६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कस्तो होला कोरोनापछिको आर्थिक परिदृश्य

प्रतिकात्मक तस्बिर

चार्ली क्याम्वेल
सांघाई - सांघाईको पश्चिमी क्षेत्रमा पानीको फोहोरासहितको बगैंचा र शरद्ऋतुमा फुलेका चेरीको आनन्द लिँदै मानिसहरु पिकनिकमा रमाइरहेकाछन्। मानिसहरु आफ्ना बालबालिकालाई तीनपांग्रे साइकलमा घुमाइरहेका छन्। विद्यार्थीको हातहातमा काभा नाम गरेको स्पेनिस वाइन छ। तीन महिना लामो कठोर लकडाउनपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईका मानिसले बाहिरी प्रकाशस“ग आखा झिम्क्याउन पाएकाछन्। कफी लिन लामबद्धसेली झाउ भन्छिन्, ‘यो गजब भइरहेकोछ। मैले यहा“ यत्रो भीड कहिल्यै देखेकी थिइनँ।’

कोभिड १९महामारी विश्वव्यापी फैलिए पनि चीनको जस्तो कठोर लकडाउन अन्यत्र भएको छैन। यो महामारीको इपिसेन्टर मानिएको वुहान पूर्ण रुपमा सिल गरिएको थियो भने अन्य सहरमा क्वारेन्टिनमा राखिएको थियो। संसारको दोस्रो ठूलो अर्थतन्त्र मानिएको देश चीन सम्पूर्ण रुपमा ठप्प थियो।  यो बलिदानका कारण हाल चीनमा भाइरस संक्रमणका नयाँबिरामी निकै कम भएकाछन्। वुहानमा भाइरसका अन्तिम बिरामीलाई गत अप्रिल २७ मा अस्पतालबाट डिस्चार्ज गरिएकोछ। हताहातीको सरकारी तथ्यांकलाई धेरैले अविश्वास गरेपनि चिनियाँ सरकारी अधिकारी हाल विद्यालय तथा केही व्यवसायलाई पुनः सञ्चालन गर्ने अनुमति दिएर ढुक्क देखिन्छन्। अप्रिल २२मा चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका थिए, ‘ठूला संकटपछि ठूला खाले प्रगति हुन सक्ने हामीलाई इतिहासले सिकाएकोछ।’

अबको अहं सवाल भनेको कोरोनापश्चात् गरिने पुनरुत्थान प्रक्रिया कस्तो हुने भन्ने हो।
 

अन्य मुलुकका लागि यो संकट अझै जारी छ। हालसम्म २ सय देशमा ३५ लाखमा भाइरस संक्रमण भएको छ भने साढे २ लाखभन्दा बढीको मृत्यु भइसकेकोछ। फेब्रुअरीमा वुहानमा अस्थायी अस्पताल बनाउँदा अचम्म मानेको विश्वले अहिले त्यस्ता संरचना लन्डनको सभा सम्मेलन गर्ने केन्द्र र अमेरिकाको सेन्ट्रल पार्कमा बनेको देखेको छ। एसियामा मात्र लगाइने मेडिकल मास्क संक्रमणबाट बच्न पश्चिमी देशका अधिकांशले लगाउन थालेकाछन्। यी देशले एसियामा अवलम्बन गरिएका सामाजिक दूरी कायम गर्ने, व्यापक परीक्षण गर्ने र स्वास्थकर्मीको सुरक्षा गर्ने उपाय अनुकरण गरिरहेकाछन्।

कोरोना भाइरसविरुद्धको लडाइँ जारी छ तर कतिपयले विश्व अर्थतन्त्रमा यसले पारेको प्रभावबारे आकलन गर्न थालेकाछन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको जिडिपी ३ प्रतिशतमा खुम्चने अनुमान गरेकोछ र यो संकुचन २०२१सम्म जारी रहने बताएकोछ। यो मन्दी सन् १९३० ताका भएको ग्रेट डिप्रेसनभन्दा बढी गहिरिन सक्ने चेतावनी विज्ञको छ। सन् २०२०को पहिलो चार महिनामा अमेरिकाका अर्थतन्त्र ४दशमलव ८ प्रतिशतले घटेकोछ।

जेपी मोरगानको अनुमानअनुसार दोस्रो ४ महिनामा ४० प्रतिशतले संकुचन हुनसक्छ। बेरोजगार भत्ताका लागि अमेरिकामा २ करोड २०लाखभन्दा बढीले आवेदन दिइसकेकाछन्। यस्ता तथ्यांक आइरहँदा धेरैले रोगले भन्दा उपचारले धेरै दुःख दिनसक्ने अनुमान गरेकाछन्। अमेरिकामा लकडाउनविरुद्ध प्रदर्शन भएको छ तर स्वास्थ्य अधिकारीहरुले लकडाउन खुकुलो पार्दा दोस्रो लहरको संक्रमण हुन सक्ने र यसले मन्दीको अर्काे शृंखला सुरु हुने चेतावनी दिँदै आएकाछन्।लकडाउनबाट बाहिर निस्कने निश्चित सूत्र त छैनन् तर कतिपय पूर्वी एसियाली राष्ट्रसँग जनस्वास्थ्य र आर्थिक पुनरुत्थानलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा सिक्नलायक अनुभव छ। 

उदाहरणका रुपमा दक्षिण कोरियालाई लिन सकिन्छ। महामारीको सुरुमा दक्षिण कोरिया त्यति तयार थिएन। दक्षिण कोरियामा पहिलो केस पत्ता लागेको एकदिनपछि अमेरिकामा पहिलो केस रेकर्ड गरिएको थियो। तर जनस्वास्थ्यको सुदृढ प्रतिकार्यले दक्षिण कोरियाले संक्रमितको संख्यालाई ११ हजारमा सीमित गर्न सक्यो। प्रतिव्यक्तिका हिसाबले अमेरिकाको तुलनामा दक्षिण कोरियाले तीन गुना बढी परीक्षण गरेकोछ। 
संक्रमितको पहिचान र उपचार, तिनका सम्पर्कमा रहेकाको पहिचान र परीक्षण लकडाउन खोल्नुअघि सुनिश्चित गर्नुपर्ने विश्व स्वास्थ संगठनले दिएका ६ सुझावमध्ये एक हो। यस्ता उपायहरुको कडाइका साथ कार्यान्वयन चीनजस्तो तानाशाही व्यवस्था भएको मुलुकमा मात्र होइन, खुला समाजमा पनि गर्न सकिन्छ भनेर दक्षिण कोरियाले राम्रो उदाहरण प्रस्तुत गरेकोछ। 

अप्रिल २४सम्म झन्डै ६ लाख कोरियालीको परीक्षण भइसकेकोछ। यी अधिकांश परीक्षणतत्काल नतिजा दिने हिसाबले जनताकहाँ नै पुगेर गरिएका थिए। सरकारले स्मार्टफोन एपमार्फत कुनै क्षेत्रमा संक्रमणको स्तर बढेको देखिएमा एसएमएस अलर्ट जारी गर्ने, वेबसाइटमा यस्ता केस तत्काल अद्यावधिक गर्ने व्यवस्था गरेको थियो। सामान्य लक्षण भएकालाई अस्थायी संरचनामा र गम्भीर बिरामीलाई अस्पतालमा उपचारको व्यवस्था गरिएको थियो।

यही कारण दक्षिण कोरिया यो भाइरसको संक्रमणलाई २० दिनमै नियन्त्रण गर्न सफल भएको थियो। ‘जतिछिटो संक्रमित पहिचान हुन सक्छ त्यतिनै छिटो भाइरसको फैलावट नियन्त्रण गर्न सकिन्छ’, दक्षिण कोरियाली स्वास्थ्यमन्त्री पार्क निउध्र हो भन्छन्। ‘तर आर्थिक गतिविधि पुनः सञ्चालन र महामारीको रोकथाम गर्ने विषयमा सन्तुलन चुनौतीपूर्ण विषय हो’, उनी थप्छन्।  तीव्र र निर्णायक कार्यले दक्षिण कोरिया अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाव न्यून गर्न सफल भएको छ तर २०२०को पहिलो ४ महिनामा त्यहाँको अर्थतन्त्र १ दशमलव ४ प्रतिशतले संकुचित हुने अनुमान गरिएकोछ।

स्वास्थ्यमन्त्री पार्क परीक्षणको नतिजा केही मिनेटमा नै दिन सक्दा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुने बताउँछन्। संक्रमितको मोबाइल फोनको जिपिएस डाटाले उसको सम्पर्कमा आएकालाई परीक्षणका लागि स्वतः एसएमएस पठाउने व्यवस्था गरिएको थियो। यसैगरी अन्तर्वार्ता, सेक्युरिटी क्यामेरा र क्रेडिट कार्डका डाटाका आधारमा पनि संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरिएको थियो। यस्तै व्यवस्था हङकङ र ताइवानले गरेका थिए। ताइवानको सरकारले स्मार्टफोनमार्फत संक्रमितको लोकेसन पत्ता लगाउने व्यवस्था ग¥यो जसले गर्दा त्यहाँ संक्रमितको संख्या ५ सयमा सीमित हुन पुग्यो। 

यस्तो व्यवस्थाका अनुशरण गर्न अमेरिकालाई सजिलो छैन। परीक्षण किटको आपूर्ति तथा क्षमताका कारण परीक्षणको नतिजा आउन केही दिन लाग्दा संक्रमितले अन्य धेरैलाई रोग सार्न सक्ने सम्भावना छँदैछ। यस्तै अमेरिकामा संक्रमितको सम्पर्कमा आएकालाई पत्ता लगाउने जनशक्ति २२ सयमात्र छ। जनस्वास्थ विज्ञले यस्तो जनशक्ति कम्तीमा १ लाख चाहिने बताउँदै आएकाछन्। चीनको वुहानमा मात्र यस्तो काम गर्न ९ हजार जनशक्ति परिचालन गरिएको थियो। 

यसैगरी गोपनीयताको विषय पनि उत्तिकै महत्वपूर्ण छ। अमेरिकीजिपिएस डाटामार्फत आफ्नाबारे सरकारलाई जानकारी दिन चाहँदैनन्। एप्पल र गुगलले हालै एक एपमार्फत कन्ट्याक्ट ट्रेसिङ गर्न जिओ डाटाको स्थापना गर्ने प्रयास त गरेकाछन् तर त्यो स्वेच्छामा आधारित छ।

प्रभावकारी नियन्त्रण व्यवस्थामा पनि कहिलकाहीं कमजोरी हुन जाने उदाहरण सिंगापुरले दिएको छ। विश्व स्वास्थ्य संगठनले ५६ लाख जनसंख्या भएको सिंगापुरले भाइरस रोकथाममा प्रभावकारी काम गरेको भनी प्रशंसा गरे पनि जब मार्च २३मा त्यहाँलकडाउन खुकुलो पारियो, समस्या बल्झियो। सिंगापुरले त्यहाँ रहेका लाखौं आप्रवासी कामदारप्रति कम ध्यान दिएकाले उनीहरुमार्फत संक्रमण पुनः देखिएको थियो। यसरी अप्रिलको पहिलो सातासम्म १० हजारलाई सत्रंmमण हुन पुग्यो।

परीक्षणमा समेटिने जनसंख्या समावेशी हुनुपर्छ भन्ने पाठ सिंगापुरले विश्वलाई सिकाएकोछ। संक्रमणको दोस्रो लहरले प्रभावित हुने एसियाली राष्ट्रमाजापान पनि पर्छ। टोकियोको दक्षिण भागमा रोकिएको डायमन्ड प्रिन्सेज नाम गरेको समुद्री जहाजका यात्रुलाई नभई जापानको उत्तरी क्षेत्रमा पर्ने होकाइडो द्वीपमा पहिलो पटक भाइरस संक्रमण देखिएको थियो। फेब्रुअरी अन्तसम्म आइपुग्दा जापानमा भएका कुल २ सय ६ संक्रमितमध्ये एकतिहाइ त्यही द्वीपमा भेटिएका थिए। त्यहाँको एक महोत्सवमा सहभागी चिनियाँका कारण सो संक्रमण भएको थियो। फेब्रुअरी २८ मा आपतकाल घोषणा गरिएको थियो। विद्यालय बन्द गरिएका थिए र सबैलाई घरभित्रै रहन निर्देशन दिइएको थियो। 

जब संक्रमितको संख्या टोकियोमाबढ्न थाल्यो, होकाइडोमा घट्न थाल्यो। स्थानीय अधिकारीले भाइरसको भन्दा पनि यसको आर्थिक प्रभावलाई ध्यान दिए र लकडाउन खुकुलो पारे। त्यसपछि संक्रमणको दोस्रो लहरले यो द्वीपलाई समात्यो। अप्रिल १२ मा पुनः आपतकाल घोषणा गर्नुप¥यो। ‘हामीले त्यति छिटो लकडाउन खुकुलो पार्नु हुँदैनथ्यो’, होकाइडो मेडिकल एसोसिएसनका अध्यक्ष किओसी नागासेले भने। 

होकाइडो विश्वविद्यालयका सहायक डिन काजुटो सुजुकी हाल अमेरिकाले गरेको टुक्रे हिसाबको खुकुलोपना उत्तिकै खतरनाक रहेको बताउँछन्। यसले दोस्रो लहरको संक्रमणको खतरा रहिरहने उनको दाबी छ।

अबको अहं सवाल भनेको कोरोनापश्चात् गरिने पुनरुत्थान प्रक्रिया कस्तो हुने भन्ने हो। न्युजिल्यान्डले संक्रमण रोकथाममा ठूलो सफलता पायो। प्रभावकारी आइसोलेसन र जनसंख्याको कम घनत्वका कारण तथा कठोर लकडाउन कार्यान्वयनले उसले यो सफलता हासिल गर्न सकेको हो। तर विदेशी पर्यटकलाई लगाइएको रोकले त्यहाँको अर्थतन्त्र नराम्ररी प्रभावित हुन सक्ने देखिएकोछ। सन् २०१९मा त्यहाँको सरकारले पर्यटनमा१० अर्बअमेरिकी डलर लगानी गरेको थियो। पर्यटनले न्युजिल्यान्डको कुल कामदार संख्याको साढे ८ प्रतिशत हिस्सा ओगट्छ। 
त्यसो त आर्थिक महाशक्ति पनि उत्तिकै जोखिममा छन्। सन् २०२०को पहिलो चार महिनामा चीनको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले खुम्चिएकोछ। चिनियाँ उत्पादनको विश्वव्यापी माग घट्दा र ऊर्जाका माग पनि कम हुँदा विश्वमा कच्चा तेलको मूल्य शून्यभन्दा तल झ¥यो।

सन् २००८को आर्थिक मन्दीपछि चीनले राजमार्ग, मेट्रो प्रणाली तथा विमानस्थलजस्ता भौतीक संरचना निर्माणमा ५ सय ८६ अर्ब अमेरिकी डलर लगानी गरेको थियो जसले लाखौंको रोजगारी सिर्जना गरेको थियो र व्यवसाय विस्तारका लागि जग बसाल्ने काम गरेको  थियो। तर अहिले चीनले त्यही प्रकारको लगानी गर्न अनिच्छा देखाएकोछ। अमेरिकाले त्यसो गर्न सक्छ जसले हाल बन्ड मार्केटमा तरलता थप्न तथा साना व्यवसायीलाई सहयोग गर्न बढी जोड दिइरहेकोछ। अमेरिकाले बिग्रेका सडकको सुधार, रेलमार्ग र विमानस्थल सुधारका लागि साढे ४ खर्ब अमेरिकी डलर लगानी गर्न आवश्यक रहेको विज्ञ बताउँछन। अर्थशास्त्रीहरु भौतिक संरचनामा गरिने लगानीले साना तथा ठूला व्यवसाय दुवैलाई सहयोग पु¥याउने बताउँछन्। 

एउटा निश्चित पक्ष के हो भने कोरोनाभाइरसले आगामी आर्थिक परिदृश्यहरु परिवर्तन हुनेछन्। चीनमा ५ लाख कम्पनी २०२०को पहिलो ४ महिनाभित्रै टाट पल्टेकाछन्। अमेरिकाका कति फर्म बन्द होलान्, भन्न सकिने स्थिति छैन। अब लकडाउनपश्चात्को खुला यात्रालाई लिएर आमजनसाधारण चिन्तित छन्।
(अमेरिकाको टाइम पत्रिकामा प्रकाशित आलेखको भावानुवाद)

 

प्रकाशित: २६ वैशाख २०७७ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App