१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाम गठबन्धनलाई जनमोर्चाले सघाउने

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चाले सघाउने भएको छ । आगामी चुनावमा प्यूठान र बाग्लुङका केही क्षेत्रमा मोर्चालाई बाम गठबन्धनले सघाउने भएको छ । शनिबार भएको सहमति अनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक–एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । 

बाग्लुङका प्रतिनिधि सभा १ र २ मा एमाले र माओवादी केन्द्र तथा जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक– एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ । सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित: ४ कार्तिक २०७४ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App