१९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल टाउनसिपमा श्वेत सरकारका पुलिसद्वारा काला जातिमाथि गरिएको ज्यादतिपूर्ण नरसंहारलाई सम्झनु आज पनि सान्दर्भिक छ। अझै, सबै प्रकारका जातीय भेदभाव उन्मूलनका लागि मनाइने अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा, जातिवादको संरचनात्मक स्वरूपले आधुनिक समाजमा पनि जरा गाडिरहेको परिवेशमा व्याप्त जातीय विभेदलाई हामीले समष्ठीगत रूपमा बुझ्नु अब पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको छ।
हालको मानवशास्त्रीय र प्राचीन अनुवांशिक प्रमाणले यो संकेत गर्छ कि मानिसका समूहबीचको भेदभाव प्राचीन समयमा पशुपालनबाट कृषिमा जाने संक्रमणकालमा कृषिजन्य उपजको बचत असमानरूपमा वितरण गर्ने परिपाटीबाट सुरु भएको थियोर त्यसपछि विश्वव्यापीरूपमा फैलिएको हो। मध्यकालीन युगको जर्जर सामाजिक विभेदबाट कोल्टे फेर्दै मानव सम्मानको मूल्यर मान्यता स्थापित भइसकेको २१औँ शताब्दीमा हामी आइपुग्दा पनि जातीय भेदभावको प्रणाली अझै अस्तित्वमा रहेको वास्तविकताका कारण समाजमा गहिरो रूपमा गाँजिएर जातिवादको संरचनात्मक रूपले निकै गहिरो जरा गाडेकाले नै हो।
फलस्वरूप, विश्वभर विभिन्न क्षेत्रमा जाति प्रणालीहरू समयसँगै विकसित भएका हुन्, जस्तै वर्णाश्रममा आधारित दक्षिण एसियामा प्रचलित जातीय भेदभाव, संयुक्तराज्य अमेरिकामा अफ्रिकी–अमेरिकीहरूर मूल निवासीहरूविरुद्धकोरंगभेदी जातिवाद, क्यानडामा आदिवासीहरूविरुद्ध औपनिवेशिक जातिवाद, पश्चिम अफ्रिकाका जातिहरूबीच विभेद्, दक्षिण अफ्रिकाको कुख्यात अपार्थाइडरंगभेद, ल्याटिन अमेरिकाका कास्टास,र वंशाणुगत जातीय पदानुक्रमका अन्य रूपहरू जो अझै पनि पूर्वी एसियामा सक्रिय छन्।
जातिवाद वा अन्य जुनसुकै नश्लवादमा आधारित सामाजिक स्तरीकरण प्रणालीहरू भए पनि तिनका एउटै मूल तत्त्व हुन्छन् अमानवीकरण, असमानतार निन्दाको व्यवहार। जुन एक प्रभावशाली समूहले एक सीमान्तकृत समूहलाई आफ्नो सामन्ती विशेषाधिकारर शक्ति प्रयोग गरेर सम्पूर्ण स्रोतहरूर सुविधाहरू आफूले हत्याउने एक मात्र उद्देश्यका लागि गर्छ।
कोभिड–१९ महामारीको प्रारम्भिक चरणमा खासगरी अमेरिकामा अफ्रिकी–अमेरिकी, ल्याटिनक्स, आदिवासीर एसियाली मूललगायतका रंगभेदित मानिसहरूलाई अत्यधिक बिरामीर मर्ने मानिसहरूका रूपमा प्रभावित बनायो। यसको मुख्य कारण थियो–संरचनात्मक जातिभेदविरुद्ध मनपरी स्थिति। जसअनुसार ती प्रभावित मानिसमा नै कोभिड–१९ को संक्रमण बढी हुनेगरी ‘फ्रन्टलाइन’ वामूलकरोजगारीका कर्मस्थलमा उनीहरूको सघन उपस्थिति थियो।
यसैबीच अमेरिकामा जर्ज फ्लोयडको हत्याबाट फैलिएको नश्लवाद विरोधी प्रदर्शनसँगै ‘बेस्टसेलर’ पुस्तक लेखिका इसाबेल विल्करसनको पुस्तक, ‘कास्टः द ओरिजिन्स अफ आवर डिसकन्टेन्ट्स’ ले जाति नै सबै जातिभेदको मूल सूत्रधार हो भन्ने अवधारणाले पश्चिममा व्यापक ध्यान आकर्षण गरायो।
साविकमा विश्व–विचारको मान्यतामा भने अमेरिकी जातिवादसँग भारतीय उपमहाद्वीपमा व्याप्त जाति सम्बन्धित नभएको धारणा व्यापक गराइएको थियो। अब हामी अनुमान गर्छौं कि ऐतिहासिकरूपमा गहिरो जरा गाडेको प्रणालीगतर संरचनात्मकरंगभेदी जातिवादलाई श्वव्यापीरूपमा वर्णमा आधारित जातीयतामा आधारित सामाजिक–आर्थिकर सांस्कृतिक विचलनको साझा मूल कारणका रूपमा विचार गर्नु आवश्यक छ जुन हाल सम्पूर्ण मानवताका लागि सरोकारको विषयवस्तु हुन आउँछ।
यद्यपि, वर्णवंशमा आधारित भेदभावको प्रमाणलाई पूर्ण दायराको एकीकरण अझै नगरिएको अवस्था छ। यसलाई ऐतिहासिकरूपमा सिर्जना गरिएको विश्वव्यापी सामाजिक संरचनाका रूपमा बुझ्न सूचना एवं ज्ञानको विश्वव्यापी जातीय साहित्यलाई एकीकरण गर्नु महत्त्वपूर्ण भएको छ।
पश्चिमारंगभेदी जातीय भेदभावर दक्षिण एसियाली वर्णश्रम जातीय भेदभाव, तिनको साझा मूल उत्पत्तिर आर्य सर्वोच्चताको इतिहासको गाथासहित १७औँ शताब्दीदेखि संसारभरी औपनिवेशिक युगमा अगाडि बढेको थियो। अमेरिकी समाजमा गहिरो ऐतिहासिक जरा गाडेको संरचनात्मक नश्लवादबाट काला मानिसहरूर मूल निवासी अमेरिकीहरू नकारात्मकरूपले प्रभावित छन् भन्ने कुरा राम्रोसँग दस्ताबेज गरिएको छ भने नेपाली मानवशास्त्री डोरबहादुर बिष्ट नेपालमा कायमरहेको अमानवीय जातीय भेदभाव १८औँ शताब्दीदेखिको औपनिवेशिक आयात हो भन्ने कुरामा विश्वस्त थिए।
अमेरिकामा संरचनात्मक नश्लवादर दक्षिण एसियामा संरचनात्मक जातीय भेदभाव दुवैले उनीहरूका पीडित जनजीवनका हरेक पक्षमा असमानताको बोझ उत्पन्न गरी थोपरिराखेका छन्। यी बोझलाई बुझ्न धेरै अर्थशास्त्रीर समाजशास्त्रीहरूले वर्गीयरूपमा व्याख्या गरेको पाइन्छ।
तथापि, आर्थिक तथा सामाजिक प्रभाव छुट्टाइ सांख्यिकीय विश्लेषण गर्दा पनि जाति–जातिबीच हुने सामाजिक तथा भौतिक असमानताका बोझहरू बाँकीरहेबाट समाजमा व्याप्त समष्टीगत असमानता संरचनात्मक रूपले मूल कारक (जातीय विभाजन)र अनेक मध्यस्थकारकहरू (शिक्षा, आय, घरबास,रोजगारी, स्वास्थ्य, सामाजिक सद्भाव आदि) बीच गाँजिएको प्रष्ट हुन्छ।
जसलाई सुधार गर्नराज्यका समष्टीगत संरचनात्मक नीतीहरूको आवश्यकता पर्छ। खासगरी सदियौँदेखि व्याप्त जातीय भेदभावका कारण पीडित समूहहरूमा अन्तरपुस्ता आघातको बोझरहने भई त्यसबाट दीर्घकालीन मानसिक तनाव हुने हुन्छ।
जसले गर्दा शरीरमा न्युरोनलर हर्मोनल असन्तुलनबाट एलोस्टेटिकलोड’ हुने भई मधुमेहरोग, उच्चरक्तचाप, मानसिक विकार जस्ता स्वास्थ्यका बोझ पैदा हुन जान्छन्। अर्कोतर्फ २१औँ शताब्दीसम्म पनि सामाजिकरूपमा निर्मित जातीय विभेदको कुप्रथाको निरन्तरता भइरहनु समग्र मानव समाजका लागि बोझ बनेको छ।
२१औँ शताब्दीमा नेपाल अहिले ऐतिहासिक मोडमा पुगेको छ। धार्मिक परम्पराको आडमा हुर्केकोर सन् १८५४ मा जारी देशको पहिलो मुलुकी संहिताको कानुनमार्फत लागु गरिएको कठोर पदानुक्रमित जातीय भेदभावदेखि हालको प्रगतिशील लोकतान्त्रिक समाजवादउन्मुख संविधानद्वारा पंक्तिबद्ध गरिएको कालखण्डसम्म आइपुग्दा सबै प्रकारका भेदभावल प्रतिबन्धित गर्ने कानुन क्रमशः निर्माण हुँदै गर्दाको परिवर्तनशील अवस्थालाई एक सुन्दर भविष्यको आशा किरण मान्न सकिन्छ। तथापि, नयाँ कानुनहरूको कमजोर कार्यान्वयन र प्रवर्द्धन गर्ने निकायहरूमा निमुखा विभेदित जातीय समूहहरूको यथोचित प्रतिनिधित्व अहम् बनेको छ।
–रसाली ब्रिटिस कोलम्बिया विश्वविद्यालय जनसंख्या र जनस्वास्थ्य स्कूल, क्यानाडाका बाह्य–प्रदायक प्राध्यापक हुन्।
प्रकाशित: ८ चैत्र २०८० ०६:५६ बिहीबार