७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

भारतको अबको बाटो

भारतीय जनता पार्टी (भाजपा)ले आशा गरेअनुसार ठुलो जित हासिल गर्न नसके पनि नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा विरलै मानिने तेस्रो पाँच वर्षे कार्यकाल हासिल गरेका छन्। प्रस्ट छ, यो सहज जित थिएन।

उच्च मुद्रास्फीति र बेरोजगारीले विपक्षीलाई एकातिर झन् थप एकताबद्ध बनाएको थियो भने मोदी ठुला व्यवसायीको पक्षधर रहेको चित्रण गरिएको थियो। यही कारणले भाजपा नेतृत्वको गठबन्धनको विजयलाई सीमित पार्‍यो। यसैगरी, सम्पत्तिमा बढ्दो असमानताले मोदीलाई प्रायः कुरूप हिन्दु राष्ट्रवादको अपिल गर्ने दिशामा झन् बढी झुकाउन बाध्य तुल्यायो। यो आरोप विगतमा पनि उनलाई लाग्दै आएको थियो। यसैगरी भारतको मिडिया वातावरण पनि पछिल्ला वर्षमा अत्यधिक रूपमा ध्रुवीकृत भएको छ। अहिले धेरै मानिसहरूले एक दशकअघि मोदी पहिलोपटक निर्वाचित हुँदाको तुलनामा यथेष्ट समाचारहरू अनलाइन र सोसल प्लेटफर्ममा पाउने गरेका छन्।

भारतको पानीको अभाव भएको क्षेत्रमा समेत कृषकहरू पानी–सघन कृषिमा धेरै निर्भर छन्। त्यसपछि जलवायु परिवर्तन अर्काे चुनौती रहेको छ। भारतले यस वर्षको गर्मीमा तापक्रमको रेकर्ड कायम गरिसकेको छ। सत्य के हो भने करोडौं भारतीयसँग गर्मी र आर्द्रताबाट बच्ने कुनै उपाय नै छैन।

मोदी आफैं आफ्नो पार्टीभन्दा धेरै लोकप्रिय रहँदै आएका छन्। उनले व्यक्तिगत इमानदारीका लागि मानक निर्माण गरेका छन्। साथै, एक दशकसम्म सत्तारुढ रहँदा पनि उनकोे नाम निर्विवाद छ। करोडौं मानिसले दर्जनौँ भाषा बोल्ने भारतमा यो पक्ष महत्त्वपूर्ण बन्यो। मतदाताको संख्याको हिसाबले विश्वको सबैभन्दा ठुलो र लामो समयसम्म चलेको चुनावमा मतगणना सम्पन्न भएपछि मोदी फेरि ‘म्यान अफ द मोमेन्ट’का रूपमा देखा परेका छन्।

भारतलाई लोकप्रिय नेताको खाँचो छ किनभने यसले सामना गर्ने दीर्घकालीन चुनौतीहरू डरलाग्दा छन्। आगामी १० वर्षभित्र, भारतले पानीको गम्भीर अभावको सामना गर्नेछ र यसको कुनै स्पष्ट समाधान छैन। मोदीले कमजोर स्थानीय सरकारहरूसँग मिलेर काम गर्नुपर्नेछ। यी सरकारमध्ये धेरैजसो कृषिक्षेत्रको गरिने सहयोगका आधारमा उपलब्ध हुने राजनीतिक समर्थनमा निर्भर रहने गरेका छन्। भारतको पानीको अभाव भएको क्षेत्रमा समेत कृषकहरू पानी–सघन कृषिमा धेरै निर्भर छन्। त्यसपछि जलवायु परिवर्तन अर्काे चुनौती रहेको छ। भारतले यस वर्षको गर्मीमा तापक्रमको रेकर्ड कायम गरिसकेको छ। सत्य के हो भने करोडौं भारतीयसँग गर्मी र आर्द्रताबाट बच्ने कुनै उपाय नै छैन।

अर्काेतिर भारतको अर्थतन्त्रमा जटिल ठुलो संरचनात्मक समस्या छ। यो समस्याका लागि आधा जनसंख्या रहेका महिलाको खास योगदान छैन। भारतमा काम गर्ने सक्ने उमेरका एक तिहाइभन्दा कम महिलाहरू रोजगारी पाएका छन् अर्थात् श्रमशक्तिमा छन्। 

यसमा भारतको अत्यन्त खराब वायुको गुणस्तर थप्दा चुनौती झन् भयावह छ। भारतमा कोइलाबाट चल्ने प्लान्टले ठुलो स्तरमा उत्सर्जन गर्ने गरेका छन्। त्यसैले भारतलाई एकातिर अपेक्षित बलियो आर्थिक वृद्धिलाई कायम राख्न आवश्यक छ भने अर्काेतिर यसले गर्ने वातावरणीय क्षतिको आँकलन पनि गर्नुपर्नेछ। वातावरणीय चुनौतीले मानवीय पीडामा झन् वृद्धि गर्नेछ।

अर्काेतिर भारतको अर्थतन्त्रमा जटिल ठुलो संरचनात्मक समस्या छ। यो समस्याका लागि आधा जनसंख्या रहेका महिलाको खास योगदान छैन। भारतमा काम गर्ने सक्ने उमेरका एक तिहाइभन्दा कम महिलाहरू रोजगारी पाएका छन् अर्थात् श्रमशक्तिमा छन्। यसैगरी धेरै कम महिला सिइओ र कर्पोरेट बोर्ड सदस्यहरू छन्। उद्यम–पुँजी कोष (भेन्चर क्यापिटल)ले सहयोगमा सुरु भएका स्टार्टअपहरूमा महिलाको न्यून हिस्सा छ।

विशेषगरी चीन, जापान र युरोपका केही ठुला अर्थतन्त्रहरूसँग तुलनामा भारतसँग रहेको जनसांख्यिक लाभलाई आर्थिक फाइदाको रूपमा धेरैले चित्रण गरेका छन्। 

विश्व आर्थिक मञ्चले हालै सार्वजनिक गरेको ग्लोबल जेन्डर ग्याप रिपोर्टमा बंगलादेश, नेपाल र श्रीलंकाभन्दा भारतमा भारतमा लैंगिक असमान बढी छ। विश्वका कुल एक सय ४६ राष्ट्रमध्ये यो रिपोर्टमा भारतको स्थान १२७ औँ स्थानमा छ। यो चुनौतीलाई सम्बोधन गर्न मोदी र स्थानीय अधिकारीहरूले भारतमा रहेको ठुलो ग्रामीण जनसंख्या, अपांगता, गरिबी र रूढीवादी सामाजिक मूल्यसँग जुध्नुपर्नेछ।

विशेषगरी चीन, जापान र युरोपका केही ठुला अर्थतन्त्रहरूसँग तुलनामा भारतसँग रहेको जनसांख्यिक लाभलाई आर्थिक फाइदाको रूपमा धेरैले चित्रण गरेका छन्। यसो हुँदाहुँदै पनि आधा जनसंख्यामा रहेका भारतीय महिलाहरूले औपचारिक अर्थतन्त्रमा सामेल हुन कैयन् बाधा खेप्नु परेको छ र यसले भारतले जनसांख्यिक लाभको यथेष्ट फाइदा लिन सकेको छैन।

करिब डेढ अर्ब जनसंख्या रहेको भारतमा ठुलो जनसंख्या अझै गरिबीमा बाँचिरहेको छ। सन् २०२३ को ग्लोबल हंगर इन्डेक्समा समावेश गरिएका कुल १२५ मध्ये भारतको स्थान १११औं रहेको छ। पछिल्ला समयमा चीन उच्च–मध्यम आय भएको देश बनेको छ। तर भारत त्यो हैसियत हासिल गर्न अझै ठुलो दुरी तय गर्नुपर्नेछ।

 व्यापार र लगानीमैत्री वातावरणको हिसाबले कतिपय भारतीयहरूले संज्ञा दिएझैं भारत ‘चीन १’को हैसियत पाउन सक्छ। उत्पादन र आपूर्ति शृंखलामा रहेका जोखिममा हिसाबले धेरै पश्चिमी र एसियाली देशहरूका लागि भारत लगानीको आकर्षण केन्द्र बनेको छ।

भारतसँग रहेका संरचनात्मक चुनौतीका कारण मोदीले गरेको वाचाअनुसार विकास गर्न भारत असफल हुन सक्छ। यसले भारतलाई झन् सामाजिक र राजनीतिक अस्थिरताको चपेटामा धकेल्न सक्छ। मोदी आफैले विस्तार गरेको हिन्दु राष्ट्रवादले यसलाई झन् अप्ठेरोमा पार्न सक्छ। तर यसो हुँदाहुँदा पनि, भारतसँग रहेको वर्तमान भूराजनीतिक परिस्थितिले धेरै फाइदा दिन सक्छ। 

व्यापार र लगानीमैत्री वातावरणको हिसाबले कतिपय भारतीयहरूले संज्ञा दिएझैं भारत ‘चीन १’को हैसियत पाउन सक्छ। उत्पादन र आपूर्ति शृंखलामा रहेका जोखिममा हिसाबले धेरै पश्चिमी र एसियाली देशहरूका लागि भारत लगानीको आकर्षण केन्द्र बनेको छ। कैयन् बहुराष्ट्रिय निगमहरूले अब भारतलाई दीर्घकालीन पुँजी लगानीका लागि एक व्यावहारिक विकल्पका रूपमा लिएका छन् र एक आकर्षक बजारका रूपमा हेर्छन्। चीनको तुलनामा भारतको घरेलु पूर्वाधार लगानी कमजोर छ तर यो बढ्दो क्रममा छ।

 भारत चीन त होइन तर हाल भारतमा दैनिक व्यापार सञ्चालन नियमित रूपमा अवरुद्ध हुँदैनन्। यसैगरी, भारतले उच्च लाभ लिने उत्पादन क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता बढाएको छ। भारतले हाल धेरै मोटरसाइकल, कार र अन्य सामानहरू बाह्य विश्वमा निर्यात गर्छ।

प्रमुख व्यापाािरक सहर मुम्बईमा निर्माण भएको नयाँ राजमार्ग पुल र सुरुङहरूले विश्वको सबैभन्दा खराब सहरी ट्राफिकको रूपमा चिनिने आवागमन सहज बन्दैछ। यसैगरी बिजुली, सञ्चार र इन्टरनेटको उपलब्धतामा पनि भारतमा खास अवरोध छैनन्। भारत चीन त होइन तर हाल भारतमा दैनिक व्यापार सञ्चालन नियमित रूपमा अवरुद्ध हुँदैनन्। यसैगरी, भारतले उच्च लाभ लिने उत्पादन क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता बढाएको छ। भारतले हाल धेरै मोटरसाइकल, कार र अन्य सामानहरू बाह्य विश्वमा निर्यात गर्छ। यसअघि कल्पनै नगरिएका हिसाबमा यी उत्पादनका गुणस्तर पनि विश्वसनीय छन्।

भारतको सबैभन्दा ठुलो विदेश नीति चुनौतीमा चीन, पाकिस्तान र म्यानमारसँगका सीमाक्षेत्रमा रहेका छन्। यी तीनवटै देशले भारतका लागि सुरक्षा समस्या खडा गर्छन्। छिमेकीसँग रहेका समस्याभन्दा बाहिर बाह्य विश्वमा रहेका महत्त्वपूर्ण अवसरहरूलाई मोदीले बढी ध्यान दिएका छन्। यो विषय अमेरिकासँग मात्र सम्बन्धित छैन। नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जोकसैले जिते पनि अमेरिकासँग भारतको निकट सम्बन्ध कायम हुने देखिन्छ। त्यति मात्र होइन, ग्लोबल साउथमा मोदीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

 शितयुद्ध पश्चात् उदयमान भएको भारतको उदयलाई विश्वका धेरै राष्ट्रले स्वागत गरेका छन्। यो विरलै घटना हो। भारतसँग दीर्घकालीन चुनौती छन्। 

गत वर्ष जी २० समूहको बैठकको सफलतापूर्वक सम्पन्न गरेर विकसित र विकासोन्मुख देशबीच भारतले सेतुको भूमिका निर्वाह गर्ने संकेत र आकांक्षा प्रकट गरेका छन्। शितयुद्ध पश्चात् उदयमान भएको भारतको उदयलाई विश्वका धेरै राष्ट्रले स्वागत गरेका छन्। यो विरलै घटना हो। भारतसँग दीर्घकालीन चुनौती छन्। तर देशभित्र विद्यमान मोदीको अपिल र अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको प्रतिष्ठाले आगामी दशकमा विश्वमा भारत महत्त्वपूर्ण हैसियतमा पुग्न सक्ने देखिन्छ।  

–ब्रेमर युरेसिया ग्रुपका अध्यक्ष हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App