coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टीकापुरका व्यापारी मृत फेला, हत्या भएकाे आशंका

टीकापुर - कैलालीको जोशीपुरमा एक व्यापारी शुक्रवार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। जोशीपुर गाउँपालिका १ का ३८ वर्षीय रामप्रसाद जैशी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। प्रहरीले उनको हत्या भएको आशंका गरेकाे छ। उनको घाँटीमा डोरीको छापा देखिएकाेले हत्या गरिएकाे हुन सक्ने प्रहरी अनुमान छ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेको जनाएको छ। ‘हामी अनुसन्धानकै क्रममा छौं’ प्रहरी निरिक्षक चन्दले भने ‘अहिले नै घटनाका बारेमा विस्तृत जानकारी दिन सकिदैन।’ मृतक जैशी जोशीपुर बजारमा किराना व्यापार गर्दै आएका थिए। उनकी श्रीमती तीज मान्न टीकापुर माइती गएको बताईएको छ। उनका दुई छोरा समेत टीकापुरमा बस्छन्। उनी घरमा एक्लै थिए। बिहान चाँडै पसल खुल्ने गरेकोमा शुक्रवार नखुलेपछि स्थानीयले घरभित्र हेरेका थिए। स्थानीयले नै उनलाई घरभित्र मृत भेटाएपछि प्रहरीलार्इ जानकारी गराएका थिए। उनको घर र पसल एउटै घरमा छ। स्थानीयका अनुसार पसलमा रहेको गल्लामा नगद रुपैयाँ समेत छैन। कसैले हत्या गरेर पसल लुटपाट गरेको आशंका स्थानीयले गरेका छन्। 
यसैबीच जैशीको हत्यारा पत्ता लगाउन माग गर्दै व्यापारीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका छन्।

प्रकाशित: २९ भाद्र २०७५ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App