२ असार २०८१ आइतबार
image/svg+xml
विचार

बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका

आफूले जन्म लिएको परिवारको धार्मिक विश्वास वा मान्यतालाई नै सामान्यतः अनुशरण वा पालना गर्ने गरिन्छ भन्ने ठानिन्छ। तर कतिपय व्यवहारमा त्यस्तो पाइँदैन। भारतमा मुस्लिम परिवारमा जन्मेका मुमताज लाल श्रीमको परिचयबाट परिचित छन्, योग ध्यानको शिक्षा मात्र दिँदैनन्, हिमालयको यात्रा गर्छन्। ‘हिमालय वासी गुरुको साये मे एक योगीका आत्मचरित’ पुस्तकसमेत रचना गरेका छन्।

विश्वप्रसिद्ध पुस्तक ‘अटोबायोग्राफी अफ योगी’का रचयिता परमहंश योगानन्दका शिष्य राय युजिन डेविस हिन्दु परिवारमा जन्मेका थिएनन्। उनले ‘परमहंश योगानन्द जैसा मैंने उन्हे जाना’ भन्ने कृति नै लेखेका छन्। (उनले अंग्रेजीमा लेखेका कृतिको अनुवाद आशालता चौधरीले गरेकी छन्), उनी ‘स्पिरिचुअल अवेरनेस’ का संस्थापक पनि हुन् जसको मुख्यालय उत्तरपूर्वी जजिर्यामा छ भनिन्छ। फ्रान्समा जन्मेकी मिरा रिचर्ड स्वामी श्री अरविन्दको जीवनभर आध्यात्मिक सहायक भएर ‘मदर मिरा’ नामले विश्व प्रसिद्ध भइन्।

आध्यात्मिक बाटो आफैँले तय गरिन्छ वा अस्तित्वले नै त्यस्ता आध्यात्मिक पात्रलाई छान्ने गर्दछ यसको जवाफ त आध्यात्मिक चिन्तक वा ज्ञाताले मात्र दिन सक्छन् भन्ने लाग्दछ, राहुल सांकृत्यायन र भिक्षु म्याथु रिकाको जीवनको अध्ययन गर्दा त्यस्तै लाग्छ। राहुल भारतमा हिन्दु परिवार जन्मेका थिए भने म्याथु रिका फ्रान्सको क्याथोलिक परिवारका सन्तान थिए।  

मावली हजुरबुवाले उनलाई विभिन्न स्थानको विषयमा बताउने गर्थे। त्यसको प्रभाव उनको जीवनमा पर्‍यो भनेर जानकारहरू बताउँछन्। उनी सानैमा घर छाडेर भाग्छन्। उनको भगौडायनकै कारणले हुनुपर्छ, राम दुलारी देवीसँग केटाकेटीमै उनको अभिभावकले विवाह गरिदिन्छन्। सबैले ‘बडकी माई’ भनेर सम्बोधन गर्ने गरेको राम दुलारी अनन्त प्रतीक्षामा रहिन्। 

‘चरैवेति–चरैवेति’ भन्ने वाक्यको भाव राहुलको जीवनशैलीमा लागु भएको थियो। कहिल्यै एक ठाउँमा स्थित नभएर निरन्तर परिवर्तन भइरहने ‘घुम्मकड शास्त्र’ का लेखक राहुलको जन्म भारतको उत्तर प्रदेशको ‘पन्दहा’ (आजमगढ) मा मावली घरमा ९ अप्रिल १८९३ मा भएको थियो। बाबु गोवर्धन पाण्डे र आमाकुलवन्तीका चारजना छोरामध्ये उनी कान्छा थिए। उनको केदारनाथ पाण्डेको नाममा नामकरण गरिएको थियो। रामशरण पाठकको एकमात्र सन्तान उनकी आमा भएकाले बाल्यकाल मामाघरमा बित्यो जुनबेला उनको जन्म भएको थियो। त्यसबेला महात्मा गान्धी अफ्रिकामा थिए भने स्वामी विवेकानन्द ‘धर्म सभामा’ सहभागी हुन अमेरिकामा थिए। सन् १९६३ अप्रिल १४ मा मृत्युवरण गरेका राहुलको भनाइ नै थियो–

सैरकर दुनिया की गाफिल जीन्दगी फिर कहाँ।।  

जिन्दगानी गुर रही, तो नौजवानी फिर कहाँ।।

मावली हजुरबुवाले उनलाई विभिन्न स्थानको विषयमा बताउने गर्थे। त्यसको प्रभाव उनको जीवनमा पर्‍यो भनेर जानकारहरू बताउँछन्। उनी सानैमा घर छाडेर भाग्छन्। उनको भगौडायनकै कारणले हुनुपर्छ, राम दुलारी देवीसँग केटाकेटीमै उनको अभिभावकले विवाह गरिदिन्छन्। सबैले ‘बडकी माई’ भनेर सम्बोधन गर्ने गरेको राम दुलारी अनन्त प्रतीक्षामा रहिन्। तर राहुलले यो विवाह स्वीकार गरेनन्, सानैमा विवाह भएको कारण घरबाट भागे भन्ने गरिए पनि यथार्थमा त्यस्तो होइन, स्वभावका कारण भगौडा भएका हुन भन्ने कतिपयको भनाइ छ।

श्रीलंकामा रहँदा पाली, सिंहली भाषा र बौद्ध ग्रन्थको अध्ययन गरे । किसान तथा राजनीतिक आन्दोलनमा सहभागी भए, कांग्रेस भए, पछि कम्युनिस्ट बने। जेल परे। चारपल्ट तिब्बत गए दुर्गम बाटोबाट, बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू खच्चरमा बोकाएर ल्याए। 

मावली हजुरबुवा उनलाई कलेक्टर बनाउन चाहन्थे, त्यसैले उर्दु र अंग्रेजी पढ्नका लागि मदरसामा पनि पढे। आर्य समाजमा पनि बसेका उनी सन् १९१२ मा १९ वर्षको उमेरमा दुवै पाखुरामा शंचक्री मुद्रा डामेर उनी रामानुजी साधु राम उदार दास भए। सन् १९२९ तिर उनले आफ्नो नाम दामोदर साङकृत्यान लेख्न थाले (रोचक घिमिरे, सम्झनामा फक्रिएका थुँगाहरू)। पछि लखनउमा पञ्जाबका ब्राह्मण परिवारका भजन आनन्द कौशल्यान भिक्षु बनेर भोजानन्द भएका हुन्छन्, उनीसँग राहुलको भेट हुन्छ त्यसपछि बौद्ध साहित्य पढ्छन। दुवैजना श्रीलंका जान्छन्। तीन वर्ष बौद्ध दर्शन पढ्छन। ३७ वर्षको उमेरमा सन् १९३० मा श्रीलंकामा बौद्ध सम्प्रदायमा दीक्षित भएर भिक्षु बनेपछि उनको नाउँ राहुल सांकृत्यायन रहन गयो (ऐ. रोचक घिमिरे)।

बौद्ध साहित्यको गहन अध्ययन गरेका राहुलले धर्म, दर्शन, लोक साहित्य, इतिहास, राजनीति, जीवनी, पुरातत्व, संस्कृति आदि कुनै यस्तो विधा छैन जसमा उनले कलम चलाएको नहोस्। श्रीलंकामा रहँदा पाली, सिंहली भाषा र बौद्ध ग्रन्थको अध्ययन गरे । किसान तथा राजनीतिक आन्दोलनमा सहभागी भए, कांग्रेस भए, पछि कम्युनिस्ट बने। जेल परे। चारपल्ट तिब्बत गए दुर्गम बाटोबाट, बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू खच्चरमा बोकाएर ल्याए। त्यसरी ल्याएको सामग्री मित्र इतिहासविद् डा.काशीप्रसाद जयसवालको घरमा थन्काए। अहिले ती बिहार विश्वविद्यालयको पुस्तकालयमा छ भन्ने भनाइ छ।

उनी रुसको लेलिनग्रादमा जान्छन्, रुसी भाषा सिक्छन्, पुस्तकालय प्रमुख लोलासँग प्रेम हुन्छ। लोला गर्भवती हुँदा भारत आउँछन्। आन्दोलनको क्रममा जेल पर्छन्। पछि लोलाले छोरा पाउँछिन् जसको नाम इगोर राखिएको थियो। पछि आफूलाई टाइप गर्न सघाउने कमलासँग उनको वैवाहिक सम्बन्ध कायम हुन्छ।

राहुलले तिब्बती भाषाको कोश तयार गरे। त्यसपछि तिब्बती हिन्दी शब्दकोश तयार गरे। ‘महामानव बुद्ध’ लेखेका उनका अन्य कृतिहरूमा ‘वोल्गा से गंगा’, ‘मेरी जीवन यात्रा’, ‘बाइसवी सदी’, ‘घुम्मकड शास्त्र’, ‘लद्दाखकी यात्रा’, ‘किन्नर देश’, ‘ल्हासा की ओर’, ‘दिमागी गुलामी’, ‘दर्शन–दिग्दर्शन’, ‘मानव समाज’, ‘वैज्ञानिक भौतिकवाद’, ‘मध्य एशियाको इतिहास’लगायतका थुप्रै पुस्तक लेखे। अकबरको जीवनी लेखे। उनमा प्राज्ञिक इमानदारिता र इतिहासको सम्मानको प्रवृत्ति थियो।

उनी रुसको लेलिनग्रादमा जान्छन्, रुसी भाषा सिक्छन्, पुस्तकालय प्रमुख लोलासँग प्रेम हुन्छ। लोला गर्भवती हुँदा भारत आउँछन्। आन्दोलनको क्रममा जेल पर्छन्। पछि लोलाले छोरा पाउँछिन् जसको नाम इगोर राखिएको थियो। पछि आफूलाई टाइप गर्न सघाउने कमलासँग उनको वैवाहिक सम्बन्ध कायम हुन्छ। जसबाट छोरी जया र छोरा जेता जन्मन्छन्। महामना मदनमोहन मालवीयलगायत काशीका विद्वान्हरूले दिएको ‘महापण्डित’ उपाधिबाट थाहा हुन्छ–उनी शताब्दीकै दिव्य प्राज्ञ पुरुष थिए, जसले कुनै विश्वविद्यालयबाट उपाधि प्राप्त गरेका थिएनन्।

बौद्ध साहित्यको उत्खनन्मा महत्वपूर्ण योगदान पुर्‍याएका राहुलको अन्तिम अवस्थामा उनको साथमा नेपाली बौद्ध भिक्षु महानाम थिए। उनले नै बौद्ध पद्धतिअनुसार अन्त्येष्टि संस्कार गराए। 

रोचक घिमिरेको ‘महापण्डितको नेपाल सम्बन्ध’ भन्ने आलेख पढ्दा लाग्छ, नेपालसँग उनको कति गहिरो सम्बन्ध थियो भनेर। १५/१६ वर्षको किशोर वयमा प्रभाव पार्ने नेपाली थिए उमरपुरका परहंस बाबा जसको सम्बन्धमा कृतज्ञताका साथ प्रशस्त शब्द उनले खर्चेका छन्। जसको विस्तृत चर्चा गर्न सम्भव भएन। आश्चर्य लाग्नेखालको छ। पटक–पटक नेपाल आएका उनको सम्बन्ध हुने नेपालीहरूमा राजगुरू हेमराज, श्री ३ चन्द्रशमशेर, पाटनका बज्रदत्त वैद्य, चिनिया लामा, (उनको घरमा तिब्बतका धर्म गुरु डुक्पासँग भेट) असनका धर्ममान साहू, मृगेन्द्रशमशेर, केशरशमशेर, मोहनशमशेर, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, केदारमान व्यथित, धर्मरत्न यमी आदि थिए। ईश्वर बल्लभका बाबु पण्डित मुरलीधर भट्टराईसँग भने कटाक्ष परेको प्रसङ्ग निक्कै रोचक छ। 

बौद्ध साहित्यको उत्खनन्मा महत्वपूर्ण योगदान पुर्‍याएका राहुलको अन्तिम अवस्थामा उनको साथमा नेपाली बौद्ध भिक्षु महानाम थिए। उनले नै बौद्ध पद्धतिअनुसार अन्त्येष्टि संस्कार गराए। त्यसक्षणको वर्णन अत्यन्त मार्मिक लाग्छ। पद्मभुषण पुरस्कारले सम्मानित राहुलका कालजयी कृतिले उनलाई जीवन्त बनाएका छन्।

त्रिविमा स्नातकोत्तर तहमा गणित विषय पढाउने पौडेलको छापाखाना व्यवसाय पनि थियो, यसै मेसोमा छपाइकै कारण लोचपा पुण्यप्रसाद पराजुली र म्याथु रिकासँग भेट हुन्छ। विश्वव्यापीरूपमा प्रसिद्ध उक्त पुस्तक अनुवाद गर्ने उत्प्रेरणा संन्यासी बाबुका छोरा भएकाले पनि पौडेलमा भएको हो कि भन्ने लाग्छ। 

बुबा जाँ फ्राँ–स्वाँ हवेल र छोरा म्याथु रिकाको सम्वादमा आधारित पुस्तक ‘द मङ्क एन्ड द फिलोसफर’ को नेपाली अनुवाद ‘भिक्षु र दार्शनिक’ गुहनाथ पौडेलले गरेका छन्। अनुवादक पौडेलका पिताले पं. नयराज पन्तको सान्निध्यतामा लामो समय बिताएका थिए। जीवनको उत्तरार्धमा संन्यास ग्रहण गरेर ज्ञानानन्द पुरीको नामले जीवन बिताएको कुराले यो कस्तो संयोग हो भन्ने पनि लाग्यो। त्रिविमा स्नातकोत्तर तहमा गणित विषय पढाउने पौडेलको छापाखाना व्यवसाय पनि थियो, यसै मेसोमा छपाइकै कारण लोचपा पुण्यप्रसाद पराजुली र म्याथु रिकासँग भेट हुन्छ। विश्वव्यापीरूपमा प्रसिद्ध उक्त पुस्तक अनुवाद गर्ने उत्प्रेरणा संन्यासी बाबुका छोरा भएकाले पनि पौडेलमा भएको हो कि भन्ने लाग्छ। २०६८ सालमा प्रकाशित कृति त्यसबेला २३ भाषामा अनुवाद भइसकेको छ।

दार्शनिक बाबु जाँ फ्रा–स्वा हवेल तथा कलाकार आमा यान्हला तुमलाका छोरा म्याथु रिकाको जन्म फ्रान्समा सन् १९४७ मा भएको थियो। उनको परिवार क्याथोलिक धर्ममा विश्वास राख्थ्यो। उनले कोषहरूको आनुवांशिकी विषयमा विद्यावारिधि हासिल गर्छन्। सन् १९७२ मा भारत आउँछन् र बौद्धभिक्षु काग्युर रिम्पोछेलाई भेट्छन्। दिल्गो खेन्चो रिन्पोछेका निकटवर्ती शिष्य भएर रहन्छन्।

 बुद्ध जयन्तीको दिन १८ औं  शताब्दीका बौद्ध गुरु शान्तिदेवले भनेको भनाइ पुस्तकबाट साभारयुक्त लाग्यो–संसारमा भएका सबै आनन्द अरूको सुखको चाहना गरेर नै आएको हो,संसारमा भोग्नुपरेको सबै दुःख आफ्नै मात्र सुखको खोजीमा लागेर काम गर्नुको फल हो।

बाबु र छोराको बीचमा सम्वादका रूपमा रहेको कृतिमा वैज्ञानिक अनुसन्धानदेखि आध्यात्मिक खोजसम्म, बौद्ध धर्म वा दर्शन, चित्तको विद्या, यथार्थको खोजी बौद्ध अध्यात्मवाद, हिंसाको मूल पछ्याउँदै, बौद्ध धर्मको अवनति र पुनरुत्थान, बौद्ध धर्म र मरण वैयक्तिक प्रधानता, बौद्ध धर्म र मनोविश्लेषणलगायतका विषयमा चर्चा गरिएको छ।

बुद्ध धर्म सम्बन्धमा कुनै ज्ञान नभएका लागि पनि पुस्तक ज्ञानप्रद् छ। यस्ता कृतिहरूको जानकारी बौद्धधर्मप्रति जिज्ञासु र खोजी गर्नेहरूले जानकारी पाउनुपर्छ भन्ने लाग्यो। बुद्ध जयन्तीको दिन १८ औं  शताब्दीका बौद्ध गुरु शान्तिदेवले भनेको भनाइ पुस्तकबाट साभारयुक्त लाग्यो–संसारमा भएका सबै आनन्द अरूको सुखको चाहना गरेर नै आएको हो,संसारमा भोग्नुपरेको सबै दुःख आफ्नै मात्र सुखको खोजीमा लागेर काम गर्नुको फल हो।

म्याथु नेपाल आउँदा बौद्ध नजिकै शेछेन गुम्बामा बस्छन्। तर उनका पुस्तक ‘जर्नी अफ इन्लाइटमेन्ट’, ‘दि क्वान्टम एन्ड द लोटस’ ‘ह्यापिनेस’, ‘ह्वाइ मेडिटेट’ आदि पुस्तक लेखेका छन्। 

बाल स्वभावका प्राणी आफ्नै लागि मात्र हेर्छन्, बुद्धहरू अरूकै भलाई गर्ने प्रयत्न गर्छन्।

कृतिको अन्त्यमा भिक्षुले भनेका छन्– ‘अनुभव नै मार्ग हो।’ बुद्धले बारम्बार भन्नुभए जस्तै ‘अनुशरण गर्ने तिमीमा नै भर पर्छ। कुनै दिन सन्देशबाहक नै सन्देश बन्न सक्छ।’

म्याथु नेपाल आउँदा बौद्ध नजिकै शेछेन गुम्बामा बस्छन्। तर उनका पुस्तक ‘जर्नी अफ इन्लाइटमेन्ट’, ‘दि क्वान्टम एन्ड द लोटस’ ‘ह्यापिनेस’, ‘ह्वाइ मेडिटेट’ आदि पुस्तक लेखेका छन्। बुद्ध जयन्तीको अवसरमा म्याथु रिकालाई नमन, राहुल सांकृत्यायनलगायत सबै भिक्षुमा नमन। गुहनाथ पौडेल र अनुवादमा सेतुको भूमिका निर्वाह गर्ने लोचवा पुण्यप्रसाद पराजुलीप्रति आभार।

प्रकाशित: १० जेष्ठ २०८१ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App