coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौ – बहुक्षेत्रीय प्राविधिक तथा अर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ। काठमाडौको शोल्टी होटलमा २ दिनसम्म चल्ने उक्त सम्मेलनको उद्धाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

उद्घाटनशत्रमा  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिमस्टेकले दिनुपर्ने प्राथमिकताका क्षेत्र, आफ्ना देशका गतिविधिबारे अवगत गराएका थिए। 

 चौथो शिखर सम्मेलनको भोलिको शत्रमा सदस्य राष्ट्रहरुबीच सम्पर्कसञ्जाल विस्तार गर्नेमा छलफल हुनेछ। भोलि सदस्य राष्ट्रहरु बीच प्रसारणलाईन स्थापना गर्ने(पावर ग्रीड कनेक्सन) संम्बन्धी संझौता गर्ने अपेक्षा गरिएको छ।
उदघाटन शत्रपछि राष्ट्र प्रमुखहरु होटल हायातमा प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको रात्रीभोजमा सरिक हुँदैछन्। 

 

प्रकाशित: १४ भाद्र २०७५ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App