२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

अलबिदा आत्मीय साथी

आत्मीय साथीको अकालमा निधनमा मन सम्हाल्न मुस्किल हुँदोरहेछ। पंक्तिकारको पढ्दादेखिका साथी र केही दिन पहिलेसम्म मन्त्री पद सम्हालिरहेका पृथ्वीबहादुर सिंहको दुःखद निधनको खबरले अहिले मुटु झस्किरहेछ। गत ५ गते बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका १ जिवलीखेत भन्ने ठाउँमा गाडी दुर्घटना भयो।

गत जेठ ५ गते सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए। नियुक्तको महिना दिनमै उनको निधनले सुदूरपश्चिममा शोक छाएको छ। पृथ्वीबहादुर सिंहको अभाव पूरा हुन सक्ने छैन। सुदूरपश्चिमको माटोमा बझाङ जिल्लाका कार्यकर्ता मात्र नभएर उनीसँग परिचित सबैजना सिंहलाई सम्झेर यही भनिरहेछन्। बोलीमा मिठासपन र व्यवहारमा सरलताका कारण सिंह पार्टीभित्र लोकप्रिय नेताका रूपमा परिचित थिए।

जिल्लाको दुर्गम गाउँपालिका साइपालसम्म पुग्ने, त्यहाँका बासिन्दासँग भेटघाट गर्ने यातायात, स्वास्थ्य, खाद्यान्नलगायतका समस्या समाधान गर्ने योजना उनको थियो। यसैगरी गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा चुनावमा बझाङी जनताले विजयी बनाएपछिको खुसी साट्न र दुःख मेटाउन जिल्ला भ्रमणमा निस्केका थिए। अकल्पनीय घटनाले ती सबै सपना विलिन भए।

आत्मीय साथीको अकालमा निधनमा मन सम्हाल्न मुस्किल हुँदोरहेछ। पंक्तिकारको पढ्दादेखिका साथी र केही दिन पहिलेसम्म मन्त्री पद सम्हालिरहेका पृथ्वीबहादुर सिंहको दुःखद निधनको खबरले अहिले मुटु झस्किरहेछ।

जिल्लामा धार्मिक कार्यक्रम सम्पन्न गरेर धनगढी पुग्दा धेरै कार्यकर्तासँग पंक्तिकारको जेठ अन्तिम साता भेटघाट भयो। सबैको एउटै माग थियो–जय पृथ्वी राजमार्गको स्तर कायम राख्ने, शिक्षा, स्वास्थ्यसम्बन्धी क्षेत्रमा प्रत्येक पालिकामा बजेट विनियोजन गर्ने, महिला र बालबालिकाको हितका लागि विशेष योजना ल्याउने, जिल्लाका धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्र संरक्षण गर्ने।

यसैगरी २०७८ असोज–कात्तिकमा जिल्लाको अन्नको भण्डार मानिएका छान्ना र थलारा क्षेत्रमा आएको पहिरोबाट निधन हुन पुगेका व्यक्तिका परिवारलाई राहत÷सहयोग दिनेलगायतका विविध मागको पोको बोकी सबैथरी अगुवा कार्यकर्ताको समूह तत्कालीन मन्त्री सिंहको कार्यकक्षमा दिनहुँजसो उपस्थित हुन्थ्यो। सिंहसँगको संक्षिप्त भेटमा पंक्तिकारले पनि माथि उल्लिखित शीर्षकको बजेटका साथै तलकोट गाउँपालिकाअन्तर्गतका केही समस्या पनि पूरा गरिदिन अनुरोध गरेको थियो। उनले पूरा गर्ने आश्वासन दिएका पनि थिए। २०३१÷३२ मा श्री सत्यवादी हाइस्कुल बझाङमा कक्षा ९ र १० मा अध्ययन गर्दा एउटै बेन्चमा बसेर सँगै पढेको याद दिलाए साथीहरूबीच। आखिर त्यो नै हामीबीचको अन्तिम भेट हुन पुग्यो।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका सबै राजनीतिक दलसँग उनको सम्बन्ध व्यावहारिक थियो। कानुन व्यवसायीका नाताले जिल्लाबासी उनलाई भरोषाका दृष्टिले हेर्ने गर्थे। अनेकौँ मुद्दामामिलाको टुंगो लगाउनमा सरकारी वकिलले पनि उनको राय लिने गर्थे। विद्यार्थी राजनीतिदेखि सक्रिय उनी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दा नेविसंघबाट स्ववियु सभापति चुनिएका थिए। पञ्चायतकालमा विद्रोहीका रूपमा पञ्चायतको सभापति पदमा प्रत्याशी बनेका सिंह २०५८ सालपछि कांग्रेसमा सक्रिए भएर लागिपरे।

२०६२/०६३ सालको जनआन्दोलनमा नेताहरू डा. सुरेश मल्ल, अर्जुनजङ्गबहादुर सिंह, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, चेतराज बजाल, प्रताप गुर्धामी, रमेश भण्डारीहरू र यो पंक्तिकारलगायत जिल्लाका साथी काठमाडौँका धेरै ठाउँमा थुनिँदा उनले लोकतन्त्रका पक्षमा धेरै सहयोग गरे। जिल्लाको संगठन विस्तारका साथै थुनामा परेका बन्दीको पनि विशेष हेरचाह गरेको कुरा याद आउँछ। यसैगरी सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।

कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एक भएका बेला २०६३ सालमा सिंहलाई जिल्ला संयोजक र सत्यराज भण्डारीलाई सहसंयोजकको जिम्मेवारी दिइयो। यसैगरी २०६८ सालमा भएको जिल्ला अधिवेशनबाट उनलाई दोस्रो पटकका लागि सभापति निर्वाचित गरेका थिए कार्यकर्ताले। साइपाललाई विशेष गाउँपालिका बनाउन यो पंक्तिकार र पृथ्वीबहादुर सिंहका साथै पूर्वमन्त्री भानुभक्त जोशी, नेकपा माओवादीका देवराज रेग्मीको पनि महŒवपूर्ण भूमिका छ।

२०६२/०६३ सालको जनआन्दोलनमा नेताहरू डा. सुरेश मल्ल, अर्जुनजङ्गबहादुर सिंह, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, चेतराज बजाल, प्रताप गुर्धामी, रमेश भण्डारीहरू र यो पंक्तिकारलगायत जिल्लाका साथी काठमाडौँका धेरै ठाउँमा थुनिँदा उनले लोकतन्त्रका पक्षमा धेरै सहयोग गरे।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन सीमा निर्धारण आयोगलाई विशेष जोड दिएपछि मात्र साइपाल विशेष गाउँपालिकाका रूपमा स्थापित भएको हो। यीबाहेक सिंहसँग बस्दा र काम गर्दाका धेरै अनुभव छन्। देशकै दुर्गम गाउँपालिका साइपालका बासिन्दाको खाद्यान्न र स्वास्थ्य अवस्था बुझ्न सदरमुकाम चैनपुरदेखि ५ दिनको पैदल यात्रा ग¥यौँ। जंगलको बाटो भएर हिँड्नुपर्ने हुँदा एक रात “पानी मूल” भन्ने ठाउँमा ओडारमुनि बास बसेको याद आउँछ। अर्जुनजङ्गबहादुर सिंह, पृथ्वीबहादुर सिंह र यो पंक्तिकारलगायत १० जनाको टोली खानाको अभावमा पानी पिउँदै गुट्मुटिएर जंगलको बीचमा रात बिताउन बाध्य भयौँ। जिल्लामा सक्रिय राजनीति गर्न हामीहरूको एउटै समूह थियो। जसको नेतृत्व अर्जुनजङ्गबहादुर सिंहले गर्थे। जसलाई देउवा समूह भनिन्थ्यो।

यसैगरी कोइराला समूहको नेतृत्व सत्यराज भण्डारी र चेतराज बजालले गर्थे तर चुनावताका हाम्रो सम्बन्ध गाढा हुने गथ्र्याे। गाउँका समस्यासँग प्रत्यक्ष संलग्न भएको र सबैलाई समान व्यवहार गर्ने बानीका कारण सिंह जिल्लामा लोकप्रिय नेताका रूपमा परिचित बने। जिल्लामा आइपर्ने कुनै पनि समस्यालाई सरल तरिकाले समाधान गर्नु उनको विशिष्ट गुण थियो।

बझाङ मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको भूमि हो। मानवताको शिक्षा जिल्लाभर लागु गरिनुपर्छ भन्ने मान्यता राख्दै महिला र दलित वर्गलाई सम्मानका दृष्टिले हेरिनुपर्छ भन्ने सोच सिंहमा थियो। यसबारे एमालेबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता अफिलाल उखेडा पृथ्वीबहादुर सिंहलाई सम्झँदै भन्ने गर्छन्–“हामी दलितलाई माया गर्ने नेता पनि हुन् पृथ्वीबहादुर सिंह। २०७४ कोे स्थानीय चुनावमा जयपृथ्वी नगरपालिकाको उपप्रमुखमा कांग्रेसतर्फबाट अमृता सिंह मैदानमा उत्रनुभएको थियो। केही झिनो मतका कारण उहाँको पराजय भए तापनि नगरबासीहरूले उहाँको योगदान सम्झिराखेका छन्।

कैलालीको गोदावरीदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको २६९ किमि सडकमा विगत १५ वर्षदेखि सयौँ व्यक्तिले दुर्घटनामा परी ज्यान गुमाइसके। बैतडीको खोड्पेदेखि बझाङ चैनपुरसम्मको सडकको अवस्था बेवारिसे जस्तै छ। अधिकांश ठाउँमा यात्रा गर्दा राम नाम जप्नुपर्छ। मापदण्ड विपरित निर्मित जयपृथ्वी राजमार्गलाई स्तर उन्नतिका लागि बर्सेनि सरकारले प्रशस्त मात्रामा बजेट विनियोजन गर्छ। तर सदुपयोग नगरिँदा दुधिलाखाँद, वजपानी, ढोल्याको मोड, श्रीभावर, देउलेक, सुनकुडा लगायतका डरलाग्दा ठाउँमा भविष्यमा यात्रा गर्दा निकै होसियारी गर्नुपर्ने देखिन्छ। ती ठाउँको यात्रा गरी सदरमुकाम चैनपुर पुगिने हुँदा यात्राभर सबैको मन कम्पित भैरहन्छ। पृथ्वी सिंह कति लोकप्रिय रहेछन् भन्ने जानकारी धनगढी र बझाङ चैनपुरमा उनको शव यात्रामा शोकाकुल हजारौँ मानिसको उपस्थितिले देखाउँछ।

बझाङ मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको भूमि हो। मानवताको शिक्षा जिल्लाभर लागु गरिनुपर्छ भन्ने मान्यता राख्दै महिला र दलित वर्गलाई सम्मानका दृष्टिले हेरिनुपर्छ भन्ने सोच सिंहमा थियो।

परराष्ट्र मन्त्री एनपी सावद, सुदूरपूर्वका मुख्य मन्त्री कमल शाह, कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, पूर्वमन्त्री डा. सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, भानुभक्त जोशी, नरेशबहादुर सिंह, महासमिति सदस्य सत्यराज भण्डारी, जगतप्रसाद जोशी, नगरप्रमुख चेतराज बजाललगायत कांग्रेस, माओवादी केन्द्र र एमाले नेता कार्यकर्तालगायत हजारौँको अन्तिम श्रद्धाञ्जलिमा उपस्थिति थियो।

गत साल समाजवादी चिन्तक प्रदीप गिरी, दुई वर्षपहिले जनवादी गायक जेबी टुहुरे, ३ वर्षपहिले हवाई दुर्घटनामा परी तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको दुःखद निधन हुँदा यो मन बेचैन भएको थियो। अहिले सिंहको निधनले त्यस्तै पीडादायी अवस्थामा पुर्‍याएको छ।

असल साथीको अप्रत्याशित निधनले जताततै अभाव देखिरहेछु। पृथ्वीबहादुर सिंह र उनकी पत्नी अमृता सिंहले जिल्लाबासीसँग सुख दुःख साट्ने, भलाकुसारी बाँड्ने मौका पाएनन्। नेपाल सरकारले कुशल चालकलाई मात्र सवारी अनुमतिपत्र दिने, निगरानी राख्ने प्रचलन कायम गर्नु अनिवार्य छ। हजारौँ यात्रुले दिनहुँ पहाडी भूखण्डमा यात्रा गर्नुपर्ने भएकाले दुर्घटना कम गर्नका लागि “सवारी संयन्त्र निकाय” गठन गरिनुपर्ने आवश्यकता देखिन्छ। मन्त्रीमा नियुक्त भएपछि उनको स्वागत गर्नका लागि तयार पारिएका सयौँ सयपत्री माला आखिरमा उनैको अन्तिम श्रद्धाञ्जलिका लागि अर्पण गरिए। उनको पार्थिक शरीरमा छोराहरू अभिषेकबहादुर सिंह र आदेशबहादुर सिंहले दागवत्ती दिए। श्रद्धाञ्जलिका यिनै शब्दका साथ अलबिदा आत्मीय साथी तथा नेता पृथ्वीबहादुर सिंह। 

प्रकाशित: १३ असार २०८० ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App