान हुँदैन। पछिल्लो समयमा अन्तर्राष्ट्रिय युद्धमा नेपाली सेना सामेल छैन। नेपाली सेनाले आफ्नो क्षमता र शक्ति प्रदर्शन गर्ने दिनमै नेपाली सेना आफैँ घाइते हुन भनेको सेनामाथि नै प्रश्न उठ्नु हो। नेपाली सेनाको अभिभारा अझै सशस्त्र प्रहरीले बहन गरेको छ। नेपाली सेनालाई जुन किसिमको तयारी अवस्थामा राखिनुपथ्र्यो, त्यो पनि गरिएको छैन।

नेपाली सेनालाई चुस्तदुरुस्त बनाइ रक्षक अवस्थामा राखिनुपर्छ। सेनालाई पूर्ण सक्षम बनाउने विषयमा सरकार गम्भीर हुने गरेको छैन्। सेनाका लागि आवश्यक पर्ने हतियारसहित आवश्यक पर्ने सम्पूर्ण कुरा अभाव छ। त्यसमा न सरकारले ध्यान पु-याउन सकेको छ न त सेना आफैँले त्यो पूरा गर्न सकेको छ। २०६२÷०६३ को आन्दोलनपछि साङ्गठनिक अवस्था कमजोर छ। नागरिक, सेना र सरकारबीचको सम्बन्ध पनि सुदृढ भएजस्तो लाग्दैन। देशको शान्ति सुरक्षाका लागि सेनाले धेरै राम्रा काम गर्दै आए पनि अब सेनालाई संख्यात्मकरूपमा भन्दा पनि गुणात्मकरूपमा अघि बढाउनुपर्छ। सरकारले आपतकालीन अवस्थामा मात्र सेनालाई बाध्यताका रूपमा प्रयोग गर्ने र त्यसपछि कुनै चासो नदिने परिपाटी हटाउनुपर्छ। सेनालाई सरकारले मनलागीरूपमा प्रयोग गर्नुहुँदैन। सेनाको आफ्नै ऐन कानुन भए पनि त्यो ऐन÷कानुनअनुसार परिचालन हुन सकेको देखिन्न। त्यसो त सेनामाथि दिन÷प्रतिदिन राजनीतिक हस्तक्षेप बढ्दै गएको पनि छ। देशमा पटक÷पटक नेपाली सेना कति हुनुपर्छ भन्ने बहस हुन्छ। देशमा आएको शान्तिपछि नेपाली सेनाको संख्या घटाउने वा बढाउने भन्नेमा दुई मत छ। देशका लागि नेपाली सेना कति आवश्यक छ भन्ने कुराको निष्कर्ष निक्लिएको छैन।

सरकारी हस्तक्षेपका कारण कतिपय घटनामा सेना त्यत्तिकै विवादमा तानिने गरेको छ। यस्तो कार्यले कसैको हित गर्दैन। न सेनाको हित हुन्छ न त राष्ट्रकै। त्यसैले नेपाली सेनालाई विवादबाट मुक्त राख्न सक्दा तथा ऊसँग भएको स्रोत र विज्ञताको फाइदा उठाउन सक्दामात्र मुलुक अनि मुलुकबासीको हित हुन सक्छ। उसै त सबैजसो क्षेत्रमा राजनीतीकरण हाबी भइरहेका बेला सेनामा पनि यो बढ्दै गयो भने त्यो हानिको विषय हुनेछ। त्यसैले सेनालाई सक्दो आधुनिकीकरण गरेर बलियो बनाउनुपर्छ भने उसको शक्तिलाई मुलुकले भरपुर सदुपयोग गर्न सक्नुपर्छ। कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ, दैलेख

 

प्रकाशित: ३ चैत्र २०७५ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App