२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

नदीको स्वच्छता

सफा पानी र हरित ऊर्जा मानव जातिका लागि नभई नहुने वस्तु हुन्। जसको समुचित उपलब्धतामा मान्छेको जीवन आरामले बित्ने गर्छ र सभ्यता विकास गर्न सजिलो हुन्छ। पछिल्लो समय मानव जातिले खानेपानीको समस्याका साथै ऊर्जा संकटको सामना गरिरहेको छ। यिनै कारणले वैकल्पिक पानीका स्रोतहरू र कम ऊर्जा समाधानहरू खोज्न बाध्य छ विश्व समुदाय। यो आलेखमा नदीहरूको स्वच्छता र सफा पानीका बारेमा वर्णन गरिएको छ।

युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार चारमध्ये एक जना आफ्नो घरमा सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको अभावमा छन् र विश्वको लगभग आधा जनसंख्या उचित रूपमा व्यवस्थित सरसफाइ नभएका ठाउँमा बस्छन्। खराब पानी, र सरसफाइ अभावका कारणले गर्दा वार्षिक १४ लाख मानिसको मृत्यु हुन्छ र ७४ लाखले आफ्नो जीवन अल्पायुमा सक्न विवश छन् (विश्व बैंक २०२२)।

सफा पानी र हरित ऊर्जा मानव जातिका लागि नभई नहुने वस्तु हुन्। जसको समुचित उपलब्धतामा मान्छेको जीवन आरामले बित्ने गर्छ र सभ्यता विकास गर्न सजिलो हुन्छ।

‘सफा पिउने पानी र सरसफाइमा पहुँच मानव अधिकार हो र यो गरिबीविरुद्ध लड्न बिल्कुल महत्वपूर्ण छ,’ युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (युएनइपी) मरिन र फ्रेस वाटर शाखाका प्रमुख संयोजक लेटिसिया कार्भाल्हो भन्छिन्, ‘हामीले यस ठाउँमा हाम्रो कामलाई नाटकीय रूपमा मापन गर्न आवश्यक छ वा हामी यस्तो अवस्थालाई जोखिममा राख्छौं जहाँ अर्बाैं मान्छे स्थायी रूपमा पछाडि छोडिन्छन् र जहाँ हाम्रा जल निकायहरू बिग्रँदै जान्छन्।’

दिगो विकास लक्ष्य-६ (इसडिजी ६) सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको उपलब्धता एवम् दिगो व्यवस्थापन सुनिश्चित गर्नु हो। दिगो विकास लक्ष्यअनुसार राम्रो भविष्यका लागि मानवताको खाका, २०३० सम्म पिउने पानी र सरसफाइमा विश्वव्यापी पहुँच एवम् ताजा पानीको इकोसिस्टमको संरक्षण र पुनर्स्थापनाका लागि आह्वान गरेको छ।

दिगो विकास लक्ष्य-६ (इसडिजी ६) सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको उपलब्धता एवम् दिगो व्यवस्थापन सुनिश्चित गर्नु हो।

दिगो विकास लक्ष्य ११ मा सस्टेनेवल सिटी र कम्युनिटी लक्ष्य १३ मा पानी मुनिको जीवन माछाजस्ता जलचरहरूको सुरक्षा रहेको छ। यो बृहत्तम प्रतिज्ञाको लक्ष्यमा पुग्न विश्वले मानिसलाई सुरक्षित रूपमा व्यवस्थित पानी सञ्जाल र सरसफाइ प्रणालीहरू जडान गर्न आफ्नो प्रयासलाई चौगुणा बढाउनुपर्ने आवश्यकता छ। पिउने पानीको पहुँचमा नेपालको राष्ट्रिय स्कोर ८७ रहेको छ भने सन् २०३० को लक्ष्य ९९ रहेको छ। सबैभन्दा कम स्कोर ६४.५ सहित कर्णालीमा छ।

बढ्दो माइक्रोप्लास्टिक

माइक्रोप्लास्टिक भनेको वातावरणमा पाइने प्लास्टिकको सूक्ष्मतम टुक्रा हो। यसलाई पाँच मिमीभन्दा कम व्यासका प्लास्टिकका कणहरू भनेर परिभाषित गरिएको छ। विश्वमा आजकल प्लास्टिकको बढ्दो प्रयोगका कारण नदी र समुन्द्रमा प्लास्टिकको मात्रा धेरै छ। प्रत्येक वर्ष लगभग ८.८ मिलियन टन प्लास्टिक फोहोर समुद्रमा फालिन्छ।

यो प्लास्टिकको २ लाख ७६ हजार टन हाल समुद्रमा तैरिरहेको छ। बाँकी डुबेको वा किनारमा तैरिने सम्भावना छ। यो विशाल प्लास्टिक प्रदूषण समुद्री पारिस्थितिकीय प्रणालीका सबै क्षेत्रमा फैलिन सक्छ।

जब प्लास्टिक कणहरू संकुचित हुन्छन् र ससाना माइक्रोप्लास्टिकमा परिणत हुन्छन्, तिनीहरूलाई वन्यजन्तुहरूले सजिलै उपभोग गर्न सक्छन्, जुन आज जलमार्गमा ठुलो समस्या हो। व्हेलहरूको पेटमा चिरेर हेर्दा प्लास्टिक देखिएको घटनाले सबैलाई दुखित बनाएको छ। यसले मानिसको आन्द्रा, फोक्सो, कलेजो र मस्तिष्कका कोषहरूमा विषाक्तता निम्त्याउँछ। यसले समुद्री, वन्यजन्तु र जैविक विविधतालाई नोक्सान पुर्‍याउँछ। यसले पिउने पानी प्रदूषित गर्छ।

माइक्रोप्लास्टिक भनेको वातावरणमा पाइने प्लास्टिकको सूक्ष्मतम टुक्रा हो। यसलाई पाँच मिमीभन्दा कम व्यासका प्लास्टिकका कणहरू भनेर परिभाषित गरिएको छ। 

बेलायतको थेम्स नदीमा विश्वको कुनै पनि नदीको भन्दा बढी माइक्रोप्लास्टिकको मात्रा उच्च रेकर्ड स्तरमा पाइएको छ। वैज्ञानिकहरूले गरेको मापन अनुसार प्रति सेकेन्ड ९४ हजार माइक्रोप्लास्टिकहरू नदीमा बग्छन्। यो मात्रा अन्य युरोपेली नदीहरू जस्तै डेन्युब र राइनमा मापन गरिएको भन्दा बढी हो। टेम्स नदीमा बस्ने (कार्ब) केकडाको शवभित्र प्लास्टिकका ससाना टुक्रा भेटिएका छन्।

नदी, तालतलैया र सिमसारको प्रदूषण

वन्यजन्तु ट्रस्टका अनुसार बढ्दो प्रदूषणको स्तरले १० प्रतिशत ताजा पानी र सिमसारका प्रजातिहरू लोप हुने जोखिममा छन्। वेल्स र इङ्गल्यान्डमा प्रदूषणका कारण हुने रोगले ३८ प्रतिशत माछाको स्वास्थ्य जाँच असफल भएको छ। बेलायतका सबै नदीमा गरिएको प्रदूषण र त्यसको गुणवत्तासम्बन्धस् परीक्षणमा सबै नदी अनुत्तीर्ण भएको तथ्य बहिरिएसँगै नदी, तालतलैया र सिमसार जसरी पनि बचाउनुपर्छ भन्ने एउटा ठुलो सामाजिक बहस सुरु भएको छ।

विश्वका ८५ प्रतिशतभन्दा बढी प्राकृतिक सिमसार क्षेत्र पहिले नै हराइसकेको छ र ७५ प्रतिशत जमिनको सतह उल्लेखनीय रूपमा परिवर्तन भएको छ, जसले पृथ्वीको पारिस्थितिकीय तन्त्रको दिगो पानीलाई समर्थन गर्ने क्षमतालाई घटाउँछ।

वन्यजन्तु ट्रस्टका अनुसार बढ्दो प्रदूषणको स्तरले १० प्रतिशत ताजा पानी र सिमसारका प्रजातिहरू लोप हुने जोखिममा छन्।

दिगो पानी व्यवस्थापनको माध्यमबाट पानी, खाद्य र ऊर्जा सुरक्षाको सुरक्षा, सबैलाई खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने, मानव स्वास्थ्य र जीविकोपार्जनलाई सहयोग गर्ने, जलवायु परिवर्तन र चरम मौसमका घटनाको प्रभावलाई न्यूनीकरण गर्ने र पारिस्थितिक प्रणालीको दिगो र पुनस्र्थापना जल व्यवस्थापनले प्रदान गर्ने बहुमूल्य सेवाहरू हुन्।

कहाँबाट आउँछ प्रदूषण?

खराब पानीको गुणस्तरको मुख्य कारण निम्न हुन् ः कृषिमा रासायनिक मल र कीटनासक औषधीको अत्यधिक प्रयोगले इङ्ग्ल्यान्डमा ४० प्रतिशत पानी प्रदूषणका लागि जिम्मेवार भनी पहिचान गरिएको पानी कम्पनीहरूद्वारा प्रशोधित ढल निकासले ३५ प्रतिशतका लागि जिम्मेवार छन्।

सडक र सहरबाट तथाकथित ‘रन–अफ’ जसमा तेलजस्ता प्रदूषकहरूले १८ प्रतिशतका लागि जिम्मेवार छन् तर कार्डिफ युनिभर्सिटीका इकोलोजिस्ट प्रोफेसर स्टिभ ओर्मेरोडले अन्य खतराको पनि चेतावनी दिन्छन्, ‘हामीले उदाउँदा प्रदूषकहरू फार्मास्युटिकल्स, माइक्रोप्लास्टिकहरूसँग आउने जोखिम बुझ्न आवश्यक छ। हामीलाई थाहा छैन, यस चरणमा उनीहरूले भविष्यमा कति ठुलो समस्या ल्याउनेछन्।’

अमेजनलाई विश्वको सबैभन्दा ठुलो खुद्रा बिक्रेता मानिन्छ। गत वर्ष यसले २ लाख ११ हजार मेट्रिक टन प्लास्टिक प्याकेजिङ फोहोर जम्मा गरेको थियो। जसमध्ये १० हजार टन विश्वको ताजा पानी र समुद्री पारिस्थितिकीय प्रणालीहरूमा पुगेर समाप्त भयो। यसरी ठुला कम्पनीहरू हाम्रा पानीका स्रोत प्रदूषित पार्ने काममा सबैभन्दा अघि देखिन्छन्।

अमेजनलाई विश्वको सबैभन्दा ठुलो खुद्रा बिक्रेता मानिन्छ। गत वर्ष यसले २ लाख ११ हजार मेट्रिक टन प्लास्टिक प्याकेजिङ फोहोर जम्मा गरेको थियो।

साइलेन्ट स्प्रिङ (मौन वसन्त) लाई विश्व परिवेशमा मानव सिर्जित कारणबाट वातावरणमा पर्न गएको नकारात्मक असर उजागर गर्ने पहिलो प्रभावशाली वैज्ञानिक पुस्तकका रूपमा लिइन्छ। यो चर्चित पुस्तक सन् १९६२ मा अमेरिकी लेखिका रचेल कार्सनद्वारा लेखिएको हो।

कार्सनले उक्त पुस्तकमा किटनासक औषधीको अत्यधिक प्रयोगबाट समस्त वातावरण तथा मानव स्वयम्लाई पर्न गएको नकारात्मक असरलाई तथ्यपरक तथा वैज्ञानिक आधारमा पुस्ट्याइँ गर्दै वातावरण संरक्षणमा सामाजिक आन्दोलनको आवश्यकतालाई अगाडि बढाएकी हुन्।

नदीहरूको देश नेपाल

नेपालमा ६ हजार हिमनदी छन्, जसबाट ४५ हजार मेगावाट जलविद्युत् निकाल्न सकिन्छ। नेपालको हिमवत् खण्ड प्राचीन कालदेखि ऋषि मुनिहरूको तपोभूमि रहेको सत्य ऐतिहासिक पुराण, महाभारतजस्ता पुस्तकहरूमा उल्लेख भएको पाइन्छ।

वेदमा प्रकृतिका पाँच मुख्य रूप (आकाश, वायु, तेज, पानी र पृथ्वी) लाई पञ्चमहाभूत भनी व्याख्या गर्दै पृथ्वीलाई जननी संज्ञा दिइएको छ।

महाभारतमा भनिएको छ, ‘‘पुनाति कीर्तिता पापं द्रष्टा भद्र प्रयच्छति। अवगाढा च पीता च पुनात्या सप्तम कुलम।’ गंगाको उच्चारण मात्रले सबै पाप नाश हुन्छन्। दर्शन मात्रै गर्नाले गङ्गा कल्याण गर्छिन्। स्नान गर्नेको सात पिँढीलाई गङ्गा पवित्र पार्छिन्। यस्ती पवित्र गङ्गामा मलमूत्रको पाइप मिसाउने, सहरको फोहोर लगेर बिसर्जन गर्नेलाई कस्तो महापाप लाग्ला?

नारायणी नदी सफाइमा अदालतको अन्तरिम आदेश

चितवनको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तर पश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तरबाट बगेर आउने त्रिशूली नदी र बुढीगण्डकी–मर्स्याङ्दी मिसिएर बनेको नदीलाई नारायणी नदी भनिन्छ। यस नदीलाई शप्त गण्डकी समेत भनिन्छ।

देवघाट धाम तथा भरतपुर नगरलाई देव्रे पार्दै बगेको यो नदी माथि नारायणगढ र गैंडाकोट जोड्ने पक्की पुल रहेको छ। यो नदीले चितवन तथा नवलपरासी जिल्ला तथा लुम्बिनी र वाग्मती प्रदेशलाई छुट्याएको छ। नवलपरासीको त्रिवेणीबाट यो नदी भारत प्रवेश गर्छ। भारतमा यसलाई गण्डक नामले चिनिन्छ। यो नदीले चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा कायम राख्न पनि यसको महत्व छ।

यो नदीमा दुर्लभ मानिने मगर गोही र घडीयाल गोहीहरू पाइन्छन्। दुर्भाग्य यस्तो ऐतिहासिक नदी किनारमा हामी भरतपुरको फोहोर लगेर बिसर्जन गर्छौं। चितवन–भरतपुर जस्ता महोत्सव मनाउने नाममा तिनै फोहोरको डङ्गुरलाई डोजर लगाएर पुर्ने र त्यही फोहोरको रासमाथि हामी दशौं हजार मान्छेको जात्रा जम्मा गराउँछौं।

देवघाट धाम तथा भरतपुर नगरलाई देव्रे पार्दै बगेको यो नदी माथि नारायणगढ र गैंडाकोट जोड्ने पक्की पुल रहेको छ। 

यस्तो नगर भनेर वातावरणकर्मीले महानगर कार्यालयमा धर्ना दिनुपर्छ। अर्का अधिकारकर्मीले सर्वोच्चको ढोका ढकढकाउनु पर्छ। अदालतले अन्तरिम आदेश जारी गर्दा पनि वातावरण जोगाउने फोहोर मैलाको उचित व्यवस्थामा राज्य बेखबर हुनु एउटा ठुलो लज्जाको विषय हो।

नेपालका अन्य नदीहरूको विकराल दृश्य यही सानु उदाहरणबाट अनुमान लगाउन सकिन्छ। वाग्मती, टुकुचा, सेती, मोदी, कालीगण्डकी, मर्स्याङ्दी जस्ता देशका दर्जनौं नदी सहर किनारमा अवस्थित छन्।

हिमालबाट सफा र कञ्चन बग्ने हिमनदी आफूलाई सभ्य र शिक्षित भन्ने मानव बस्ती पुगेसँगै कसरी ढलमतीमा परिणत हुन्छन्? यो एउटा तितो सत्य हामी सबैले बुझ्न र आत्मसाथ गर्न ढिला गर्नु हुँदैन। तिनलाई फोहोर बिसर्जन गर्ने ठाउँ बनाएर हामीले कस्तो समाजको कल्पना गर्दै छौं?

प्रकाशित: ६ वैशाख २०८० ००:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App