८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाल लोकतान्त्रिक फोरमले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा भएको नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युटाइनेटड नेपाल रिपब्लिकन पिपल्स पार्टी र शान्ति पार्टी नेपालको एकीकरण पश्चात फोरमले २७ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

तराई केन्द्रित ४ दलहरू देशका थारु, आदिवासी जनजाती, मधेशी, मुस्लीम, अल्पसंख्यक, सिमान्तकृत वर्ग एवं परिवर्तनका पक्षधरहरुको आवाज मुखरीत गर्ने सवालमा चारै पार्टीको राजनीतिक मर्म र उद्देश्य एउटै भएकाे भन्दै विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग एकीकृत भएका हुन् ।

एकीकरण पश्चात सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा भ्रष्टचारको अन्त्य लगायतको विषयलाई जोड दिइएको छ । साथै बेरोजगारीको अन्त्य, विप्रेषणबाट प्राप्त आम्दानीलाई उत्पादनमुलक क्षेत्रमा प्रवाह, स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन,  धर्म निरपेक्षतालाई सवलीकरण लगायत उल्लेख गरिएको छ । 

प्रकाशित: २४ वैशाख २०७४ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App