१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

द्वन्द्वकालिन बाल्टिन बम सेनाद्वारा डिस्पोज

पाल्पा– माथागढी गाउँपालिका–४, बोहखर झडेवामा भेटिएको बेबारिसे बाल्टिन बम नेपाली सेनाले निष्क्रिय बनाएको छ। द्वन्द्वकालको समयमा राखेको हुनसक्ने बताइएको बम गोरखदल गणका बम डिस्पोजल सेक्सन टोलीले डिस्पोज गरेको हो। 

द्वन्द्वको समयमा जंगल छेउमा छाडिएको बम अहिले बाटो खन्ने क्रममा बाहिर देखिएको हुन सक्ने बताइएको छ। गोरखदल गणका मेजर मनोज डङ्गोलले बाँसटारी–झडेवा सडक खण्ड छेउमा भेटिएको बाल्टिन बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको बताए। उनी भन्छन्, ‘द्वन्द्वकालिन समयमा बाटोमा सुरक्षाकर्मीलाई लक्षित गरेको बम कुनै कारणवश त्यसै जंगलमै रहेको हुनसक्छ। अहिले बाटो खन्दा बाहिर देखियो।’ 

माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले टिनको पातामाथि प्लाष्टिकलाई टेपले बेरिएको अवस्थाको वस्तु भेटिएपछि प्रहरी र सेनालाई खबर गरेको बताए। प्रत्यक्षदर्शी जीवन रायमाझीले सो बम माओवादी युद्धको बेलामा गाडेको र बाटो खन्ने क्रममा बाहिर आएको हुनसक्ने बताए। सामुदायिक वन उपभोक्ता भेलामा उपस्थित नागरिकहरुले शंकास्पद वस्तु देखेर अन्यौलमा परेका थिए। 

जिल्ला प्रहरी कार्यालय पाल्पाले शंकास्पद रहेको वस्तु बम रहेको र नेपाली सेना मार्फत् निष्क्रिय बनाएको जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७५ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App